- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयप्रदेश बजेटमा दाङ

प्रदेश बजेटमा दाङ

- Advertisement -spot_img

सम्पादकीय
५ नं प्रदेश सरकारले सोमबार असार १ गते आगामी आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा दाङका पुराना योजनाले निरन्तरता पाएपनि नयाँ योजनाले खासै प्राथमिकता पाउन सकेन् ।
प्रदेशको बजेटमा घोराही तुलसीपुरमा विद्युतीय बस सञ्चालनदेखि दाङमा रेशम खेती, मौरीपालन लगायतका कार्यक्रमलाई समेटेको छ । जुन दाङका लागि नयाँ योजना होइनन् ।
प्रदेश सरकारको आगामी बजेटमा लमहीमा ट्रमा सेन्टर स्थापना नयाँ योजनाबाहेक अरु नयाँ योजना छैन् । दाङको दामोदर मार्ग, घोराहीमा नेत्रलाल अभागीको सालिक स्थापना गरिने, घोरदौरामा निर्माणाधिन साँस्कृतिक डबलीको निर्माण गर्ने,
बाह्रकुने दहलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, कारागार सुधार गर्ने र घोराहीको निर्माणाधिन रंगशालालाई गौरवको आयोजनाको रुपमा अघि बढाउने बजेटमा देखिएको छ ।
प्रदेशको मुख्यमन्त्री दाङकै र अर्थ मन्त्रालय पनि आफैले समालेकाले दाङका विकास बजेट बढ्ने आकांक्षा हुनु स्वभाविक रहन्छ । तर त्यस्तो बजेटमा नदेखिदा दंगालीहरु खिन्न भएका छन् ।
कोरोनाको कहरका बीचमा नयाँ योजना ल्याउन नसकेको सरकारले दाङमा पनि नयाँ योजनामा प्राथमिकता दिएन । सरकारले विगतमा ल्याएका योजनालाई निरन्तरता दिएको मात्रै देखिन्छ । प्रदेश सरकारको नेतृत्व गर्ने दाङबाटै भएपनि नयाँ योजना आउन सकेनन् ।
कोरोना महामारीको संकटमा अन्य कुरालाई प्राथमिकता दिएर नयाँ योजना नल्याएको भनिए पनि बिगतमा पनि उत्साहजनक योजना आउन नसकेको देखिन्छ । नागरिकले थुप्रै आशा अपेक्षा गरेपनि नयाँ योजना आउन नसकेको पाइन्छ ।
अर्कोतर्फ आएका योजना कार्यान्वयन नहुँदा नागरिकले झनै आशा गर्ने बाटो हराएको छ । सबै हिसावले सम्भावना बोकेको जिल्लामा बजेटमा पनि त्यो देखिनु पथ्र्यो देखिएन ।
अहिलेको आवश्यकता सरकारले कोरोनाको संकटबाट नागरिकलाई कसरी जोगाउने भन्ने सोच्नुपर्छ ? यति हुँदाहँुदै अन्य क्षेत्रको आर्थिक गतिविधि शुन्य नै पार्नुपर्छ भन्ने पनि छैन होला । स्वास्थ्यलाई प्राथामिकता दिएर अन्य विकास निर्माणका योजना बढाउन सक्नुपर्छ ।
तर प्राथमिकता स्वास्थ्यमा हुनु अहिलेको आवश्यकता हो । कोरोनाकै कारण नागरिकले अकालमा मृत्युवरण गर्न नपरोस्, कोरोनाका संकट व्यवस्थापनमा सरकारको ध्यान बढी केन्द्रित गरिनुपर्छ । तर कोरोना वर्षभरी नै रहन्छ भन्ने पनि छैन ।
जति छिटो व्यवस्थापन भयो त्यति छिटो निर्मूल हुने देखिन्छ । समेटिएका योजना कार्यान्वयन हुन सकून् । योजना समेटिनु मात्र नभई कार्यान्वयनमा भएमात्रै त्यसले सार्थकरुप लिनसक्छ । प्रदेशको बजेट प्राथमिकताका आधारमा लैजान सकेमा मात्रै बजेट नीति सफल हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here