- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरविपन्न परिवालाई बोका वितरण

विपन्न परिवालाई बोका वितरण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १ असार । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत घोराही १८ का अति विपन्न घर परिवारलाई उन्नत जातका बोयर बोका वितरण गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको दुई समूहलाई बोका वितरण गरिएको हो । वडा अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा सरस्वती समूह र महालक्ष्मी समूहका १३ जना सदस्यलाई एक/एक वटा बोयर बोका वितरण गरिएको कार्यक्रमका सामाजिक परिचालक भिमा सुुवेदीले जानकारी दिइन् ।
समूहमा आवद्ध रहेका अति विपन्न परिवारलाई छनोट गरेर व्यवसायीक बाख्रापालनमा जोड दिने उद्देश्यले बोकाहरु वितरण गरिएको हो ।
यसैबीच समूहमा आवद्ध भएर सल्यानका किसानले बाख्रापालन ब्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । गत साउनदेखि जागृति मिश्रित बाख्रापालन समिति कपुरकोट–३ का किसानहरुले २५ लाखभन्दा बढी आम्दानी गरेका छन् ।
जागृति मिश्रित बाख्रापालन समितिका अध्यक्ष तारा सिंह खड्काले आफ्नो समितिअन्तर्गत पाँचवटा समूहहरु रहेको बताउँदै यसवर्ष समूहका सदस्यहरुले खसी, बोका बिक्रीबाट २५ लाख बढी आम्दानी लिएको जानकारी दिए । २०७३ सालमा गठन भएको समितिमा हाल ६० जना सदस्यहरु आवद्ध छन् ।
फागुनदेखि यता समूहका किसानहरुले ९२ वटा खसी बिक्री गरेको र यसबाट १३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएको समितिका सामाजिक परिचालक बालिका सेनले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here