- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमैले अनुगमन रोक्न निर्देशन गरेको छैनः वडा अध्यक्ष

मैले अनुगमन रोक्न निर्देशन गरेको छैनः वडा अध्यक्ष

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३२ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले शुक्रबार गरेको अनुगमनमा अध्यक्षले रोकेको भन्ने आरोपमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले अनुगमन आफूले रोक्न निर्देशन नदिएको समेत बताएका छन् ।
शनिबार एक प्रेस विज्ञप्ति प्रकाशन गरेर अनुगमनका क्रममा आरवी ट्रेडर्स र उपभोक्ता हित संरक्षण शाखा प्रमुख (अनुगमनको संयोजक) रेवा रावतबीच विवाद भएको अवस्थामा त्यसलाई सहजीकरण गरिने उद्देश्यले फोनमा दुबै पक्षसँग कुरा भएको र अनुगमन रोक्न निर्देशन नदिएको उल्लेख गरेका छन् ।
‘वडाको क्षेत्रमा पूर्व सूचना विना गरिएको अनुगमनमा वडा अध्यक्षको हैसियतले चासो लिनु स्वभाविक हो’ शाहले भने, ‘चासो लिनुलाई निर्देशनको संज्ञा दिएर विज्ञप्तिबाजी गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
‘बदनियत पूर्ण तरिकाले मप्रति लगाइएको आरोपले मलाई दुखी बनाएको छ’ विज्ञप्तिमा भनिएको छ । यो अवस्थामा प्राथमिकता र विषयको गम्भीर्यताको आधारमा अनुगमन हुनुपर्ने उनले बताएका छन् ।
उनले अनुगमन हुनुपूर्व कम्तिमा २४ घण्टा पहिले वडालाई जानकारी गराउन र अनुगमन अनुशासित र सभ्य भएर सञ्चालन गर्नसमेत आग्रह गरेका छन् ।
विज्ञप्तिमा अनुगमन सुरू भइसकेपछि भएको खबरले वडा सदस्य सुरेश श्रेष्ठ सहभागी भएर पनि चारवटा पसल अनुगमन गरी अनुगमनको फरमेट परिवर्तन हुँदै गएपछि अनुगमन छोडेर फिर्ता आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here