- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकोरोना प्रभावले ओझेलमा आत्महत्याका घटना

कोरोना प्रभावले ओझेलमा आत्महत्याका घटना

- Advertisement -spot_img

जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहदा–चाहदै पनि जीवनको कुनै मोडमा मानसिक तनाव थेग्न गाह्रो भएर मानिस आफैले आफ्नो शिकार गर्न पुग्छ । मृत्यु स्वभाविक हो र यथार्थ पनि । यसलाई कसैले नकार्न सक्दैन र सकिदैन पनि ।
तर मृत्युलाई सबै पीडाको समाधान सोच्नु मूर्खता हो । अक्सर मानिसहरू जीवनलाई कसरी सहज र सरल बनाउन सकिन्छ ? भन्ने सवालमा उपाय खोजी गरिरहेका हुन्छन् । तर पनि कुनै खास परिस्थितिले मानिसहरूलाई मर्नु बाहेकको कुनै विकल्प छैन भन्ने मोडमा उपस्थित गराउँदछ । यही अवस्था नै आत्महत्याको उत्प्रेरणा मानिन्छ ।
आत्महत्या आफैमा रोग नभएर मनोरोगको परिणाम हो । प्रायः मानसिक तनाव तथा पीडा सहन नसकी बाँच्नुभन्दा मर्न ठिक ठानेर मानिसले आत्महत्या गर्ने गर्छन् । कतिपय देशहरूमा आत्महत्या तथा आत्महत्याको कोसिस गर्नु सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
संसारभर बढी आत्महत्या हुने मुलुकमध्ये नेपाल आठौ स्थानमा पर्ने र आत्महत्याको दर २४.९ रहेको स्वास्थ संगठनको आँकडाले देखाउँछ । अहिले विश्वब्यापी रूपमा फैलिएको कोरोनाभाइरसको प्रभावबाट करिब चार लाख मानिसको मृत्युु भईसकेको अवस्था छ ।
पछिल्लो समयमा लकडाउन लम्बिदै जाँदा आत्महत्याको घटनामा पनि उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको छ । नेपालको परिवेशमा हेर्ने हो भने प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७६र७७ को सुरूवातको आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए ।
लकडाउन सुरू भएको दिन चैत ११ देखि जेठ २० गतेसम्म ९६३ जनाले आत्महत्या गरेको देखिन्छ । ९० प्रतिशतभन्दा धेरै आत्महत्याका घटनाको कारण डिप्रेसनसँग सम्बन्धित रहेकोमा, अहिले लकडाउनको कारण आत्महत्या गर्नेको संख्या बढिरहेको डा.पशुपति महतको भनाइ छ ।
लकडाउनको दुई महिनामा आत्महत्या गर्नेमध्ये ४९९ जना पुरूष र ३५३ जना महिला रहेका छन् ।
आत्महत्या गर्नेमा सबैभन्दा बढी प्रदेश ५ का २२५ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५४ जना रहेका छन् ।
कोरोनाको कारणबाट प्रत्यक्ष रूपमा बढी प्रभावित हुनेहरूमा निम्न तथा मध्यम वर्गीय परिवार रहेका छन् । काम गरेर खाने तथा जीविकोपार्जन गर्दै आएका परिवारलाई कोरोनाले हायल कायल बनाएको छ । जसका कारण नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि आत्महत्याको दर बढ्दो क्रममा रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई गरी खाने परिस्थिति अहिले नरहेकोले उनीहरूमा दैनिकी चलाउने चिन्ता तथा रोग लाग्दासमेत रोग पालेर घरमै दुःख सहनुपर्ने लगायतका समस्याका कारण आत्महत्याको बढ्दो क्रम जारी छ ।
लकडाउनको समयमा सरकारले कमजोर अवस्था भएका मानिसहरूको पहिचान गर्न नसक्नु तथा राष्ट्रिय नीति तथा योजनामा समेट्न नसक्नुले पनि आत्महत्यालाई बढुवा दिएको हो भन्ने आम बुझाइ रहेको छ ।
आत्महत्याका विभिन्न कारण हुन सक्छन् । जसमध्ये कोरोना अहिले मुख्य कारणको रूपमा देखापरेको छ । कोरोनाको कारणबाट श्रमजीवि वर्ग श्रम गर्नबाट बञ्चित भएका छन् । जागीर छुट्नुको पीडा र नयाँ रोगको कारण घरभित्रको क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।
मुख्य रूपमा घर परिवारको जीविकोपार्जनका लागि आमाबुवा तथा परिवारका अग्रजहरू चिन्तित छन् भने किशोर–किशोरीहरू आफ्नो भविष्यको पीडालाई लिएर मानसिक रूपमा कमजोर तथा शिथिल भएका छन् ।
उनीहरूको स्वभावमा आएको परिवर्तनले कस्तो भविष्यको निर्माण हुने हो भनेर भन्न सकिने अवस्था छैन । निराशाका भावनाहरू बढ्दै जाने प्रवृत्तिलाई समयमै पहिचान गरी समस्याको निदान गरिनुको विकल्प छैन । भविष्यका कर्णधारका रूपमा चिनिने युवाहरूमा छाएको वितृष्णालाई सम्बोधन गर्नु हामी सबैको नैतिक जिम्मेवारी तथा दायित्व हो ।
यो समस्यालाई कम गर्न तथा पीडितहरूको संख्यालाई कम गर्न परिवारभित्रको वातावरणलाई थप सशक्त बनाउन विभिन्न मनोचिकित्सा वा परामर्शलाई बढोत्तरी गर्नु नितान्त आवश्यक भइसकेको देखिन्छ ।
जसलाई विभिन्न वैज्ञानिकहरूले पनि महत्वपूर्ण विकल्पको रूपमा सुझाएको पाइन्छ । परिवारको साथ सहयोग तथा मनोभावनाको पहिचानले पनि ठूलो दुर्घटनाबाट बचाउन सकिन्छ, अथवा मानिसहरूको स्वभाव तथा व्यवहारमा परिवर्तन आउँन सक्दछ ।
आजसम्मको दिनहरूलाई मध्यनजर गर्दा लकडाउन तथा कोरोनाले जन्माएको आत्महत्याको खेल अझै डरलाग्दो स्वरूप देखापर्ने वा बढ्दै जाने सम्भावना उच्च देखिन्छ ।
र पनि सरकार गुपचुप तथा मौन छ । जसलाई ठूलो आँधी तथा तुफान आउनुभन्दा पहिलेको सन्नाटाको रूपमा बुझ्दा अनर्थ नहोला । कोरोनाको मारसँगै सुरू भएको आत्महत्याको चक्रलाई तोड्न राज्यले कुनै प्रकारको निति तथा योजना समेत नल्याएको देख्दा ‘आत्महत्या’ले भयंकर रूप नलेला भन्न सकिदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here