- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरस्वास्थ्य सामग्री वितरण

स्वास्थ्य सामग्री वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
लमही, २ असार । कोरोना–भाइरसको महामारीलाई मध्यनजर गर्दै दाङका विभिन्न गाउँपालिकाहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । क्रियटिङ पोसिब्लिटिज नेपालले जिल्लामा रहेका गाउँपालिकाहरूलाई दोस्रो चरणको स्वास्थ्य सामग्री सहयोग वितरण गरेको हो ।
पोसिब्लिटिज नेपालले क्वारेन्टाइन ब्यवस्थापनका लागि गढवा, राजपुर र राप्ती गाउँपालिकामा उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो  । संस्थाले राजपुर गाउँपालिकाकालाई पिपिइ १५ थान, ३ सय ५० थान केएन ९५ मास्क, ८ सय थान सर्जिकल मास्क, डिजिटल थर्मोमिटर ५० थान, ब्याक स्प्रे १ थान, ६५ लिटर सेनिटाइजर र १ आइआर थर्मोमिटर प्रदान गरेको छ ।
यस्तै गढवा गाउँपालिकालाई १८ थान पिपिइ, ४ सय ५० थान केएन ९५, ८ सय सर्जिकल मास्क, ६० थर्मोमिटर, १ वटा ब्याक स्प्रे र ७५ लिटर सेनिटाइजर प्रदान गरिएको छ ।
राप्ती गाउँपालिकालाई २२ थान पिपिई, ५ सय थान केएन ९५ मास्क, ८ सय थान सर्जिकल मास्क, डिजिटल थर्मोमिटर ७०, ब्याक स्प्रे १, सेनिटाइजर ८५ लिटर र आइआर थर्मोमिटर १ थान उपलव्ध गराईएको पोसिब्लिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।
कोरोनाभाइरस नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्य सामग्रीहरू अत्यावश्यक हुने भन्दै सक्दो सहयोग गरेको उनले बताए । सामग्री वितरण कार्यक्रममा संस्थाका महासचिव मन्द्रशेखर बद्योपाध्याय, यातायात ब्यवस्था विभागका निर्देशक तीर्थराज खनाल,
सिपी नेपालका महिला संयोजक सरीता चौधरी, विद्यार्थी संयोजक दीपा चौधरी, सम्बन्धित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here