- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबजार अनुगमनमा विवाद

बजार अनुगमनमा विवाद

- Advertisement -spot_img
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा हुँदै गरेको नियमित बजार अनुगमन शुक्रबार पनि भयो । शुक्रबार हार्डवयर पसलहरूमा अनुगमन गरिन सुरू भएको थियो । लकडाउन अर्थात् बन्दाबन्दीको बीचमा पनि हुनसक्ने कालोबजारी रोक्नलाई बजार अनुगमन हुँदै आएको छ । यही बीचमा अहिले एउटा विवाद चरम उत्कर्षमा पुगेको छ । 
व्यवसायी र जनप्रतिनिधिबाट अवरोध भएको अनुगमन टोलीको आरोप छ भने व्यवसायी समय सान्र्दभिक अनुगमन नभएको बताएको छ । जनप्रतिनिधिले भने आफूहरूको समन्वयबिना अनुगमन गरिएको बताएका छन् । यस्तो अवस्थामा अनुगमन किन रोकियो ? वडा कार्यालयसँग समन्वयबिना नै अनुगमन गरिएको हो त ? अनुगमन किन समय सन्दर्भ भएन् ? लगायतका प्रश्नमा रहेर प्रदेश टुडेका राउण्ड टेबलमा सरोकारवाला र जिममेवार पदाधिकारीहरूलाई ल्याएका छौं । – सम्पादक

प्रस्तुतिः जीतसागर जी.एम.


 

वडाको समन्वयविना अनुगमन


गत शुक्रबार तुलसीपुर–५ मा बजार अनुगमन हुन लागेको रहेछ । तर वडा कार्यालयलाई जानकारी भएन् । उहाँहरूले हामीलाई जानकारी नै नगराई अनुगमनमा निस्कनुभएको छ । अनुगमन गर्नु निकै राम्रो हो । हुनसक्ने कालोबजारीलाई रोक्नका लागि उहाँहरूले गर्नुभएको काममा हामीले अवरोध गरेका छैनौँ । मलाई जब समस्या प¥यो त्यसपछिमात्रै जानकारी आएको छ ।

आखिर केही अप्ठेरो परेपछि वडा कार्यालयले समाधान गर्ने तर सजिलोमा उहाँहरूले जानकारी नै नगराउने भन्ने हुन्छ र ? उहाँहरूले मलाई फोन गर्दा फोन उठेन भनेर भन्नुभएको छ । मेरो फोन नउठेपछि सुरेश श्रेष्ठलाई भन्नुभएको रहेछ । वडालाई पत्राचार गर्न सक्नुहुन्थ्यो उहाँहरू । अन्य शाखाले हामीलाई मेसेज पठाउन हुने उपभोक्ता हित संरक्षण शाखाले पत्राचार गर्न नसक्ने, मेसेज पठाउन नसक्ने हुन्छ र ?

जब समस्या प¥यो, त्यसपछि मलाई फोन आएको छ । त्यसपछि मैले केही आग्रह गर्दा म नै सर्वेसर्वा भन्ने जस्तो अभिव्यक्ति पाए उहाँहरूको । अहिले उहाँहरूले विज्ञप्ति नै निकालेर बजार अनुगमन रोकिएको भनेर भन्नुभएछ । त्यसपछि उहाँहरूले विज्ञप्ति हटाउनुभएको रहेछ ।

मैले त अनुगमन रोक्न खोजेको छैन । यदि सही, सत्य हुन्थ्यो भने उहाँहरूले निकालेको विज्ञप्ति पछि फाल्नुभयो । लकडाउन अर्थात् बन्दाबन्दी, यस्तो महामारीको अवस्थामा सामाजिक दूरी कायम नै नराखी अनुमगन गर्नुभएको रहेछ ।

उहाँहरूले सकेसम्म अहिले हार्डवयर पसललाई भन्दा पनि खाद्यान्नका पसलहरू अनुगमन गरिदिनुपर्ने हो तर हार्डवयर पसल अनुगमन गर्न पुग्नुभएको रहेछ । अनि तैपनि उहाँहरूलाई केही भनेको थिएन् तर मिडियामा वडा अध्यक्षबाट बजार अनुगमनका रोक भनेर समाचार आयो ।

उपभोक्ता भने स्वयम् हामी नागरिक हो । त्यसका लागि बजार अनुगमनलाई चुस्तदुरूस्त राख्नुपर्छ । अनि मैले बजार अनुगमनलाई रोक्ने कुरा नै भएन् । मैले त सकेसम्म वडालाई जानकारी गराएर जानुभएको भए राम्रो हुनेथियो भनेर भनेको हो तर अहिले बजार अनुगमन नै रोक्यो वडाले भनेर बाहिर आउनु दुखद् कुरा हो ।

