- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरआत्मनिर्भरताको महत्व बुझ्ने बेला भयो

आत्मनिर्भरताको महत्व बुझ्ने बेला भयो

- Advertisement -spot_img

हाम्रा लागि विकासको उत्कृष्ट मोडेल भनेको आत्मनिर्भरता हो । यदि हामी आफू आत्मनिर्भर हुन र बन्न सकेनौं भने हामीजस्ताका लागि तीलको पहाड बनिनैरहेछ । प्राकृतिक प्रकोप तथा महामारी चलिरहने प्रक्रिया हो ।

मौसम अनुसार कुन बेला कस्तो प्रकोप र महामारी भित्रिन्छ ? त्यो कसैको ज्ञानको कुरा होइन । ज्ञान भएपनि त्यसलाई टार्ने र बटार्ने कोही कसैसँग कुनै उपाय र जुक्ति छैन । हामी आज मात्र होइन, अस्ती, हिजो र विगतका समयमा हामीमाथि प्राकृतिक विपत्ति पर्दा त्यसमाथि थप संकट अप्ठेरो परिस्थिति झेल्नु प¥यो ।

यदि प्राकृतिक प्रकोप र पीडामाथि फेरी अर्को कृत्रिम पीडा र प्रकोप थपिन्छ भने तयो आफैमा भयावह बन्दछ । त्यसकारण हामीसँग वा हाम्रो हातमा प्राकृतिक पीडा र प्रकोपसाग लड्ने र जुध्ने यन्त्र र संयन्त्र नभएपनि कृत्रिम पीडा र प्रकोपबाट बच्ने त उपाय हुनुप¥यो नि ?

पटक–पटक यो कृत्रिम पीडा भोग्दा र व्यहोर्दासमेत हामीमा जनचेतना जाग्दैन ? भने हामी मानव कोटीको कि पशु कोटीको ? यो प्रश्न हामीले आफैलाई सोध्नै पर्दछ । हामीमा यदि आत्मनिर्भरता छ भने हामीभित्रको शक्ति अर्थात् प्राकृतिक प्रकोपले थलिने मन त्यति साह्रो छियाँ–छियाँ हुँदैन । किनभने हाम्रा लागि चाहिने अत्यावश्यक चिज तथा पदार्थ हामीसँगै मौज्दाद रहन्छन् ।

मानिसमा जेजस्तो भएपनि एउटा मात्र पीडा भयो भने त्यसँग लड्ने सबै शक्ति त्यही प्रहार गर्छ र त्यो एकल प्रहारले त्यसलाई जित्न र परास्त गर्न पनि सक्दछ । यदि मानिससँग एकभन्दा बढी पीडामा भयो भने उसलाई सामान्य बल र बुताले काम गर्दैन । उसलाई दुबैतिर दिने शक्ति पनि कम हुँदै जान्छ र मानिस आफ्नो जिन्दगीबाट हार खान थाल्दछ ।

आज हामी यहि अवस्थमा छौं । एकातिर हामीमा कोरोनाभाइरसको महामारी छ भने अर्कोतर्फ बिहानी हुँदा, साँझ के खाने र साँझ हुँदा बिहान के खाने ? पीडाले सताएको छ । यदि यो के खाने ? भन्ने प्रश्नको उत्तर मात्र खोज्यो र त्यसको लागि आत्मनिर्भरताको बाटो पहिल्यायौं भने हाम्रा लागि सबै कुरा सहज हुनेछन् ।

अबको कोरोनापछिको समय सबैका लागि यहि आत्मनिर्भरताको बाटो बलियो पार्नु पर्दछ । भनिन्छ ‘आकाश राहु, पातालको केतु, एकचोटी नपरे कसरी चेतु ?’ हामी त एकपटक होइन, दुईपटक होइन, तीनपटक होइन, पटक–पटक भोगी सक्यौं र चेती सक्यौं । यो चेताईले पनि हाम्रो होस खुलाएन, जगाएन, उघारेन र सिकाएन ? भने हामी जस्ताका लागि दुःख र पीडाबाहेक अरू के नै पो होला र ?

