- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरसाँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय

साँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ४ असार । जिल्लामा कोरोना संक्रमितहरूको संख्या ह्वात्तै बढेपछि दाङमा यसबाट बच्नका लागि थप सावधानी अपनाइने भएको छ । यही क्रममा असार ४ गतेदेखि लागु हुने गरी दाङका सबै बजारहरू साँझ ५ बजेपछि बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले केही समयका लागि ५ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । बैठकले यही रफ्तारमा संक्रमितहरू बढी रहेमा नयाँ रणनीति बनाउनेसमेत योजना बनाएको छ । यसैगरी बैठकले सवारी साधनलाई व्यवस्थित गर्नका लागि निजी सवारी साधनहरूको जोड बिजोड प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ ।
यसअन्तर्गत मोटरसाइकलमा जोड बिजोड प्रणाली अन्तर्गत एकजना मात्र बसेर सवारी गर्न पाउनेछन् । जिपकारहरूमा चालकसहित अन्य दुईजना बस्ने गरी जोड बिजोड प्रणाली लागू गरिएको छ । दाङमा गतेका आधारमा जोड बिजोड लागू गर्ने निर्णय गरिएको छ ।
जस्तो कि आज ४ गते जोड बाइक वा गाडी चलाउन पाइनेछ । ५ गते बिजोड गाडीहरूको पालो हुनेछ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरू,
दशवटै गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू, राजनीतिक दलका प्रमुखहरू, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला च्याम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले जिल्लामा कोरोना संक्रमितहरूको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिन भित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने,
दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिपोर्ट सार्वजनिक गर्ने गरी तयारी गर्ने, क्वारेन्टाइनहरूलाई थप व्यवस्थित गर्ने, संक्रमितहरूका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्ने,
शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरूमै स्थान बनाउने, त्यसका लागि दशजना बढीको शव व्यवस्थापनमा चाहिने सामानहरू जिल्ला विपद् व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।
यसैगरी वर्षातको समय भएकाले बाढी, पहिरोको जोखिमबाट बच्नका लागि वडा–वडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने, बजारमा व्यवसायीहरूलाई सचेत र सजग बनाउन उद्योग वाणिज्य संघ र च्याम्बरसँग समन्वय गर्ने, गाउँपालिकाहरूमा सचेतना कार्यक्रम अन्तर्गत माइकिङ गर्न सम्बन्धित गाउँपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
दाङमा ५ हजार जति व्यक्तिको परीक्षण गर्न बाँकी छ । ४ सय जतिको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा हुँदै आएको छ । अबको केही दिनमा नै दैनिक एक हजार जतिको परीक्षण रिपोर्ट प्रतिष्ठानले दिने गरी तयारी गरिएको छ ।
यस हिसाबले पनि अबको एक हप्ताभित्र परीक्षण गर्न बाँकी सबैको परीक्षण गरेर पनि रिपोर्ट बाहिर आउने छ । यस्तो भएमा क्वारेन्टाइनमा बसेकाहरूमध्ये नेगेटिभ आएकाहरू घर जानेछन् भने पोजेटिभ देखिएकाहरूको उपचार सुरू हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here