- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरदूधमा गुणस्तर खोज्दै सरोकारवाला

दूधमा गुणस्तर खोज्दै सरोकारवाला

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ असार । उपभोक्ताहरूले प्रयोग गर्ने दूग्धजन्य पदार्धको मापदण्ड अनुसारको गुणस्तर कायम हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजनामा सोमबार भएको सरोकारवालाहरूबीचको छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कच्चा दूधमा विचौलियाको बिगबिगी हुँदा वास्तविक किसान मारमा परेको भन्दै किसान र व्यवसायीको सम्पर्क हुन सकेका किसानले उचित मूल्यसमेत पाउने बताएका थिए ।
दूध किसानहरूले मूल्य बढाउन खोज्ने तर गुणस्तर मूल्यअनुसार नभइरहेका बेलामा गुणस्तर पनि तोके अनुसारकै हुन आवश्यक रहेको उनीहरूको तर्क थियो । सो अवसरमा कच्चा दूधको गुणस्तर र मूल्य नेपाल सरकारले तोकेको भन्दा कम नहुने गरी कायम गर्ने निर्णय गरिएको छ ।
पशु सेवा शाखा तुलसीपुरले आयोजना गरेको दूग्ध ब्यवसायको अनुगमन तथा दूग्धजन्य पदार्थको मूल्य समायोजनका विषयमा गरिएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । त्यसैगरी कच्चा दूधबाहेक सम्पूर्ण दूग्ध एवं दूग्धजन्य पदार्थको बजार मूल्य बजारले वा व्यवसायीले गर्ने निर्णय भएको छ ।
तुलसीपुर उपमहागनरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको छलफलमा नेपाल डेरी संघ एसोसिएसनका केन्द्रीय सचिव रेशम बहादुर खड्का, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका शुक्रराज भण्डारी,
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जारा, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसी तुलसीपुर उपमहागनरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, उपमहानगर पालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत, उपभोक्ता संरक्षण मञ्च दाङका अध्यक्ष केशव कुमार शर्मालगायतले धारणा राखेका थिए ।
उनीहरूले गुणस्तर अनुसार किसानले मूल्य पाउनुपर्ने भन्दै मूल्यको प्रमुख आधार गुणस्तर हुनुपर्ने बताए । केही किसानहरूले मूल्य वृद्धिको माग गरेर नगरमा पत्र पठाएपछि सरोकारवालाबीच यस विषयमा छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण पशु चिकित्सक सुवास आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here