- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsप्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, २ असार । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रूपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रूपैयाँ रहेको बताए ।
त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ । सरकारले ल्याएको बजेट कोरोना केन्द्रित छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रूपैयाँ बजेट छ ।
१६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।
कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखी कार्यक्रम विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रूपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।
प्रदेश सरकारले आगामी वर्ष विदेश भ्रमणका लागि खर्च विनियोजन गरेको छैन् । कार्यालय सामग्री खरिदका लागि खर्च कटौती गरिएको छ । मन्त्रालयका कर्मचारीका लागि बैठक भत्ता कटौती गरिएको छ ।
स्वास्थ्य र सुरक्षा निकायले बाहेक अन्यले सवारी साधन खरिद गर्न पाउने छैनन् । सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड–१९ को असर न्यूनीकरण र रोजगार केन्द्रित रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here