- Advertisement -spot_img
Thursday, June 17, 2021
HomeUncategorizedमहिला जेसीजको रक्तदान

महिला जेसीजको रक्तदान

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २ असार । दाङ महिला जेसीजले रक्तदान कार्यक्रम गरेको छ । रक्तदाता दिवसको अवसर पारेर महिला जेसीजले कार्यक्रम गरेको हो । ‘मानवताको सेवा नै सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुलमन्त्रलाई आत्मसात गर्दै रक्तदान नै जीवनदान हो भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेका हौं’ दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसालले भनिन् ।
कार्यक्रममा महिला जेसीजका ममता विष्ट, सुशीला पौडेल, विष्णुप्रसाद अधिकारी, मधुसुदन पाण्डे, देवका खनाल, किरण थापा, महेन्द्र आचार्यलगायतले रक्तदान गरेका थिए । दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसालको अध्यक्षता एवं ब्लड बैंक घोराहीका प्रमुख दिलीप खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा दाङ महिला जेसीजका पूर्वअध्यक्ष सुशीला पौडेल, पत्रकार नविन अविलाषीलगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए । उपाध्यक्ष सिन्धु रिजालको स्वागत मनतव्यबाट सुरू भएको कार्यक्रममा कानुनी सल्लाहकार ममता विष्टले आस्था पाठ गराएकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here