हाम्रो देश के हो र कस्तो छ ? यसलाई विचारेर हामीसँग भएका सारा प्राकृतिक सम्पत्तिलाई प्रयोगमा ल्याएर त्यसको सदुपयोग गर्न नितान्त ध्यान दिन जरूरी छ । हामी र हाम्रा लागि पानीजहाज कठिन होला । हेलिकप्टर बनाउन कठिन होला ।

रकेट बनाउन कठिन होला । ठूला–ठूला मेसिन बनाउन कठिन होला । यान्त्रिककरण तथा उपकरण बनाउन कठिन होला तर आफ्नै भूमि, जमिन र माटोमा समय, मौसम, बेला र महिला अनुसार बीउबिजनको प्रयोग गरेर खनखोरस तथा जोत–खन गरेर खेतीपाती गर्न त सक्छौं नि ?

हामीले आजसम्म सिकेको र जानेको कुरा त किनेर खाने र बेचेर किन्ने मात्र हो । हामीले यो संस्कारलाई हटाउन र पन्छ्याउन अब भूमिको जगेर्ना गर्नैपर्छ । उर्वरभूमिको संरक्षण गर्नैपर्छ ।

जमिनलाई मासेर बाटो बनाउने सपना देखेका हामी नेपालीलाई प्रकृतिले गाली गरिसक्यो र भनी सक्यो कि ‘हे नेपाली हो ! अब उर्वरभूमिलाई सडक बनायौं भने तिमी पनि भोकभोकै सडकमै भौतारिने छौं र सडकमै माग्न बाध्य हुनेछौं ।’

तसर्थ अब सकडलाई खेतबारी बनाउने कि खेतबारीलाई सडक बनाउने ? फेरी सोंच । यदि भोकभोकै बस्दा पनि सडकमा हिड्दा तिम्रो पेट भरिन्छ भने खेतबारीलाई नष्ट पार र सडकमा रूपान्तर गर । यदि भोकको बेला सञ्जिवनी भनेको एक गाँस अन्न हो भने अब एक गाँस अन्नको लागि चाहिने एकमुठ्ठी अन्न उब्जाउने संसार हेर, भूमि हेर, जमिन हेर, माटो हेर र खेतबारी हेर । हाम्रा लागि हाम्रा पूर्खाले दिएको दिव्य उपदेश के हो ?

भने उत्तम खेती, मध्यम व्यापार र निच चाकडी अर्तात् खेती गर्नु हाम्रा लागि पहिलो सफल उपाय हो । व्यापार गर्नु हाम्रा लागि दोस्रो चुनौतीको मध्यम उपाय हो ।

हामीले विदेशको जस्तो मेसिन, उर्जा, यन्त्र, संयन्त्र, प्रविधि, उद्योग, कलकारखाना तथा व्यापारिक धन्दा दिन सक्ने अवस्था त छैन ? हामीले दिने भनेको हाम्रै नेपाली भूमि तथा खेतबारी हो । त्यसैले यदि हामी सबै मिलेर केही समय हाम्रो सम्पूर्ण नेपाली भूमि अन्नबालीले हराभरा र बालीनालीले टन्न पार्न सक्यौं भने हाम्रो आन्तनिर्भरता बढेर जानेछ । यदि हामीसँग धान, मकै, गहुँ, जौ, कोदो, फापर, दाल, तोरी, मसुरो, सिमी, भाँगो, तरकारी, फलफूल, माछा, अण्डा, गाई, भैसी, भेडा, बाख्रा यावत कृषिसँग सम्बन्धित बाली तथा पशुपन्छी भए र नेपालभरी भरिपूर्ण भयो भने हामी के का लागि भौतारिने ?


