- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरउत्कृष्ट सासु बुहारी सम्मान

उत्कृष्ट सासु बुहारी सम्मान

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, ४ असार । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा उत्कृष्ट सासु बुहारीलाई सम्मान गरिएको छ । गाउँपालिकाको वडा नं ५ ले बुधबार ८ जना सासु बुहारीलाई सम्मान गरेको हो ।
‘परिवार राम्रो भएमा मात्र समाज राम्रो हुन सक्छ’ भन्ने उद्देश्यले वडाले यस्तो कार्यक्रमको सुरूवात गरेको वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
उनले समाजमा सासु बुहारीको सम्बन्ध राम्रो हुँदैन ? भन्ने गलत धारणाको अन्त्यका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘समाजमा सासु बुहारीबीच झगडा हुने, घृणा गर्नेजस्ता गतिविधिहरू भईरहन्छन्’ उनले भने– ‘व्यवहारमा परिवर्तन ल्याई सभ्य समाज निर्माणका लागि यो कार्यक्रम ल्याईएको हो, यो समाजका लागि उदाहरणीय कार्यक्रम पनि भएको छ ।’ यस्ता कार्यक्रमले समाजलाई परिवर्तन गर्न सहयोग गर्ने गौतमले बताए ।
सासु बुहारीबीचको व्यवहारलाई मूल्यांकन गरी सम्मान गर्नु निकै राम्रो काम भएको स्थानीय कुन्तीदेवीले श्रेष्ठले बताईन् । यस्ता कार्यक्रमले समाजमा समान र असल आचरणको विकास गर्न मद्दत पुग्ने उनको भनाई छ ।
यस्तै सम्मान ग्रहण गर्दै नन्दी गिरीले हरेक घरका सासु बुहारीबीचको सम्बन्धलाई मधुर बनाउने यस्ता कार्यक्रम सबै ठाउँका लागि अत्यावश्यक रहेको बताइन् ।
वडाले बुधवार ८ जना सासु बुहारीहरूलाई उनीहरूको व्यवहार, आचरण, मेलमिलाप र पारिवारिक सम्बन्धका आधारमा सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here