- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsरिपोर्ट नआउँदै घर पुगे कोरोना संक्रमित

रिपोर्ट नआउँदै घर पुगे कोरोना संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २ असार । कोरोना परिक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको घोराहीस्थित तीन क्वारेन्टाइनमा बसेका १९ जनामा संक्रमण पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टाइनमा बसेका १३, आधारभूत विद्यालय क्वाडीमा बसेका ४ जनामा र १८ मा रहेको गिठेपानी क्वारेन्टाइनमा बसेका २ जनामा घर गइसकेपछि संक्रमण पुष्टि भएको हो । उनीहरू सबै जेठ पहिलो साता भारतबाट आएका थिए ।
क्वारेन्टाइनमा बसेका उनीहरूको जेठ २१ गते पिसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । रिपोर्ट आउन ढिला भएपछि होम क्वारेन्टाइनमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग राखेपछि उनीहरू होम क्वारेन्टाइनमा बसेको नगरप्रमुख नरूलाल चौधरीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टाइनमा बसेका र कुनै लक्षण नदेखिएका व्यक्तिलाई घरमै सुरक्षित रूपमा बस्ने गरी पठाउन सकिने सर्कुलर भएपछि उनीहरूले पनि सोही अनुसार घर जान पाउनुपर्ने दबाव सिर्जना गरेको उनले बताए ।
दाङमा कोरोना जाँचको रिपोर्ट नआउँदै घर गएका १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका–१८ गिठेपानीका २ र वडा नम्बर १७ का १७ जना गरी १९ जनामा कोरोना पोजेटिभ देखिएको घोराही उपमहा–नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
परिवार र क्वारेन्टाइनमा बसेकाहरूको जिद्दीका कारण उनीहरूलाई घर पठाइएको घोराहीको कोरोना फोकलफर्सन रितेश रेग्मीले बताए । नीति घर पठाउने नभएको भए पनि उनीहरूकै कारणले घर पुगेको बताए ।
‘वडाले घर जान अनुमति दिएर हामी घर गएका हौं, क्वारेन्टाइनबाट घर पुगेका संक्रमित २५ वर्षिय पुरूषले भने, ‘२१ दिनसम्म हामी क्वारेन्टाइनमा बसेकै हो, नौ दिनसम्म रिपोर्ट पनि कुरेको हो नि ?’ ‘वडाले परिवारको जिम्मा लगाइ दिएपछि घर त जानुप¥यो’
उनले भने । क्वारेन्टाइनबाट घरमा गएका मध्ये एकजना गर्भवतीसहित तीनजना महिना पनि छन् । यो घटनासँगै समुदायस्तरमा कोरोना फैलने सन्त्रास बढेको छ ।
होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको उपमहानगरपालिका नगर प्रमुख नरूलाल चौधरीले बताए । ‘२१ दिन क्वारेन्टाइनमा बसेकालाई सुरक्षित रूपमा होम क्वारेन्टाइनमा बस्नेहरूलाई घरमा पठाइएको हो’ उनले भने, ‘राज्यको नीति पनि त्यहि अनुसार देखिन्छ ।
रिपोर्ट आउनु पूर्व नै घर पठाइएकाहरूलाई दुई दिन लगाएर आइसोलेसनमा ल्याइएको छ । कोरोनाको पूर्वसूचना आएसँगै स्वास्थ्य शाखा, जनप्रतिनिधि र प्रशासनले १९ जनालाई घरबाट नै कोरोना अस्पतालमा पु¥याइएको स्वास्थ्य शाखाले जनाएको छ ।
एक गर्भवती महिला र ३ जना पुरूषमा कोरोना संक्रमण देखिएको छ । गर्भवती महिलाका श्रीमानको रिपोर्ट भने नेगेटिभ आएको पाइएको छ ।
१७ नं वडाका प्रतिनिधिहरूले भने २१ दिन क्वारेन्टाइनमा बसेका र राज्यको नीति पनि घर पठाउने भएका कारण, परिवारको दवावमा रिपोर्ट नआउँदै घर पठाइएको बताएका छन् ।
घर पठाइएकाहरूकै रिपोर्ट पोजेटिभ आएपछि अहिले वडा नं १७ र १८ का स्थानीयहरू त्रसित भएका छन् । संक्रमित लगाएत अन्यको जेठ २१ गते स्वाव संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।
उनीहरूको रिपोर्ट स्वाव संकलन भएको ११ दिनपछि आएको हो । अहिले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको घोराहीको स्वास्थ्य शाखाले बताएको छ ।
‘अहिले गाउँमा कोरोनाको त्रास बढेको छ’, स्थानीय शिशिर आचार्यले भने, ‘हिजोसम्म ढुक्क भएका थियौं,’ संक्रमितलाई नै उपमहानगरले गाउँमा पठाएर त्रास थपिदिएको छ ।
स्थानीय सरकारले जबरजस्त समुदायमा कोरोना फैलाउने प्रयास ग¥यो । क्वारेन्टाइनबाट घर पठाइएकाहरू गाउँघरमा समेत पुगेको स्थानीयहरूले बताएका छन् ।
घर पुगेका संक्रमितहरू गाउँ जाने खसी काटेर समेत खाएका थिए । सबैलाई आइसोलेसन केन्द्रमा ल्याउने क्रम जारी रहेको उपमहानगर स्वास्थ्य शाखा कोरोना फोकलपर्सन रितेश रेग्मीले जानकारी दिए ।

स्थानीयको आन्दोलन

गाउँलाई त्रसित गर्ने गरी कोरोना रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाएको भन्दै वडा नम्बर १७ का स्थानीयहरूले वडा कार्यालय पुगेर विरोध गरेका छन्
वडाको लापरवाहीले गाउँ नै समस्यामा परेको र गाउँलेमा समेत थप संक्रमण हुने अवस्था सिर्जना भएको भन्दै स्थानीयहरूले विरोध गरेको जनाएका छन् । स्थानीयहरूले विरोधको क्रममा केही जनप्रतिनिधिहरूलाई हातपातको समेत प्रयास गरेका थिए ।
सोमबार दाङमा ४३ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परिक्षणमा घोराही उपमहानगरपालिका वडा नं १८, १७, ५, ४, ३ नं वडाका रहेका छन । त्यसमा एकजना बंगलाचुली गाउँपालिका वडा नं ४ का रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।
संक्रमित हुनेमा ७ जना महिला रहेका छन् । यो सँगै घोराही उपमहा–नगरपालिकामा कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ । दाङमा १ सय ८६ जना संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

दाङमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ३ र ४ का स्वास्थ्य संस्थामा कार्यरत दुई महिला र दुई पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
घोराही १८ का ४६ बर्षिय पुरूष, घोराही ३ का ४८ बर्षिय पुरूष, घोराही ४ का ५७ बर्षिया र ३१ बर्षिया दुई महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि लमही नगरपालिका १ र राप्ती गाउँपालिका ८ का दुईजना पुरूष स्वास्थ्यकर्मी गढवा गाउँपालिकाको क्वारेन्टाइनमा खटेको बेला कोरोना देखिएको थियो । दुबैजना सोमबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here