- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरअनुमतिविना चोकको नाम र प्रतिमा राख्न नदिइने

अनुमतिविना चोकको नाम र प्रतिमा राख्न नदिइने

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ असार । घोराही उपमहानगरपालिकाले नगरको अनुमतिबिना चोकको नामाकरण र प्रतिमा राख्न नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले संस्था र व्यक्तिहरूले आफूखुशी चोकको नामाकरण गर्ने र प्रतिमा राख्न थालेको भन्दै त्यस्ता कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।
घोराही–१५ स्थित तुलसीपुर चोकले चिनिदै आएको क्षेत्रलाई नगरले घोराही चोक नामाकरण गर्ने र घोडाको प्रतिमा राख्ने गरेको निर्णय गरेको थियो । तर साहित्यीक संस्था र टोल विकास संस्थाले भानुचोक नामाकरण गर्दै फोटोसमेत टाँसेपछि उपमहानगरले यस विषयमा चासो दिएको हो ।
उपमहागरले कार्यपालिकाको बैठकले नगरको अनुमतिविना कुनै पनि चोकको नामाकरण र प्रतिमा राख्ने कार्य अघि बढ्न नदिने निर्णय गरेको छ । नगरको अनुमति बेगर गरिएका नामाकरण र राखिएका प्रतिमाहरूलाई तत्काल अवैध घोषित गरी बनाइएको संरचना भत्काउने निर्णय गरेको हो ।
यसैबीच नगरभित्र विभिन्न टोल विकास संस्थाहरूले नगरको अनुमतिविना स्वागतद्वार निर्माण गरेको भन्दै अब उक्त कार्यलाई पनि नगरको अनिवार्य अनुमति चाहिने निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here