Thursday, April 18, 2024
Homeफिचर५० बेडको आइसोलेसन सेन्टर

५० बेडको आइसोलेसन सेन्टर

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ४ असार । कोरोना संक्रमितको उपचारका लागि सल्यानमा थप ५० वेडको आइसोलेसन सेन्टर निर्माण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवनमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।
नेपाली सेनाको श्रमशक्तिमा उक्त आइसोलेसन वेड निर्माण गरिएकको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए । निर्धारित समयभित्र सुविधा सम्पन्न आइसोलेसन सेन्टर निर्माण गरिएको उनले बताए ।

कर्णाली प्रदेश सरकारमार्फत उपलब्ध ९ लाख २० हजारको लागतमा उक्त आइसोलेसन सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाले नवनिर्मित भवनको अवलोकनसमेत गरेको अध्यक्ष सेनले बताए ।
सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिनका लागि गाउँपालिकामा आइसोलेसन वार्ड तयार गरिएको हो । आइसोलेसन सेन्टरमा महिला पुरूषका लागि छुट्टाछुट्टै सौचालयको ब्यवस्था, धारा, विजुली बत्तीलगायतको ब्यवस्था गरिएको कोभिड–१९ कपुरकोटका फोकलपर्सन देवेन्द्र कुमार सेनले बताए ।

१४ स्वाव संकलन

यसैबीच कपुरकोट गाउँपालिकाले कोरोना आशंका लागेका १४ जनाको स्वाव संकलन गरेको छ । गाउँपालिकाकै लगानीमा भिटिएम खरिद गरी भारतबाट नागरिक र कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूको स्वाव संकलन गरेको हो ।
पिसीआर परिक्षणका लागि बुधबार उनीहरूको स्वाव संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरूण दाहालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here