जागीर खानु वा नोकरी गर्नु हाम्रा लागि तेस्रो गुलामी र चाकडीको अशक्त उपाय हो । त्यसैले कहिल्यै असफल नहुने खेती नै हाम्रा लागि एक अपरिहार्य कर्म हो । जसले हामीलाई आत्मनिर्भरको बाटोमा हिडाउने काम गर्दछ ।

हामीलाई थाहा छ, आज छिमेकी मुलुक भारतबाट कि त नेपाली स्वदेश आउँदै छन् ? हिजो छिमेकी मुलुक भारतबाट कति नेपाली स्वदेश फर्किए ? भोलिका दिनमा छिमेकी मुलुक लगायत अन्य मुलुकबाट फर्कने नेपाली कति होलान् ?

ती सबैका लागि तुरून्त, झट्ट, उत्तिखेर व्यस्त बनाउने उपाय के छ ? हामीले विदेशको जस्तो मेसिन, उर्जा, यन्त्र, संयन्त्र, प्रविधि, उद्योग, कलकारखाना तथा व्यापारिक धन्दा दिन सक्ने अवस्था त छैन ? हामीले दिने भनेको हाम्रै नेपाली भूमि तथा खेतबारी हो ।

त्यसैले यदि हामी सबै मिलेर केही समय हाम्रो सम्पूर्ण नेपाली भूमि अन्नबालीले हराभरा र बालीनालीले टन्न पार्न सक्यौ भने हाम्रो आन्तनिर्भरता बढेर जानेछ । यदि हामीसँग धान, मकै, गहुँ, जौ, कोदो, फापर, दाल, तोरी, मसुरो, सिमी,

भाँगो, तरकारी, फलफूल, माछा, अण्डा, गाई, भैसी, भेडा, बाख्रा यावत कृषिसँग सम्बन्धित बाली तथा पशुपन्छी भए र नेपालभरी भरिपूर्ण भयो भने हामी के का लागि भौतारिने ? यदि पेटभरी आफ्नै देशमा बसेर खान र बस्न पाइन्छ भने विदेशी भूमिको सपना किन देख्नुप¥यो ?

अबको समयमा नेपालमा भएका र नेपालमा भित्रिने सबै नेपालीले सडकलाई मासेर वा नासरै भएपनि खेतबारी बनाउने र खेतबारीमा अन्न फलाउने सपना देखेनन् भने हाम्रो भविष्य निकै पर धकलिनेछ ।

हामीलाई दैवीप्रकोपले त सताउला–सताउला त्यसको सँगसँगै भोकमरी तथा परनिर्भरताले पनि हामीलाई गुलामी बनाउन । त्यसैले यो पछिल्लो दुखद् घडी हाम्रा लागि सुनौलो अवसर पनि बन्न सक्छ । यदि हाम्रो सरकार र हाम्रो मनले भविष्यको मीठो नक्सा कोर्न र लेख्न जान्यो र सिकायो भने हाम्रा लागि यो आत्मनिर्भर बन्ने एउटा दरिलो र भरपर्दो समय हो ।

ख्याल गर । विपत्ति–विपत्ति मात्र बन्दैन । यदि यसलाई बेलैमा बुझेर र यसबाट असल पाठ सिकेको खण्डमा विपत्ति–सम्पत्ति पनि बन्न सक्दछ । विपत्तिको पीडा र भयमा हामीमा के कस्ता अभाव र आवश्यकता खड्कियो त्यसैलाई मध्यनजर गर्दै आगामी दिनमा पाठ सिक्ने हो भने नेपालका लागि यो महामारी सफल सावित हुन पनि सक्छ ।

यहिबेला सबैका मनमा उब्जिएको र तेर्सिएको सवाल के हो भने ‘कोरोनापछिको नेपाल कस्तो होला ? यो महामारीले थिचेको अर्थतन्त्र कस्तो होला ? जनता कसरी सवल होलान् ? देश कुन बाटो पकडेर अघि बढ्ला ? देशको उन्नति, प्रगति कसरी सञ्चालन होला ?