खाद्य पसलजस्तो हार्डवयर पसल त्यति पर्दैन् तर पनि उहाँहरूले ति कुरालाई प्राथमिकता दिनुभएछ । हार्डवयर पसलमा व्यवसायीले बन्दाबन्दीका कारण म्याद गुज्रिएका सामान फिर्ता गर्न पाएका छैनन् । यस्तो अवस्थामा समस्यामा परेका उहाँहरूले मानवीयता हेर्नुपथ्र्यो ।

मैले उपमहानगरमा पनि ति सबै कुराहरू राखेको छ । फिल्डमै पुगेर वास्तविकता बुझ्नका लागि उपमेयर सहितको टिम मंगलबार जाँदैछ । सत्यतथ्य बाहिर आउने छ । वडा कार्यालयको कारण देखाउँदै अनुगमन रोकियो भन्ने उहाँहरूको भनाई सत्य होइन् ।

बन्दाबन्दीमा हुने कालोबजारी रोक्न उहाँहरूले प्रयास राम्रो गरेपनि वडा कार्यालयको सहकार्यबिना जानु गलत हो लाग्छ मलाई । उहाँहरूको कामलाई रोक्न खोजिएको हैन् भन्ने प्रष्ट पार्न चाहन्छु । सायद उहाँहरूले समन्वय गरेर गएको भए समस्या आउँदैन् थियो होला ।

समस्या आएपनि सहजीकरण गर्न हामीले सक्थ्यौँ । हाम्रो समन्वय बिना नदिन उहाँहरू गएपछि समस्या झन् बढेको छ  । हाम्रो समन्वयबिना उहाँहरू अनुगमनमा गएको हुँदा अब के गरी समाधान गर्ने भन्ने भएको छ ?


नियमित तालिका अनुसार अनुगमन


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जको आदेश र तुलसीपुर उपमहानगरपालिकाको अनुगमन निर्देशिका २०७५ को परिच्छेद ३ को दफा ८ (२) को (१)मा भएको व्यवस्थाबमोजिम उपभोक्ता हित संरक्षण शाखाकोे नियमित कार्यक्रमअनुसार जेठ ३० गते तुलसीपुर–५ स्थित निर्माण तथा रंगरोगन अनुगमन गरेका हौं ।

संरक्षण कार्यालयको निर्देशन अनुसार नै हामीले अनुगमन गरेका हौं । लकडाउनको समयमा हुनसक्ने कालो बजारी रोक्नका लागि हाम्रो अनुगमन थियो । हामीले यसभन्दा अघि पनि विभिन्न खाद्य पसलमा अनुगमन गरिसकेका छौं ।

त्यसदिनको तालिका भनेको हार्डवयर पसलको अनुगमन गर्ने निर्देशन थियो । हामी कुनै व्यक्ति विषेशगरेर अनुगमन गरेका हैनौं । हाम्रो नियमित कर्मअनुसार नै उक्त दिनको अनुगमन थियो ।

हामी हाम्रो मापदण्ड पूरा गरेर नै अनुगमन गरेका हौंतर अनुगमनमा अवरोध सिर्जना भयो । हामीले अनुगमन गरिएको समयमा अहिले कसैले व्यक्ति यसो गरे भन्नुभन्दा पनि हामीमाथि लगाइएका विभिन्न आरोपहरूले असैह्य भएको छ ।

विभिन्न समयमा अनुगमन गरिए पनि त्यस किसिमको अवरोध पहिलो पटक भएको हो भन्ने लाग्छ मलाई । हामीलाई जे निर्देशन आयो त्यहि अनुगमन गरिएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । सबैको समन्वयनमा नै हामीले अनुगमन गर्ने गरेका छौं ।

त्यसदिनमा हार्डवयर पसलमा नै अनुगमन गर्ने निर्देशनले हामी हार्डवयर पसलको अनुगमन गरेका हौँ । अनुगमनको क्रममा अवरोधमा भएका सबै कुराहरू हामीले प्रतिवेदन बनाएर नगरप्रमुख समक्ष पेश गरिसकेका छौँ । सबै कुरा मैले भन्नुभन्दा पनि प्रतिवेदनले बोल्ने कुरा छ ।


समय सान्दर्भिक भएन


हामीले अवरोध गरेका छैनौँ, बजार अनुगमन । तर हार्डवेयर पसलमा अलिकति समय सुहाउँदो भएन कि भन्ने हो । उपभोक्ता अधिकार मञ्च, तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखालगायतको टिम शनिबार बिहान हिसाबले अनुगमनमा आएको थियो, त्यो शैली मिलेन कि ।

लकडाउनको बीचमा व्यवसायीले थुप्रै समस्या भोगेका छन् । व्यवसायीले थुप्रै सामाजिक पनि काम गरेका छन् तर उहाँहरूको नियत सबै व्यवसायी ठगी हुन्छन् भन्ने जस्तो गरी अनुगमनमा आउनुभएको रहेछ । बन्दाबन्दीले व्यवसायी पसल सञ्चालन गर्न नपाएको अवस्थामा म्याद गुज्रिएका सामग्री अलग कसरी गर्न सक्छन् ?

