- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलकडाउनमा खेतीका कुरा

लकडाउनमा खेतीका कुरा

- Advertisement -spot_img

छिमेकी देश चिनको हुवे प्रशान्तको वुहान शहरबाट फैलीएको नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीकोे रुपमा विश्वभर फैलिरहेको छ । यसले गर्दा विभिन्न देशहरुमा मानिसहरुको मर्नेको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । विश्वमा कोरोनाभाइरस संक्रमण यतिबेला ७६ लाख ७० हजर बढीमा फैलिसकेको छ ।
४ लाख २७ हजार बढीको मृत्यु भइसकेको छ भने साढे ३५ लाख बढीले कोरोनालाई जितिसकेका छन् । नेपालमा पनि संक्रमणको दर बढिरहेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण, संक्रमितको व्यवस्थापन र जोगिने उपायमा सरकार लागिरहेको छ ।
विशेषत कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै हामी जनमानसमा प्रचलनमा आएको शब्द हो ‘लकडाउन’ । लकडाउन यस्तो आपतकालीन अवस्था हो जसअन्तर्गत निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्णरुपले बन्द गरिन्छ ।
संक्रमण फैलन नदिन विभिन्न मुलुकहरुले लगाएका प्रतिबन्धका स्वरुपहरु ‘लकडाउन’ शब्दमार्फत झल्किएका छन् । कोरोनाबाट बच्न ९क्यअष्ब िम्ष्कतबलअभ० अर्थात् सामाजिक दूरी कायम गर्न राज्यले गरेको नीतिलाई बन्दाबन्दी भनिन्छ । खासगरी तिव्ररुपमा कोरोना नफैलियोस् वा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भनेर ल्याएको नीति हो ।
समुदायमा संक्रमण नफैलियोस् भनेर चैत ११ देखि हाम्रो देशमा लकडाउन सुरु भयो । राज्य लकडाउनलाई प्रभावकारी बनाउन लागेको देखिन्छ । लकडाउनलाई सफल बनाउन जति राज्यको भूमिका हुन्छ त्यो भन्दा धेरै गुणा नागरिक सचेतना र सहजताले प्रभावकारी बनाउन मद्दत पुग्छ ।
हाम्रो समाजमा सचेतनाको कमिले पनि लकडाउन प्रभावकारी बनाउन राज्य संयन्त्रलाई हम्मे–हम्मे परेको जगजाहेर नै छ । अत्यावश्यक सेवा, पासवाहक सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा उद्योगका कर्मचारी, व्यवसायीलाई परिचयपत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ ।
कुनैपनि परिचयपत्र वा पास नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । पछिल्लो पटक उच्चस्तरीय समितिले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेसँगै निजी गाडी र मोटरसाईकललाई सामाजिक दूरी कायम गरी चलाउन दिने निर्णय गरेको छ ।
हुन त लकडाउन गर्नु सरकारको लागि एउटा बाध्यात्मक परिस्थिति थियो । कोरोनाभाइरसबाट जोगिनका लागि यो मात्रै एउटा विकल्प थियो । धेरैको रोजगारी गुम्ने स्थितिको सिर्जना हुनु, बालबालिका पढ्नको लागि विद्यालय जान नपाउनु,
समग्रमा भन्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै जानुजस्ता समस्या भोग्नु परेपनि कतिपय मानिसहरुले लकडाउनलाई अवसरको रुपमा समेत लिए । सबैभन्दा बुद्धिमान मानिस त्यहि हो जसले भोग्नुपरेका चुनौतीहरुलाई अवसरको रुपमा उपयोग गर्छ ।
कतिपय मानिसहरुले यसलाई अवसरको रुपमा लिए । लकडाउनका कारण सिर्जना भएको एउटा अवसर हो कृषि कर्म । लकडाउनको समयमा धेरै मानिसहरु आफ्नो जन्मथलोमा फर्किए । शहरमा सारा काम छोडेर गाउँ फर्किसकेपछि धेरैलाई कृषि कर्मबाहेकको विकल्प पनि थिएन । शहर पस्दा बाँझो बनेका खेतबारीले फेरी हरियो बन्ने मौका पाए ।
माटोमा उर्मिएको बिरुवा मलजल टिप्दै हुर्किए । हाँगाबिङ्गा र जरा फैलाउँदै लोभलाग्दो जवानीमा उक्लिए । फूल फुल्दै, सुगन्ध फैलाउँदै र झपक्क फलहरु फले । एउटा वृक्षबाट असंख्य नयाँ बिजहरु पैदा भए । प्रत्येक बिजमा उस्तै उर्वर वृक्ष उमार्ने गुण थियो र त नयाँ वृक्षले आफ्नो अभिनव सृष्टिचक्रलाई निस्वार्थ निरन्तरता दिदै गए ।
वृक्षले गर्ने सिर्जना संसारकै महानतम् त्याग हो जहाँ प्राणधारीहरुले बिसर्जन गरेपछि माटोमा मिसिएको मलमूत्र अनि हावामा उडेको कार्बनडाइअक्साइड ग्यास लिएर मौसमै पिच्छे अजस आँट र सहस सपनासहितका नृतन पृस्ता दिने चक्र निरन्तर घुमिरहन्छ ।
यसको एउटा प्रत्यक्ष फाइदा भनेको भारतीय तरकारीमा बढी भरपरेका नेपालीहरुले केही मात्रामा भएपनि आफ्नै खेतबारीको उत्पादन खानको लागि केही हदसम्म सजिलो बन्ने देखियो ।
अर्कोतर्फ सरकारले नै जग्गा बाँझो नराख्न प्रोत्साहित गरेको देखियो । समग्रमा कतिपय खेतवारीले मालिक देख्न पाए भने मालिकले खेतबारी बुझ्न पाए । जो लकडाउनका कारण देखिएको एउटा अवसर थियो ।
लकडाउनले केही नकारात्मक असर पनि परेको छ । आर्थिक अभाव दैनिक कामकाज ठप्प हुँदा आम्दानीको स्रोत बन्द हुँदा कतिपयलाई समस्या भएको छ ।
कतिपय मानिसहरु जे होस् धेरै नकारात्मक पक्षहरु हुँदाहुँदै पनि हामी नेपालीहरु कोरोनाको संक्रमणबाट वच्नको लागि यो कठिन परिस्थितिसँग लडिरहेका छौँ । मान्छेमा यस्ता दुःखद्, पीडादायी घटनाले सकारात्मक परिवर्तन पनि ल्याउने हुनाले महामारी र बन्दाबन्दीका नकारात्मक पक्षबाट नआत्तिई सकारात्मकरूपमा सदुपयोग गरौँ ।
लकडाउन एकदमै कष्टकर भए पनि सामाजिक दूरी कायम गरी संक्रमण तिव्र गतिमा फैलिन नदिन हामी नागरिक सबै मिलेर उत्पन्न चुनौतीलाई समाधान गर्नु आजको आवश्यकता हो । घरमै बसौं, सुरक्षित रहांै, लकडाउनको पालना गरि कोरोनाभाइरस मुक्त बनाऊ ।
अन्त्यमा, मुलुकभित्र र बाहिर रहनुभएका सबै नेपाली नागरिकलाई कोभिड–१९ को जोखिमबाट सुरक्षित रहदै सबल, समृद्ध राष्ट्र निर्माणमा योगदान गर्न आह्वान छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here