- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबर११ विद्यालय मर्ज

११ विद्यालय मर्ज

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ३ असार । सल्यानका एक दर्जन विद्यालयहरू मर्ज भएका छन् । सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि जिल्लाका स्थानीय तहले विद्यालयहरू मर्ज गर्न सुरू गरेका छन् । जिल्लाको दार्मा गाउँपालिकामा रहेका ११ वटा सामुदायिक विद्यालयहरू मर्ज भएका छन् ।
गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यार्थीको संख्या कम भएका विद्यालयहरूलाई शिक्षा ऐनअनुसार समायोजन गर्न सुरू गरेको छ ।
जसअन्तर्गत गाउँपालिकाका ११ विद्यालय समायोजन र ६ वटा विद्यालयको कक्षा घटुवा गराईएको छ । विद्यार्थीको संख्या र नजिकै अर्को विद्यालय भएका स्थानका विद्यालयहरू समायोजन गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
विद्यार्थीको संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्दा शिक्षकको संख्या र शैक्षिक गुणस्तर बढ्ने उनको भनाई छ ।
विद्यालयहरूको शैक्षिक अवस्थामा सुधार र शैक्षिक गुणस्तरमा बृद्धि हुने भएकाले विद्यालयहरू मर्ज गर्न सुरू गरेको गाउँपालिकाका शिक्षा अधिकृत शेरप्रसाद ढकालले बताए । विद्यालयहरू मर्ज हुँदा विद्यालयको खर्च कटौती हुने उनले बताए ।
विद्यालयहरूलाई एकआपसमा समायोजन गर्दा शिक्षकहरूको संख्यामा वृद्धि हुन्छ’ उनले भने– ‘जसका कारण प्रभावकारी सिकाइ र विद्यार्थीहरूका लागि समय दिन सहज हुने गर्दछ ।’
दुर्गम क्षेत्रका विद्यालयहरूमा विद्यार्थीहरूको संख्या थोरै हुने भएकाले विद्यालय मर्ज गर्नुपरेको ढकालको भनाई छ ।
भौगोलिक अवस्था हेरेर विद्यालयहरू समायोजन गरिएको उनले जानकारी दिए । यसरी विद्यालयहरू समायोजन एवं कक्षा कम गर्दा २ करोड ४७ लाख ५ हजार रूपैयाँ बजेट अनुदानमा आउने सम्भावना रहेको बताए ।
यदि विद्यालयका लागि उक्त रकम अनुदानमा उपलब्ध भएमा विद्यालयहरूको भौतिक एवं शैक्षिक वातावरणमा सुधार ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here