उहाँले त्यस्तो बाध्यतालाई बुझिदिनु पर्ने हो । उहाँहरूले प्रहरी पनि हामी, प्रशासन पनि हामी, अदालत पनि हामी भन्ने जुन किसिमले आउनुभयो । त्यो देखेपछि मैले उहाँहरूसँग केही सोधपुछ गरेको थिए ।

सोधपुछमा उहाँहरूले फरक–फरक जवाफ दिनुभयो । बन्दाबन्दीको अवस्थामा व्यवसायीले पसल खोल्न नसकिरहेको अवस्थामा पनि उहाँँहरू आएपछि पसलको सटर खुल्ला गराउनुभएको छ । त्यसपछि उहाँहरूले व्यवसायीको बाध्यतालाई बुझ्न सक्नुभएन् ।

तीन महिना बन्दाबन्दी भएपछि व्यवसायीले म्याद गुजे्रेका सामान अलग बनाउन नसकिरहेको अवस्थामा उहाँहरूले राजनीतिक आस्थाको आधारमा पसल अनुगमन गर्नुभएको छ । अहिले तत्कालको आवश्यकता भनेको खाद्य पसलमा अनुगमन गर्ने हो तर उहाँहरूले त्यता भन्दा पनि हार्डवयरको सामान अनुगमन गर्नुभएको छ ।

हामीले बरू खरिद तथा बिक्री बिल चेक गर्नुस्, कुनै पनि सामानको खरिद मूल्यभन्दा २० प्रतिशत नाफाभन्दा बढी खाएर बिक्री गरिएको छ भने त्यस्तो व्यवसायीलाई कारवाही गर्नुस् भनेका छौँ । तर उहाँले बिलभन्दा सामानमा बढी ध्यान दिनुभयो ।

अनुगमन गर्न उहाँहरूको अधिकार हो । तर सँगसँगै कतव्र्यलाई पनि भूल्न हुँदैन् । सरकारलाई हामीले पनि कर तिरेका छौँ । सबै व्यवसायी चोर, ठगी हुन्छन् भन्ने मानसिकताले गर्दा उहाँहरूमा त्यस्तो किसिमको अनुगमन भएको पाइएको छ ।

हामीले तिरेको करबाट उहाँहरूको तलव आउने हो तर व्यवसायीलाई सबै ठग हुन्छन् भन्ने जस्तो सोंच भएको पायौँ । कुनै पनि व्यवसायीले ठगी गर्छ भने सजायको भागीदार हुनुपर्छ, अनुगमनलाई प्रभावित पार्नु हुँदैन् । हामीले रोकेका पनि छैनौँ । म उद्योगी, व्यवसायीको नेतृत्व गरेका कारण पनि सबै व्यवसायीका समस्यालाई उत्तिकै रूपमा हेर्नुपर्छ ।

समस्यालाई झन् तन्काउने भन्दा पनि समाधान गर्नतिर लाग्नुको साटो उहाँहरूले विभिन्न किसिमको आरोप पनि लगाउनुभएको रहेछ । बजारमा कालोबजारी हुन नदिनका लागि अनुगमनमात्रै ठूलो कुरा होइन् । अनुगमनमात्रै भन्दा पनि उद्योगी, व्यवसायी,

उपभोक्ताको सचेतना कार्यक्रम पनि ल्याउनुपर्छ । उहाँहरूले खै सचेतना कार्यक्रम ल्याएको ? समय–समयममा सचेतना कार्यक्रम ल्याउन सकियो भने धेरै व्यवसायी सचेत बन्नु हुने थियो । जसले गर्दा पनि यस्ता किसिमका समस्या समाधान गर्न सहज हुने देखिन्छ । तर उहाँहरूले अनुगमनलाई मात्रै प्राथमिकता दिनुभएको जस्तो लग्यो ।

व्यवसायीका समस्या, पिर, मर्कालाई पनि उहाँहरूले बुझ्न सक्नुपर्छ । यस्तो समस्या परेको समयमा झन् पीडा थप्ने काम भएको छ । अनुगमनलाई हामी पनि सहयोग गछौँ, तर अहिलेको आवश्यकता के हो ? भन्ने बुझ्न नसक्दा समस्या भएको हो ।

