- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsअप्रत्यासित रूपमा बढ्दै संक्रमित

अप्रत्यासित रूपमा बढ्दै संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ४ असार । नेपालमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढेको बढ्यै छ । बुधबार एकैदिन ५ सय ८६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बुधबार ५ सय ८६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै संक्रमितको संख्या ७ हजार १सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ । संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन् ।
अहिले क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ५ हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ । बुधबार थप एकजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो ।
बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । कोरोना संक्रमण ७३ जिल्लामा फैलिसकेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगन्जमा ६,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २ सय ६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रिवी शिक्षण अस्पताल, महाराजगञ्जमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देही ५९,
भेरी अस्पताल प्रयोगशाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादेशिक अस्पतालमा ७ गरेर बुधबार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ४० जना महिला छन् भने ५ सय ४६ जना पुरूष छन् । संक्रमित सबैभन्दा बढी प्रदेश २, ५ र कर्णाली प्रदेशका रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here