- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsव्यवसायीसँग बजेटका बारेमा छलफल

व्यवसायीसँग बजेटका बारेमा छलफल

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा विभिन्न व्यक्तिहरूसँगको छलफललाई तिव्रता दिएको छ । यसैबीच यस क्षेत्रका विभिन्न व्यापारीहरूसँग पनि उपमहानगरपालिकाले छलफल गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा ठूला आकारका उद्योग र व्यवसाय सञ्चालनमा ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरेका थिए ।
‘उपमहानगरमा हुनुपर्ने न्यूनतम सुविधा पनि तुलसीपुरमा उपलब्ध हुन नसक्ने हुँदा व्यापारको मोडल बदल्न आवश्यक छ’ नगरप्रमुख पाण्डेले भने । उनले ठूला प्रकृतिका व्यापार र उद्योग सञ्चालन गर्नेलाई पूर्वाधार सहयोग गर्ने नीति ल्याइने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण गिरीले तुलसीपुरको औद्योेगिक क्षेत्र कुन हो ? भन्ने बारेमा स्पष्ट हुनुपर्ने बताए । उनले तुलसीपुर विमानस्थल यहाँको आवश्यकता भएको भन्दै त्यसलाई जोगाउनका लागि सबै लागि पर्नुपर्नेमा जोड दिए ।
व्यापारीहरूलाई विशेष राहतको प्याकेज ल्याउन आवश्यक रहेको बताउँदै टोपबहादुर घर्तीले लकडाउनले व्यापार धरासायी भएको कुरामा जोड दिए । तुलसीपुर चेम्वर्स अफ कमर्शका अध्यक्षसमेत रहेका घर्तीले उपमहा–नगरपालिकालाई कर तिर्ने व्यवसायीलाई कसरी चलायमान बनाउने भन्ने बारेमा सोच्न आवश्यक रहेको वताए ।
हाम्रो पहुँच सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका माध्यमबाट साना–साना व्यापारीहरूका ऋण लगानी गर्न सकिने कुरामा जोड दिएका थिए । उनले सहकारीलाई प्रवद्र्धन गर्ने खालको नीति निर्माणमा उपमहानगरपालिकाले जोड दिनुपर्ने बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले साना–साना सहकारीको पैसा एकीकृत गरेर ठूला उद्योगको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । उपमहानगरपालिकाको नयाँ नीतिले व्यापारीका समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा यातायात व्यवसायी प्रकाश भट्ट, व्यवसायी देवबहादुर केसी, सन्तोष खड्का, चूर्णबहादुर वलीलगायतले सुझाव दिएका थिए । कार्यक्रम अर्थ समितिका संयोजक माधव वलीको अध्यक्षतामा बसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here