- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरब्राउन सुगरसहित पक्राउ

ब्राउन सुगरसहित पक्राउ

- Advertisement -spot_img

दाङ, ४ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासबाट तुलसीपुर–१ का लोकु भनिने लोकबहादुर थापालाई एकग्राम ३४० मिनी ग्राम लागूऔषध ब्राउन सुगर र नगद ३३ हजार रूपैयाँसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डमरपालले जानकारी दिए ।
ब्राउन सुगरसहित उनी सवार रा ४ प २८७६ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । थापासँगै रहेकी घोराही उपमहानगरपालिका १५ की २० वर्षिया सरिता परियार पुन पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
थापा लागूऔषध कारोवार मुद्दामा फरार व्यक्ति भएको र पुन लागूऔषध कारोवारको मुद्दामा अनुसन्धानको क्रममा रहेका शंकर पुनको श्रीमती भएको प्रहरीले बताएको छ । तुलसीपुरलाई लागूऔषध शुन्य नगर बनाउने अभियान थालेको इप्रकाले लागूऔषध नियन्त्रणलाई तिव्रता दिएको प्रवक्ता डमरपालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here