- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsप्रतिष्ठामा थपियो पिसिआर मेसिन

प्रतिष्ठामा थपियो पिसिआर मेसिन

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३१ जेठ । कोरोना परिक्षणका लागि स्वावले पालो पर्खन थालेपछि दाङमा पिसिआर मेसिन थप हुन लागेको छ । कोरोना जाँच गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईवटा पिसिआर मेसिन जडान हुन लागेको हो ।
मेसिन थप भएपछि दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म स्वाव परिक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अहिले दैनिक सरदर २ सय ५० स्वाव जाँच हुने गरेकोमा दुईवटा मेसिन थप सञ्चालनमा आएपछि परिक्षणको दायरा बढ्ने भएको हो ।
प्रतिष्ठानमा दाङसहित प्रदेश ५ का बाँके, बर्दिया, कपिलवस्तु, रोल्पा, प्यूठान, नवलपरासी पश्चिम र कर्णाली प्रदेशको सल्यान लगायतका जिल्लाको स्वाव परिक्षणका लागि आउने गरेपछि मेसिन थप गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा.संगीता भण्डारीले बताइन् ।
‘प्रतिष्ठानमा अहिले पनि ४ हजार बढी स्वाव परिक्षणको पालो पर्खिरहेका छन्, दैनिकरूपमा स्वाव थुप्रिदै गएको छ’ उनले भनिन्–‘त्यसैले तत्कालै दुईवटा मेसिन थप्न लागेका छौँ’ ।
प्रतिष्ठानका एउटा मेसिन जडान हुन शुरू भइरहेको उनले बताईन्  । ‘अहिलेकै क्षमताको मेसिन जडान भइरहेको छ, सम्भवतः ४÷५ दिनभित्र उक्त मेसिनबाट पनि जाँच शुरू हुनेछ,
अर्को मेसिन ल्याउने प्रक्रियामै छौँ, त्यो मेसिनबाट पनि एक साताभित्रै जडान हुनेछ ।’ प्रतिष्ठानमा एकैपटक तीनवटा मेसिनबाट दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म स्वाव परिक्षण गर्न सकिने उपकुलपति भण्डारीको भनाई छ ।
‘प्रतिष्ठानमा अब आउन लागेको मेसिनको जाँच गर्ने क्षमता दुईवटा मेसिनको भन्दा दोब्बर क्षमता छ’ उनले भनिन्– ‘तीनवटै मेसिन जडान भएपछि संकलन भएको स्वावको परिक्षण छिट्टै हुनेछ, स्वाव दिएकाको रिपोर्ट कहिले आउने हो भनेर सोधिरहनु हुन्छ, जाँच गर्ने मेसिन एउटै हुँदा गति बढ्न सकेको छैन् ?’
प्रतिष्ठानमा जडान हुन लागेका मेसिनको लागत १ करोडभन्दा बढी रहेको उनले बताइन् । ‘मेसिनलाई मात्रै ३० लाखसम्म पर्छ, मेसिनमात्र भएर भएन्,
त्यसका लागि अन्य व्यवस्थापन पनि चाहिन्छ’ उनले भनिन्– ‘प्रतिष्ठानमा आउन लागेको थप मेसिन पनि संघीय सरकारले नै सहयोग गरेको हो ।’ प्रतिष्ठानमा अहिले दाङको मात्रै ३ हजार ५ सय बढी स्वाव थुप्रिएर बसेको छ ।
‘हामीले गरिरहेका छौँ, तर प्रतिष्ठानमा दैनिक ८ सयभन्दा बढी स्वाव परिक्षणका लागि आउने गरेको छ’ उनले भनिन्– ‘त्यसैले पनि मेसिन बढाउनुको विकल्प रहेन्, मेसिन जडान भएपछि परिक्षणले गति लिने आशा गरौँ ।’
दाङमा एउटामात्रै पिसिआर मेसिन हुँदा एउटा स्वावको रिपोर्ट आउन करिब एकसाता लाग्ने गरेको छ । परिक्षण छिटो नहुँदा क्वारेन्टाइनमा बसेकाहरू पनि थप समस्यामा पर्न थालेका छन् ।
रिपोर्ट ढिलो आउँदा उनीहरूलाई थप मानसिक समस्या पर्न थालेको स्थानीय सरकारले बताएका छन् । समयमै स्वाव परिक्षण नहुँदा उनीहरूलाई खान बस्नको व्यवस्थापनमा पनि थप चुनौती रहेको छ ।
क्वारेन्टाइनमा भारतबाट आउने नागरिक दैनिकरूपमा थपिन थालेपछि र स्वावको रिपोर्ट ढिलो आउन थालेपछि स्थानीय सरकारलाई क्वारेन्टाइन व्यवस्थापनमा थप चुनौती देखिएको छ ।
घोराही उपमहा–नगरपालिमाका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १२ सय स्वावको रिपोर्ट आउन नसकेको घोराही उपमहा–नगरपालिकाका कोभिड–१९ फोकलपर्सन विकेश रेग्मीले बताए । ‘रिपोर्ट नआउँदै होम क्वारेन्टाइनमा पठाउने कुरा भएन’ उनले भने–
‘रिपोर्टमा ढिलाई हुँदा भारतबाट आउने नागरिकले क्वारेन्टाइन भरिन थालेका छन् ।’ तुलसीपुरका व्यक्तिहरूको पनि यस्तै अवस्था छ । शुक्रबारसम्म ३ सय ६४ जनाको रिपोर्ट आउन नसकेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here