- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरस्पष्टिकरणमा ध्यानाकर्षण

स्पष्टिकरणमा ध्यानाकर्षण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ असार । प्रदेश टुडे राष्ट्रिय दैनिकमा जेठ ३१ गते प्रकाशित ‘कोषाध्यक्षलाई स्पष्टीकरण’ भन्ने शीर्षकको समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष सिताराम शर्मा आचार्यले जनाएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन ।
‘संस्थाको कार्यसमितिको बैठक बसी मलाई संस्थाको हित विपरीत कार्य गरेको भनि स्पष्टिकरण सोधेको भन्ने विषय सार्वजनिक भएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘बाटो निर्माणको समयमा बिग्रिएको पाइपलाइन राम्री, छरछहरे, चिसापानी बाख्रे, धैरेनी,
मुहानबाट तुलसीपुरबासीलाई उपलब्ध गराउने खानेपानीको पाइप उपलब्ध गर्ने गरी अध्यक्षज्यूको सल्लाह अनुसार र अध्यक्षको मौखिक आदेश भएकाले, उपमहानगरमा पाइपको लागि सम्झौता भएको हो ।
अध्यक्ष खेमराज वलीबाट संस्थाका सचिव, एकजना सदस्य र म कोषाध्यक्षलाई जानकारी नै नदिई के कति कारणले चालु बैठक पुस्तिका प्रयोग नगरी नयाँ बैठक पुस्तिका प्रयोग गरी बैठक बसाली,
यो कार्यसमितिको कार्यकाल अन्तको अवस्थामा बैठक बसाली मलाई स्पष्टिकरण सोधी मेरो चरित्र हत्या गर्न खोजिएकोमा आश्चर्य चकित छु । निर्वाचनको नजिकमा चुनावी माहोललाई प्रभाव पार्ने गरिएको यस्तो कार्यप्रति मेरो खेदप्रकट छ, विज्ञप्तिमा उल्लेख छ ।
मेरो तर्फबाट गरिएको पाइप उपलब्ध गर्ने सम्झौता कुन उद्देश्यका साथ सम्झौता रद्द गर्न संस्थाका उपाध्यक्ष गिरिधारी प्रसाद पौडेललाई पठाउनुभएको हो । सम्झौता क्यान्सिल गर्दा संस्थालाई हित भयो वा अहित भयो यसबारेमा आम खानेपानी उपभोक्ताज्यूहरुले सत्यतथ्य खोजी दिन आग्रह गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here