- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरदुव्र्यवहारविरूद्धको दिवस

दुव्र्यवहारविरूद्धको दिवस

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ असार । बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरले दुव्र्यवहारविरूद्धको दिवस मनाएको छ । समाजले सोमबार तुलसीपुरमा जेष्ठ नागरिकमाथि दुव्र्यवहारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता एवं निवृत्त राष्ट्रसेवक समाज तुलसीपुरका अध्यक्ष जयपृथ्वी बहादुर शाहको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो ।
कार्यक्रममा सहभागीहरूले पछिल्लो समय नयाँ पुस्ताले जेष्ठ नागरिकहरू अपहेलना गर्ने गरेको भन्दै दुखेसो गरे । उनीहरूले समाजमा जेष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण फरक भएको बताए । समाजको विकास र स्तरोन्नतिका लागि जेष्ठ नागरिकहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा देवा डाँगी, जीवा जिसी, राधेश्याम उपाध्याय, झग्गु प्रसाद गौतमलगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष बसन्त कुमार खड्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव राधेश्याम उपाध्यायले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here