- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरआजदेखि सबै कार्यालय खुल्ने

आजदेखि सबै कार्यालय खुल्ने

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १ असार । लकडाउनका कारण बन्द भएका सबै संघसंस्थाहरु आजदेखि खुल्ने भएका छन् । गृह मन्त्रालयले असार १ गतेदेखि सबै सरकारी, गैरसरकारी एवं बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएसँगै दाङसहित देशैभरका संघसंस्थाहरु सोमबारदेखि खुल्ने भएका हुन् ।
मन्त्रालयले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सबै सरकारी कार्यालयसहित शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि सुरक्षा सतर्कता अपनाउँदै सबै कार्यालयहरुले सेवा प्रवाह गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।
जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट बच्ने उपायहरुको अबलम्वन गर्दै कार्यालय एवं संस्थाहरु खोलेर सेवा दिन आग्रह गरेको उनले बताए ।
जारी विज्ञप्तिमार्फत सेवा प्रवाह गर्दा भौतिक दूरी कायम गर्ने, साबुन पानीले पटक–पटक हात धुने, अनिवार्य मास्क लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्नसमेत अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here