- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsप्रदेश बजेटमा दाङका योजना

प्रदेश बजेटमा दाङका योजना

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३ असार । प्रदेश नम्बर ५ को सरकारले दाङलाई स्वास्थ्य, कृषि र सडक लगायतका योजनालाई समेटेको छ । सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा घोराही–तुलसीपुर बस सञ्चालनदेखि दाङमा रेशम खेती, मौरीपालन, लमहीमा ट्रमा सेन्टर स्थापनालगायतका कार्यक्रम समेटेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि प्रस्तुत गरेको बजेटमा प्रदेशका प्रमुख सहर दाङको घोराही–तुलसीपुर, सार्वजनिक निजी साझेदारी मोडेलमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । त्यसका लागि सम्भाव्यता अध्ययनका गर्न बजेट विनियोजन गरेको बताए पनि कति भन्ने उल्लेख गरिएको छैन् ?
त्यसैगरी १२ वटै प्रदेशमा दुर्घटना न्यूनीकरणका कार्यक्रमलाई अघि सारिएको छ । प्रदेश सरकारले उत्तरकुमार वली सडक सुरक्षा कार्यक्रमका लागि ३ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । दाङको दामोदर मार्गसहित १६ वटा सडकका लागि ५९ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा घोराहीमा नेत्रलाल अभागीको सालिक स्थापना गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी घोरदौरामा निर्माणाधिन साँस्कृतिक डबलीको यसैवर्ष निर्माण सम्पन्न गर्ने प्रदेश सरकारको वक्तव्यमा समेटिएको छ । त्यस्तै बाह्रकुने दहलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने उद्देश्य छ ।
प्रदेश सरकारले दाङसहित तीन जिल्लाका कारागार सुधारको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा रोल्पा र प्यूठान पनि समेटिएका छन् । त्यसैगरी घोराहीको निर्माणाधिन रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने बजेटमा उल्लेख गरेको छ ।
प्रदेश सरकारले सबैको घरमा खानेपानीको सहज पु¥याउने लक्ष्य लिएको छ । सरकारले एक घर–एक धाराको अवधारणालाई अघि सारेको छ । जसका लागि दाङसहित प्रदेशका सबै जिल्लाका लागि २ अर्ब ५३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । जसमा सरकारले दुई वर्षभित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने उद्देश्यका लिएको छ ।
प्रदेशका विभिन्न जिल्लामा १ हजार ३ सय ३४ खानेपानीका आयोजना सम्पन्न गर्ने उद्देश्य राखिएको छ । प्रदेशमा आगामी आर्थिक वर्षमा १ सय ५० वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रदेशमा प्राविधिक मानव पुँजी विकासका लागि विज्ञान, गणित, प्रविधि र इन्जिनियरिङ विषयलाई संस्थागत गरी विद्यालय शिक्षालाई रूपान्तरण गर्न दाङसहित प्रदेशका १२ वटै जिल्लालाई ५ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले कृषि उपजको प्रवद्र्धनका लागि दाङमा प्रादेशिक डिपार्टमेन्टल स्टोर स्थापना गर्ने, नेपाली किनौंः नेपाली बनाऔँ अभियानअन्तर्गत दाङका दशसहित प्रदेशका १ सय ९ वटै स्थानीय तहमा उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष (कोसेली घर) र हाटबजार स्थापनाका लागि प्रदेशका सबै स्थानीय तहले १० करोड ९० लाख बजेट पाएका छन् ।
त्यसअन्तर्गत दाङका दश स्थानीय तहले १ करोड बजेट प्राप्त गरेका छन् । सरकारले दाङसहितका बाँके र रूपन्देहीमा तीन प्रयोगशालाको स्तरोन्नतीका लागि आधुनिक प्रविधिसहितको भेटनरी रिफरल अस्पताल बनाउने बजेटमा समेटेको छ ।
जसका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी प्रदेशलाई दूध, मासु, फलफुलमा निर्भर बनाउन दाङसहित १२ जिल्लामा रोड करिडोर स्थापना गरिने उल्लेख छ ।
जसका लागि १२ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । जसमा दाङमा दशवटै स्थानीय तहमा सञ्चालनमा आएको स्मार्ट कृषि गाउँले यसवर्ष पनि निरन्तरता पाउने भएको छ ।
प्रदेश सरकारले दाङमा लिफ्ट सिंचाई आयोजनाका विषेश कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रस्तुत बजेटमा दाङसहित प्रदेशका १२ वटै जिल्लामा आवास विकास तथा बस्ती निर्माणअन्तर्गत ३९ करोड ५५ लाख विनियोजन गरेको छ ।
राप्ती, बबई लगायतका चारवटा नदीको जलाधार व्यवस्थापनका लागि ३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले कोरोनाको महामारी संकटसँग सामना गर्न स्वास्थ्यको बजेटलाई प्राथमिकता दिएको छ । सरकारले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मुटुरोग उपचार विस्तार गरिने उल्लेख गरेको छ ।
अस्पतालको अन्य स्तरोन्नतीका लागि गर्ने प्रदेश सरकारले बजेटमा समेटेको छ । त्यस्तै सडक दुर्घटनामा परेका व्यक्तिको उपचार तथा रक्षाका लागि लमहीमा आधुनिक र ट्रमा सेन्टर स्थापना गरेको छ । जसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ५ करोड बजेट विनियोजन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here