देशमा व्यापारीको हालत के होला ? देशमा उद्योगपतिको अवस्था के होला ? देशमा कलकारखाना कसरी सञ्चालन होला ? देशमा गरिखाने जन र मनको अवस्था कहाँ पुग्ला ? देशमा सिप र जाँगरको उपयोग कहाँ होला ? देशमा बुद्धि र विवेकको प्रयोग कहाँ होला ? शैक्षिक बेरोजगारको अवस्था के होला ? अर्धशिक्षित जनताको स्थिति के होला ? अशिक्षित जनताको भविष्य कसरी अघि बढुला ?

देशमा कृषिको आयाम कस्तो होला ? देशमा विदेशबाट फर्किएका जनशक्तिको सपना कहाँ पोखिएला ? भारतबाट आफ्नो भूमिमा फर्केका नेपालीको आगामी समय कसरी बित्ला ? भारतलगायत खाडी मुलुक तथा तेस्रो मुलुकबाट फर्किएका सम्पूर्ण नेपाली नागरिकको सम्पन्न बन्ने सपना कसरी पूरा होला ?

देशको आर्थिक गतिविधि कसरी सञ्चालन होला ? देशको सामाजिक गतिविधि कसरी सञ्चालन होला ? देशको राजनीति गतिविधि कसरी अघि बढ्ला ? देशको भविष्य हाँक्ने पढ्ने, लेख्ने कलिला शक्तिको हालत के होला ? शिक्षा तथा शिक्षालयको सञ्चालन प्रक्रिया कस्तो ढंगले अघि बढ्ला ? रोगी, भोगी, शोकी, अशक्त तथा जोगीको अवस्था के होला ? महिला तथा बालबालिकाको दिनचर्या कसरी बित्ला ?

बृद्धवृद्धा तथा अशक्तको समय सीमा कसरी निर्धारण होला? गरिखानेको गर्ने अभियान कहाँ टुंगिएला ? खाएर गर्नेको अभियान कसरी टुंगिएला ? कुरा गरेर दिन बिताउनेको समय कसरी जाला ? सबै विताएर कुरा गर्नेको जिन्दगी कसरी चल्ला ? हुने खानेको अवस्था के होला ? हुँदा खानेको हालत कहाँ पुग्ला ? समृद्धिको नारा कहाँ जाला ? रोजगार गुमाउनेका लागि सान्त्वना के होला ?

रोजगार पाउनका लागि कामधन्दा के होला ? गरिखानेले कहाँ के गरेर खाला ? खाएर गर्नेले के खाएर के गर्ला ? देशको उन्नति प्रगतिको नयाँ अभियान के होला ? राजनीतिक परिवर्तनको हल्लीचल्ली के होला ?

सधैं धाक लगाएर र गफ लगाएर समय बिताउनेको समयमा के फरक पर्ला ? देश यो संक्रमणपछिको बस्तो बन्ला ? सबैको ज्ञान कहाँबाट पलाउला ? त्यसको असर र प्रभाव कहिले कहाँसम्म पर्ला ? देश साँच्चिकै देश हो भन्ने अवस्था कहिले आउला ?

देशका सीमाना सदाका लागि अकटक कहिले बन्लान् ? अरूको इशारामा नाच्नुपर्ने बाध्यता कहिले हट्ला ? गरिखानेको उच्च मूल्यांकन कहिले होला ? काम गर्नेले समन नपाएको दिन कस्तो होला ? कामको पूजा गर्ने दिन कहिले होला ? देशको पहिचान र राष्ट्रियताको सवाल के बन्ला ? यो लगायत यावत विषयसँग सम्बन्धित जिज्ञासाहरूको समाधान हेर्ने भनेको भोलिको समय नै हो ।

