- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमानवीय सेवा रक्तदान

मानवीय सेवा रक्तदान

- Advertisement -spot_img

रगत मानिसलाई नभई नहुने अत्यावश्यक तत्व हो । विभिन्न रोगहरूको उपचार तथा शल्यक्रिया गर्दा, महिलाहरू प्रसूति हुँदा तथा सडक दुर्घटना हुँदाका घाइतेको उपचार गर्दा तथा अन्य विभिन्न अवस्थामा रगतको आवश्यकता पर्न सक्दछ ।

कहिलेकाहिँ त तुरून्त रगत नदिएमा बिरामीलाई बचाउन समेत गाह्रो पर्ने हुन्छ । आजसम्म संसारका वैज्ञानिकहरू कृत्रिम रगत बनाउन सफल भएका छैनन् र यसको विकल्प पनि छैन । अतः रगत बिरामी वा घाइतेको जीवन बचाउनको लागि प्रयोग गरिने अत्यन्त महत्वपूर्ण प्राकृतिक बरदान हो । जसको अभावमा बिरामी तुरून्तै मृत्युको कोखमा पुग्न सक्दछ ।

यसरी रक्तसञ्चारको महत्व अत्याधुनिक चिकित्सा प्रणालीको विकासको साथसाथै दिनानुदिन बढ्दै गएको छ । एउटा मानिसले अर्को मानिसको जीवन बचाउनको लागि गरिने रगतको दान नै जीवनदान हो । तसर्थ एउटा रक्तदातालाई आफ्नो रक्तदान गर्नु अगाडि निम्न कुराहरूको ज्ञान हुन आवश्यक छः–

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?

– उमेर १७ वर्ष पूरा भई ६० वर्षसम्मका पुरूष वा महिला ।
– वजन ४५ के.जी.भन्दा माथि ।
– हेमोग्लोविन १२ ग्राम सो भन्दा माथि ।
– ब्लड प्रेसर ११०/७०– १४०/९०
– शारीरिक परिक्षणः मुटु, फोक्सो, कलेजो राम्रो क्रियाशील हुनुपर्छ पुरूषले वर्षको ४ पटक र             महिलाले वर्षको ३ पटक रक्तदान गर्न सकिन्छ ।

रगतको आवश्यक कस्तो–कस्तो अवस्थामा पर्न सक्छ ?

– शल्यक्रिया गर्नुभन्दा अगाडि, शल्यक्रिया गरिरहेको अवस्थामा तथा शल्यक्रिया गरिसकेपछि ।
– दुर्घटना वा चोटपटक लागि बढी रक्तश्राव भएमा ।
– महिलाहरू गर्भवती भई बच्चा जन्माउने अवस्थामा ।
– क्यान्सरका रोगहरूका लागि ।
– रगत सम्बन्धी रोगीहरू हेमोफोलिया, एनिमिया र थालसेमिया रोगबाट पीडित रोगीहरूका लागि ।
– आगो, बिजुली र एसिडबाट पोलिएका बिरामीलाई ।

रक्तदानमा कति समय लाग्छ र हाम्रो शरीरमा रगतको आपूर्ति कसरी हुन्छ ?

रक्तदान गर्दा ५–७ मिनेट लाग्छ । रक्तदान गरेपछि ५–१० मिनेटसम्म बेडमा आराम गर्नुपर्छ र केही तरल पदार्थ पिउन रम्रो मानिन्छ ।

३ घण्टासम्म धुम्रपान, मद्यपान तथा नसालु पदार्थ सेवन नगर्नु उत्तम हुन्छ । रक्तदान गरेपछि हाम्रो शरीरमा साधारण प्रक्रियाले नै स्वतः रगत आपूर्ति भइहाल्छ । त्यस्तो कुनै विशेष ध्यान दिनुपर्ने तथा विशेष खाना खानु पनि आवश्यकता पर्दैन ।

रगतको परिक्षण

रक्तदाताले दान स्वरूप दिएको रगत बिरामीसम्म सुरक्षित रूपमा पु¥याउने अभिभारा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाले लिएको छ । प्रक्रियामा आवश्यक रगत राख्ने थैलो, रगत दिने सेट र परिक्षण गर्ने औषधिहरू रेडक्रस रक्तसञ्चार सेवाले खरिद गर्दछ ।

संकलित रगतमा HBsAg, HCV, VDRL, HIV जस्ता रोगको परिक्षण साथै Blood Grouping हुन्छ र बिरामीलाई दिने अवस्थमा Cross Matching गरिन्छ र रक्तसञ्चारको अवस्था हेरी माथि गरिएको परिक्षणको शुल्क पनि लिने गरिन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’, एच.आइ.भी., भिरङ्गी जस्ता रगत परिक्षण गर्दा रोगहरू भेटाइएमा रगतलाई सुरक्षितसाथ नष्ट गरिन्छ ।

रक्तदानबाट हुने फाइदा

– रक्तसञ्चार केन्द्रले रक्तदाताहरूको स्वास्थ्यको ध्यान राख्दछ । आज आफूले रक्तदान गरेको छ    भने आवश्यक पर्दा आफू र आफ्नो परिवारलाई डोनर कार्डबाट रगत लिन सकिन्छ । आफ्नो          शरीरको केही मात्र तत्वले बिरामीले नयाँ जीवन प्राप्त गर्दछ ।
– रक्तदानबाट हाम्रो शरीरको लौहतत्व समान रूपले राख्न सकिन्छ र स्वास्थ्य दीर्घायु जीवन बाँच्न        सकिन्छ ।

संक्रमित रगत परिक्षण गरी रोग भए नभएको पत्ता लाग्दछ । आफ्नो रगत ग्रुप पत्ता लाग्छ । रक्तदातालाई पनि आफ्नो स्वास्थ्यको जानकारी हुन्छ । स्वस्थ मानिसले रक्तदान गर्नु सामाजिक उत्तरदायत्व पनि हो ।

रक्तदाता महानुभावले कुनै संस्था वा आफै रक्तदान गरे समाजका अशक्त मरण अवस्थामा रहेका बिरामीलाई रगत दिएको हुन्छ । त्यसैले सबभन्दा ठूलो उपलब्धि आत्मसन्तोष नै हो । आफ्नो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै सबैभन्दा ठूलो धर्म सेवा हो ।

यसर्थ मानवता नै रक्तदाताप्रति आभारी रहेको हुन्छ । स्वयम्सेवी रक्तदाता र उहाँको परिवार, आमा, बुवा, लोग्ने, स्वास्नी, छोराछोरीलाई र स्वयम् रक्तदातालाई रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले सक्दो सहयोग गर्ने संघसंस्था तथा स्वयम्सेवी रक्तदाताहरूलाई विभिन्न तरिकाबाट सम्मान गर्ने गर्दछ ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन् ?

भ्याक्सिन लिएको भए एक हप्तासम्म, क्यान्सर, मधुमेह, यौनरोग, न्यून रक्तचाप, रक्तअल्पता, दम, उच्च रक्तचाप, मृगौला रोगी, मुटुको रोगी, हृदय रोग, विषम ज्वरो, एड्स, क्षयरोग, जण्डिस, नियमित औषधि सेवन, असुरक्षित र धेरैजनासम्म यौन कार्यमा संलग्न भएको,

लागूपदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरू, गर्भवती अवस्थाका महिला, महिला भए महिनावारी भइरहेको अवस्थामा (सुरू भएको ८ दिनसम्म) बच्चालाई स्तनपान गराइरहेको महिलाले रक्तदान गर्नु मिल्दैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here