सरकारलाई व्यवसायीले विभिन्न किसिमका सहयोग गरेका छन् । स्वयं उहाँहरूले लिने तलब, भत्ता पनि हामीले तिरेको करबाट आउने हो । त्यतिमात्रै नभएर विभिन्न विपत्तिमा व्यवसायले सहयोग पनि गरिरहेका छन् तर व्यवसायी सबै चोर,

ठग हुन्छ भन्ने ध्येयका साथ गरिएको अनुगमन हामीले स्विकार्न सक्दैनौँ । अनि अर्कोकुरा मिडियामा आएका विभिन्न कुरासँग पनि हाम्रो असहमति छ । हामीले उहाँहरूलाई अवरोध गरेका छैनौँ ।


जिम्मेवार निकायबाट रोक्ने प्रयास


लकडाउन अर्थात् बन्दाबन्दीकै बीचमा पनि बजार अनुमगनलाई निरन्तरता दिएको समयमा अवरोध भएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले म सहितका प्रतिनिधिलाई लिएर बजार अनुगमनमा गएका थियौं । बजार अनुगमन हुँदै गर्दा तुलसीपुरका पेन्ट पसलमा पुगेका थियौँ । पेन्ट पसलमा म्याद गुज्रिएका सामग्री अलि धेरै भेटिन थाले ।

हामीले बन्दाबन्दीको पनि विभिन्न किसिमका कालोबजारी हुन सक्छन् भनेर अनुगमनमा निस्किएका थियौं । सोही क्रममा पेन्ट पसलमा धेरै पेन्ट म्याद गुज्रिएका पायौं । हामीले म्याद गुज्रिएका पेन्ट भेटिसकेपछि सायद वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र शाहलाई फोन गयो होला ।

त्यसपछि वडा अध्यक्षज्यूले उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतलाई फोन गरेर अनुगमनलाई रोक्न निर्देशन दिनुभयो । उहाँले अनुगमन टोलीलाई विभिन्न आरोप लगाउनुभएछ । वडा कार्यालयको अनुमतिबिना अनुमगन किन गरेको र खाद्य पसल छोडेर किन पेन्ट पसलमा अनुगमनलगायतका कुरा आएपछि विवाद भयो ।

अनुगमन भनेर पूर्वसूचना दिएर गरिदैन् । फेरी वडा अध्यक्षलाई जानकारी गराउन नखोजेको पनि होइन् । उहाँलाई बारम्बार फोन गर्दा फोन नउठेपछि सुरेश श्रेष्ठलाई फोन गर्नु पनि भएको थियो । पछि विभिन्न आरोप हामीमाथि लगाइएको छ । विषेशगरी यिनीहरूले पैसा लिएर अनुगमन गरेका छन् भन्ने उहाँहरूको आरोपप्रति हामी ध्यानाकर्षण भएको छ ।

प्रजातान्त्रिक उद्योग वाणिज्य संघले पनि विज्ञप्ति नै निकालेको रहेछ । त्यसपछि मैले ति कुरालाई खण्डन गर्दै विज्ञप्ति निकालेको थिए । बजार अनुगमन रोकिएपछि विभिन्न पक्ष विपक्षका टिकाटिप्पणी भएका छन् । सायद उहाँहरू निकट व्यवसायीको पसलमा धेरै म्याद गुजे्रेका सामग्री भेटिएपछि यस्तो किसिमको समस्या हो जस्तो लाग्छ ।

लकडाउन तीन महिना भएका कारण पनि म्याद गुज्रिएको सम्बन्धित व्यवसायीले बताए पनि पसलमा भने तीन महिनाभन्दा अघिका सामग्रीहरू पनि रहेका थिए । त्यसकारण पनि हामीले अनुमगन झनै कडाई गर्दै गएका थियौँ, अनि रोकियो ।

हामीमाथि विभिन्न आरोप लगाइएको छ । ति कुरा जुन खेदपूर्ण छन् । त्यस्तो कुराले हाम्रो सबै टिमलाई गम्भीर चोट पुगेको छ । बजार अनुगमन गर्दा किन २४ घण्टा अगाडी जानकारी दिइएन भन्ने कुराहरू हाम्रा लागि त्यति सान्दर्भिक छैनन् । हामीमाथि लगाइएका आरोपका कारण उहाँहरूले क्षमायाचना गर्नुपर्छ भन्ने हो, त्यसो पनि हुन सकेन् ।

जसले गर्दा काम गरिरहेका कर्मचारी, हामी सम्पूर्ण टिमलाई त्यसले गर्दा पनि बाधाअर्चन भएको छ । गल्ती गर्ने तर गल्तीको क्षमायाचना नगर्दा अहिले अनुगमनका कामहरू हुन सकिरहेका छैनन् । समस्यालाई समाधान गर्नुको साटो झन् बल्झाउने प्रयास गरियो । अहिले अनुगमनका काम रोकिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here