- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरक्वारेन्टाइनमा नै विवाह

क्वारेन्टाइनमा नै विवाह

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३ असार । घोराही उपमहानगरपालिका १८ नं वडाको क्वारेन्टाइनका एक जोडीले क्वारेन्टाइनमा नै विवाह गरेका छन् । उनीहरूको विवाह वडा अध्यक्ष भरत अर्यालको रोहवरमा भएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका युवा युवतीले विवाह गरेको वडा अध्यक्ष अर्यालले बताए । उनले कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुबैको प्रेम विवाह बन्धनमा बाँधिएको बताए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ की सीता चौधरीबीच क्वारेन्टाइनमै विवाह भएको हो । 
आठ महिनादेखिको प्रेमलाई विवाहमा परिणत गरेको समिरले बताए । उनले घर परिवार र आफन्तको सहभागितामा बर–पिपललाई साक्षी राखेर क्वारेन्टाइनमै विवाह गरिएको जानकारी दिए ।
आठ महिनादेखि भारतमा बस्दै आएका उनीहरू कोरोना संक्रमण बढ्न थालेपछि घर हिडेका थिए । ‘विहे त धुमधाम गर्ने रहर थियो, समिरले भने, ‘तर कोरोना महामारीले परिस्थिति फेरि दियो, क्वारेन्टाइनमा विहे गर्नुप¥यो ।’
भारतको दिल्लीबाट आएका उनीहरू क्वारेन्टाइनमा बसेका थिए । उनीहरूबीच प्रेम सम्बन्धमा रहेकाले उनीहरूकै आग्रहमा विवाह गरिदिएको वडा अध्यक्ष अर्यालले जानकारी दिए ।
‘भारतबाट आउँदाखेरी नै उनीहरू प्रेम सम्बन्धमा रहेछन्, त्यसैले घर सल्लाहमा जेठ ३२ गते वर–पिपल साक्षी राखेर मैले विवाह गराई दिएको हुँ’ वडा अध्यक्ष अर्यालले भने ।
घर गएर विवाह गर्न सुझाए पनि आफूहरूको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको अर्यालले बताए ।
उनीहरू जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । करिब २४ दिन क्वारेन्टाइनमा अलग्लै बसेका उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो ।
उक्त क्वारेन्टाइनमा उनीहरूसँगै बसेका अन्य चारजनाको रिपोर्ट पोजेटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको हो । रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।
समिरले पनि घरमा छुट्टै बसिरहेको बताए । ‘हामी घरमा छुट्टै बसेका छौं, रिपोर्ट नेगेटिभ आएको भए पनि सुरक्षाको लागि बसिरहेका छौं’ समिरले भने । क्वारेन्टाइनबाट घर जाँदा पनि त्यहि सर्तमा पठाइएको अध्यक्ष अर्यालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here