- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसवारी दुर्घटनामा परी मृत्यु

सवारी दुर्घटनामा परी मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १ असार । सवारी दुर्घटनामा परी दाङमा एकजनाको मृत्यु भएको छ । शनिबार राति दाङको बंगलाचुलीबाट प्यूठान अरुङखोलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी वंगलाचुली गाउँपालिका वडा नं ७ हाँसीपुरका २७ वर्षिय रामबहादुर बुढाको मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्याक्टर सहचालक स्वर्गद्वारी नगरपालिका वडा नं ९ सिम्ले निवासी १८ वर्षका भेषराज घर्तीमगर, ट्याक्टरमा सवार बगंलाचुली गाउँपालिका वडा नं १ बाह्रबिसे निवासी ३२ वर्षीय ईश्वर जिसी रहेका छन् ।
बिजुलीको पोल बोकेर जाँदै गरेको रा १ त २७७५ को ट्याक्टर दुर्घटना भई सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका चालक बुढाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रदेश प्रवक्ता राजकुमार वैद्यवारले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
यसैबीच दाङमा ट्रकको ठक्करबाट एकजना व्यक्ति घाईते भएका छन् । घोराही–३ मनकामना पेट्रोलपम्प नजिकै ट्रकले ठक्कर दिदा अन्दाजी ३६ वर्षका व्यक्ति घाइते भएको ५ नं प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमहीदेखि घोराहीतर्फ जाँदै गरेको ना ५ ख ९७८० नम्बरको ट्रकले उनलाई ठक्कर दिदा उनको दुबै खुट्टामा चोट लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here