- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलसुन खेतीमा किसानको आकर्षण

लसुन खेतीमा किसानको आकर्षण

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), २ असार । रूकुम पश्चिमका कृषकहरूले १ सय ४० क्विन्टल लसुन उत्पादन गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं १० का कृषकहरूले लसुन उत्पादन गरेका हुन् । झ्याङ, चौर, गलमपाटी, चुन क्षेत्रका किसानहरूले वर्षेनी लसुन खेती गर्दै आएका छन् ।
उत्पादित लसुन सल्यानसहित विभिन्न जिल्लामा निर्यात हुने गरेको किसानहरूको भनाइ छ । उत्पादन गरिएको १ सय ६ क्विन्टल लसुन निर्यात हुँदा १३ लाख रूपैयाँ बराबरको कारोबार हुने वडा नं १० का वडा सदस्य धनबहादुर खड्काले जानकारी दिए । उनले यसबाट किसानले २० हजारदेखि १ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
वडा कार्यालयको पहलमा ३ लाख ५० हजार मूल्य बराबरको करिब ३४ क्विन्टल लसुन बीउका लागि गाउँकै गोदाममा राखिएको वडा सदस्य खड्काले बताए । गत वर्ष प्रतिकेजी ८० रूपैयाँमा लसुन बिक्री गर्दै आएको भएपनि यस वर्ष प्रतिकेजी १ सय रूपैयाँमा लसुन बिक्री गर्दै आएको उनले जानकारी दिए ।
यसैबीच गाउँमा उत्पादन भएको लसुनले मूल्य पाएपछि किसानहरू खुसी भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानहरूको दाबी छ । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरू गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुन खेतीमा आकर्षित भएको कृषक किरण खड्काले बताए ।
‘उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ’ उनले उनले– ‘गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।’ उनले एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको बताए ।
यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । यसका लागि दुई हजार २ सय किलो लसुनको बीउ वितरण गर्नुका साथै उत्पादित लसुनको बजारीकरणलाई समेत व्यवस्थापन गर्दै आएको वडा अध्यक्ष गोप्यश्वर केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here