- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsस्वास्थ्यलाई प्राथमिकता

स्वास्थ्यलाई प्राथमिकता

- Advertisement -spot_img

घोराहीको नीति तथा कार्यक्रम …

सपना बोहरा
घोराही, १ असार । घोराही उपमहानगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतमा राखेको छ । घोराही उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेको हो ।

विगतको वर्षमा नीति तथा कार्यक्रममा पूर्वाधारका कार्यक्रमहरुलाई प्रथामिकतामा राखिन्थ्यो । तर आगामी वर्षमा भने स्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिने भएको छ ।

आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए । कोभिड–१९ को व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सवलीकरण, कृषि तथा पशु विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको वताए ।

‘मानव स्वास्थ्यमा देखिएको अहिलेको यो महामारीको असर न्यून गर्नको लागि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ’ आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख चौधरीले भने ‘अहिलेको आवश्यकता पनि यहि हो ।’

कोभिड–१९ ले स्वास्थ्य र शिक्षाको महत्वपूर्ण पाठ सिकाएको बताए । ‘पहिलो कुरा स्वास्थ्य र शिक्षा हो’ उनले भने ‘त्यसपछि अन्य विषयगतका कुरा आउँछन् ।’ नयाँ कुनै पूर्वाधारका कार्यक्रमहरु आगामी वर्षको लागि नराखेपनि अत्यावश्यक परेको खण्डमा थप्न सकिने उनले बताए ।

‘अत्यावश्यक बाहेकका नयाँ आयोजना थप्ने र कार्यान्वयनमा रहेका तथा अधूरा आयोजनालाई सम्पन्न गर्ने गरी बजेट परिचालन गरिने छ’ पूर्वाधारको बारेमा जानकारी गराउँदै कार्यक्रममा भने ।

कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गर्न स्वास्थ्य उपकरण तथा औषधी आपूर्तिको उचित व्यवस्था मिलाईने उनले बताए ।

क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य परिक्षण तथा थप आइसोलेसन वार्डको स्थापना गरी उपचारको समूचित प्रबन्ध मिलाइने जानकारी गराए । कार्यक्रममा शैक्षिक क्रियाकलापलाई नियमितता दिने बताए ।

त्यसैगरी व्यवस्थापन श्रम बैंक तथा भूमि बैंक स्थापनामार्फत रोजगारी सिर्जना र आयोजना बैंक तयार गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको नगर प्रमुख चौधरीले बताएका थिए । घोराहीमा उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना गरिने उनले बताए । यि बाहेकका अन्य कार्यक्रमहरु भने पुरानो नै रहेको र आगामी वर्षमा पनि निरन्तरता दिईने छ  ।

उपमहानगरबासी विशेषगरेर सिकलसेल एनिमिया र प्रसूति सेवाका बिरामीहरुका लागि रगत निःशुल्क प्रदान गर्न नगर प्रमुख रक्तसञ्चार सेवालाई निरन्तरता दिइनेछ । त्यसैगरी कृषि उत्पादन बृद्धि गर्न सबै कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउन विशेष प्राथमिकता दिइने छ ।

नीति तथा कार्यक्रममा कृषि सिंचाईका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण, डिप बोरिङ निर्माण, स्यालो ट्युबवेल, लिफ्ट सिंचाई निर्माण, साना तथा थोपा सिंचाईलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

त्यसैगरी पशुपंक्षी व्यवसाय अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिईने भएको छ । त्यसैगरी एक वडा एक प्राविधिक विद्यालय स्थापना गर्ने नीतिलाई पनि निरन्तरता दिईने उनले नगर प्रमुख चौधरीले बताए । बालबालिकाहरुको चौतर्फी विकासको लागि एक बाल विद्यालय एक बालविकास केन्द्रको अवधारणा अनुरुप अगाडि बढाइने बताए ।

भवन संहिता विपरीत भवन निर्माण गर्ने घरधनीलाई नगरबाट उपलब्ध गरिने सेवा सुविधाबाट बञ्चित गरिनुका साथै भवन आचारसंहिता पालना गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने उनले बताए ।

त्यसैगरी पूर्ण सरसफाई अभियान सफल पार्न स्वच्छता वडा घोषणा गर्ने टोल तथा वडाहरुलाई पुरस्कृत गरिनेछ । त्यसैगरी छिटो न्यायको सिद्धान्तअनुसार मुद्दाहरु यथाशक्य छिटो टुंग्याउने नीति लिई प्रभावकारी न्यायको प्रत्याभूति गरिने उनले बताए ।

न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता लगायतको क्षमता विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने कार्यक्रमहरु रहेका छन् ।

त्यसैगरी राजस्वलाई प्रभावकारी परिचालन गर्नको लागि राजस्वको दायरा बढाउने र नयाँ क्षेत्रको पहिचान गर्ने र भईरहेको स्रोतबाट गुणात्मक राजस्व परिचालन गरिनेछ  ।

पेशा, व्यवसाय कर लिदा एउटा फर्मबाट फरक–फरक प्रकृतिका व्यवसाय करको दरले हुन आउने रकम संकलन गरिने नगर प्रमुख चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here