यो सबैको उत्तर पाउने भनेको पनि हामीबाट नै हो । हामीले आजका दिनसम्म के सिक्यौँ र के जान्यौँ ? सिकेको र जानेको कुरा हामी व्यवहारमा कति लागू गर्छौं ? अहिलेसम्म हामीले धेरै हण्डर खायौँ र धेरै दुःख पायौँ तर सिकेको, जानेको र व्यवहारमा उतारेको जस्तो भान भएको छैन ।

यसपालिको झट्का भने विगतको भन्दा निकै फरक छन् होला जस्तो लाग्छ । यो झट्काबाट पनि नेपाल र नेपालीले केही थाहा नपाउने, केही नमान्ने, केही नसिक्ने र केही नगर्ने हो ? भने देश बन्नुको सपना सपनामा नै हराएर जानेछ ।

फोहोरलाई मोहोर र विपत्तिलाई सम्पत्ति बनाउने अभियान सामान्य र सानो हुँदैन । यतिबेलाको हाम्रो अभियान भनेको फोहोरलाई मोहर बनाउने र विपत्तिलाई सम्पत्ती बनाउने नै हो । यसैको लागि सबै नेपाली जाग्न सकिएन भने आकाशको फल खस्ला र खाम्ला भनेर हेरेसरी नै हुनेछ । दुःखबाट पाठ सिक्ने कहिले ? हाम्रो देश हरेक हिसाबले सम्पन्न र स्वर्ग छ ।

यस्तो देशलाई देखेर टाढैबाट ¥याल बाढ्दासमेत हाम्रो होस् चेत खुल्दैन भने कहिले के गरेपछि खुल्छ त ? जतिपनि हाम्रा छिमेकी तथा तेस्रो मुलुकमा रहेका राष्ट्रहरू छन् ती सबै नेपालको भौगोलिक अवस्था र प्राकृतिक स्रोत तथा साधन देखेर, हेरेर, सुनेर र भोगेर लोभिने गर्दछन् । यो देशलाई आफ्नो भएको सपना देख्न थाल्छन् । यो देश आफ्नै मुट्ठीमा रहेको कल्पना गर्न थाल्दछन्  ।

तर हामीलाई कस्तुरीको विणा भएको छ । हामी आफैमा सम्पन्न हुँदाहुँदै पनि सम्पन्नता खोज्न पर–पर धाउने गर्दछौँ । देशलाई पढ्न सिकौँ, देशलाई जान्न सिकौँ, देशलाई चिन्न सिकौँ, देशलाई मान्न सिकौँ, देशलाई खोज्न सिकौँ, देशलाई रोज्न सिकौँ, देशलाई भोग्न सिकौँ र भोगाउन सिकौँ ।

हाम्रो देशको प्रशंसा, महिमा, महत्व वर्णन र चर्चा अरूबाट सुन्ने र सुनाउने होईन खुदै हामीले नै यो देशको महिमा जान्नु पर्दछ । गरी खानेले देश जान्दछ । खाएर गर्नेले पाए त हुन्थ्यो, त्यसका लागि खाने बस्ने नै छैन भने खाएर गर्छु भन्नुको कुनै अर्थ छ ?

त्यसैले अब गरेर खान्छु भन्ने सबैको हिम्मत जोश, जाँगर र हौसला हुनुप¥यो । देश सामान्य तरिकारले बन्दैन ।

विदेश बनाउने नेपालीले स्वदेश बनाउने कि खनाउने ? त्यसका लागि देशको राजनीति अवस्था र व्यवस्था जनता अनुकूल बन्ने की नबन्ने ? यतिबेला नेपाली जनतालाई माछा खाने तृष्णा र वासना लागेको छ ।

यस्तो बेलामा नेपालीलाई कितावमा माछाको चित्र देखाईदिने की नेपाली खोला, नाला, नदी, ताल, तलैया तथा पोखरीकै वास्तविक माछा ल्याईदिएर जनताको अभिलाषा पूरा गर्ने ? यसैलाई मध्यनजर राख्दै भविष्यको बाटो कोर्न सकेमा आत्मनिर्भरताको अर्थ भेटिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here