- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर१६५ पिसीआर रिपोर्ट नेगेटिभे

१६५ पिसीआर रिपोर्ट नेगेटिभे

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २ असार । सल्यानको छत्रेश्वरी गाउँपालिकाका १ सय ६५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा बसेकाहरूका पिसीआर रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।
पिसीआर परिक्षणका लागि भरतपुर अस्पताल चितवन पठाइएका १ सय ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । भारतलगायत अन्य मुलुकबाट गाउँपालिका भित्रिएका नागरिकहरूलाई १४ देखि २५ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको छ । स्वास्थ्य जाँच गरी पिसीआर रिपोर्ट नेगेटिभ देखिएका उनीहरूलाई घर पठाइएको अध्यक्ष केसीले बताए ।
अहिले गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट आएका ६ जना नागरिहरूको रहेका छन् । अध्यक्ष केसीले घर गईसकेपछि पनि स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबै नागरिकहरूलाई आग्रह गरेका छन् ।

११ जना डिस्चार्ज

सल्यानका ११ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतमा उपचारपछि उनीहरूलाई सोमबार डिस्चार्ज गरिएको हो । उनीहरूको पछिल्लो पीसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । उनीहरू १७ देखि ४४ वर्ष उमेर समूहका पुरूष रहेका छन् ।
डिस्चार्ज भएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । गत जेठ १७ गते सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एकै पटक देखिएका मध्येका सोमबार ११ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।
यसअघि थप दुईजनाले कोरोना जितेर घर फर्किसकेका छन् । यससँगै सल्यानमा कोरोना भाइरसबाट ठिक हुनेको संख्या १३ पुगेको छ ।
सल्यानमा १ सय ३६ जना कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय सल्यानका अनुसार ३ हजार ५ सय ८३ को स्वाव संकलन गरिएकोमा १ हजार २ सय ९३ जनाको नेगेटिभ आएको छ भने २ हजार १ सय ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here