- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरबुढाथोकीको शोकसभा

बुढाथोकीको शोकसभा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर १ असार । नेपाली कांग्रेसका पुराना नेता तुलसीपुर–११ निवासी तर्क बहादुर बुढाथोकीको निधनको पुण्यतिथिमा नेपाली कांग्रेस तुलसीपुर–११ नम्बर वडा इकाई समितिले शोकसभा गरेको छ ।
इकाई सभापति बोधिलाल भण्डारीको सभापतित्व तथा कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको शोकसभाका वक्ताहरुले स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेस पार्टी र समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
शोकसभामा नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, कांग्रेस सल्यानका पूर्वसभापति ध्रुब पुरी, नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत बहादुर खड्का,
कांग्रेस महासमिति सदस्य केशवराज आचार्य, क्षेत्र नम्बर ३ ‘ख’ का सभापति खिम बहादुर वली, तुलसीपुर ११ नम्बर वडा अध्यक्ष चित्र बहादुर वली, कांग्रेस नेता एकराज आचार्य,
साबिक उरहरीका पूर्व सभापति अर्जुन बहादुर केसी, राप्रपाका नेता रत्नलाल भण्डारी, समाजसेवी तथा सञ्चार उद्यमी गोपाल प्रसाद रावत लगायतले जिम्वालको परिचय बनाएका स्वर्गीय बुढाथोकीको योगदान सम्झिन लायक रहेको बताएका थिए ।
वडा इकाई सचिव धन बहादुर केसीले स्वागत गरेको कार्यक्रममा घरपरिवारको तर्फबाट स्वर्गीय बुढाथोकीका छोरा गजेन्द्र बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिव वीरबहादुर बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here