Tuesday, March 26, 2024
Homeफिचरकरेन्ट लगाउने दुईजना पक्राउ

करेन्ट लगाउने दुईजना पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३ असार । दाङमा शरीरमा करेन्ट लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ४७ वर्षीय टिकाराम पुनको शरीरमा करेन्ट लगाउने युवाहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत जेठ ३० गते बिहान पुनमाथि करेन्ट लगाई हातपात गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरूवा निवासी २१ वर्षीय विष्णु बुढाथोकी, २० वर्षीय खिम बहादुर विकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
आफ्नो ग्रील उद्योगमा काम गरिरहेका पुनलाई होल्डरको प्रयोग गरी करेन्ट शरीरमा लगाएर फरार भएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सिंहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here