- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरउपल्लो मुस्ताङ र कोराला नाका

उपल्लो मुस्ताङ र कोराला नाका

- Advertisement -spot_img

गण्डकी प्रदेशमा पर्ने मुस्ताङ जिल्ला हिमालपारीको जिल्ला हो । पवित्र कालीगण्डकीको शिर र हिन्दूको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशी मात्र होइन प्रत्येक वर्ष लाखांैको संख्यामा तीर्थाटनका पर्यटकहरू मुस्ताङ जिल्लाको यात्रा गर्दछन् ।
अहिले मुस्ताङ जिल्ला जानको लागि हवाई उडानको मात्र भर पर्नु पर्दैन । पोखरा–बाग्लुङ हुँदै म्याग्दीको बेनीदेखि कालीगण्डकी करिडोर हँुदै मुस्ताङ पुगिन्छ । पोखराबाट बस चढेपछि नाउडाँडा, लुम्ले,
बिरेठाटी हुँदै मोदीखोलाको किनारको सडकबाट पर्वतको सदरमुकाम कुश्मा बजारको बाटो प्राकृतिक दृष्य, काली र मोदीको नागबेली पानीको वेग, अनि नेपालकै पहिलो पुलको रूपमा निर्माण गरिएको कुश्मा वलेवा जोड्ने कालीगण्डकीको केवुल पुल,
पर्वत र बाग्लुङ जिल्लाका अनगिन्ती ऐतिहासिकस्थल, हरिया डाँडाकाँडा अवलोकन गर्दै म्याग्दी जिल्लाको सदरमुकाम बेनी पुगिन्छ ।
म्याग्दीको सदरमुकाम बेनीबाट ७६ कि.मि.को दूरीमा रहेको जोमसोम जाँदा बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्याङ गाउँ र मुस्ताङ जिल्लाको घाँस, लेते, कोवाङ र मार्फा हुँदै जोमसोम पुगिन्छ ।
मुक्तिनाथ जाने साेंच र उद्देश्य राखेर मुस्ताङ पुग्ने धेरै मानिसहरू मार्फा र जोमसोमको चहल पहललाई नै मुस्ताङ सझिएर मुक्तिनाथको दर्शन गरेर फर्कने गर्दछन् ।
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो । यो समुन्द्रको सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा गोरङ्गा हिमालको फेदीमा रहेको छ ।
मुक्तिनाथ ५१ शक्तिपीठमध्ये एक पीठको रूपमा पूजाआजा स्नान र दर्शन गरिन्छ । बौद्धधर्मअनुसार यसलाई च्यूभीग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बतीय भाषा अनुसार १ सय ८ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णुलगायत देवीलक्ष्मी र गरूड भगवानको मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् ।
मुक्तिनाथ धार्मिकस्थलमा १ सय ८ धाराहरू छन् । ती धाराहरूमा सबै तीर्थाटन पर्यटकहरूले नुवाउँछन् । सबै धाराहरूमा साडेको मुख आकृति रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन् ।
टिवेटन धर्म दर्शनअनुसार गुरू रिन्पो चे ९च्ष्लउयअजभ० टिवेटन बुद्धधर्मका जन्मदाता यही मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका भन्ने जनविश्वास गरेको छ । मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानीको स्रोत नै कालीगण्डकीको मुहान हो ।
कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङ्गा शालिकग्राम पाइन्छ । जुन ढुङ्गालाई हिन्दूधर्ममा भगवान नारायणको साक्षतरूप मानिन्छ । संसारमा मुक्तिनाथ मात्र यस्तो ठाउँ हो जहाँ पञ्चतत्व पाइन्छ । आगो, पानी, पृथ्वी, हावा र मुक्तिनाथको मन्दिरसँगै ज्वालादेवीको मन्दिर छ ।
यहाँको ज्वालामाई परापूर्वकालदेखि अहिलेसम्म निरन्तररूपमा पानी माथि बलिरहेको छ ।
मुक्तिनाथमा कुनै महत्वपूर्ण प्रसाद इच्छा अनुसार चढाइने प्रचलन छ । त्यहाँ पुगेपछि आपूmले खाने गरेको खाद्यपदार्थमध्ये एक चिज छोड्ने प्रचलन छ ।
मुक्तिनाथसँग राजा मुकुन्द सेनको नाम पनि जोडिएको छ । मकवानपुरबाट पश्चिमको मात्रामा देवघाट, नवलपरासीको गैडाकोट हालको मौलाकाली (चारधाम), पाल्पाको राज्य, बाग्लुङको कालिकादेवीको मन्दिर र मुक्तिनाथको धारा र मन्दिरसँग मुकुन्द सेनको नाम इतिहासले जोडेको छ ।
चाहे जे होस मुक्तिनाथ यस्तो धार्मिक एवं पर्यटकीय स्थल हो । जहाँ लाखौ मानिस प्रत्येक वर्ष पुग्ने गर्दछन् । नेपालका हिमनदीहरूमध्ये नेपालकै भूगोल मुस्ताङ जिल्लाको दामोदरकुण्डबाट सुरू भएको नदी कालीगण्डकी हो । जुन नदीको महिमा अन्य नदीभन्दा पृथक रहेको छ ।
मुक्तिनाथ पुगेपछि उपल्लो मुस्ताङ अर्थात् लोमाङन्थाङ पुगेन भने मुस्ताङ जिल्लाको महत्व नै थाहा हँुदैन । उपल्लो मुस्ताङको जनजीवन, धर्म, संस्कृितका बारेमा अध्ययन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केही अर्थ हुँदैनभन्दा पनि हुन्छ ।
त्यतिमात्र होइन धेरै मानिसहरूलाई कालीगण्डकी नदीको उद्गमस्थलनै मुक्तिनाथ हो भन्ने भ्रम पनि छ । कालीगण्डकीको उद्गमस्थल दामोदरकुण्ड हो । जुन स्थल उपल्लो मुस्ताङमा पर्दछ ।
नेपालको नक्सामा स्वशासित तिब्बततिर फैलिएको अर्थात् नक्सा हेर्दा टोपी लगाएको जस्तो देखिने भाग नै मुस्ताङ जिल्लाको उपल्लो क्षेत्र अथवा लोमाङन्थाङ हो । पुरानो संरचनामा उपल्लो मुस्ताङ लोमान्थाङ, सुर्खाङ, चराङ,
घमी, छोन्हुम र छोसेर गाउँ विकास थियो भने यतिखेर नयाँ संरचनाअनुसार दालोमे गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा विभाजन भएको छ । प्राचीन कला संस्कृति, मानवबस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङको विशेषता हो ।
उपल्लो मुस्ताङमा गुम्वा र काचोमाटोबाट निर्माण गरिएको घरहरू देख्न सकिन्छ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमबाट ८३ कि.मि. उत्तर पर्ने लोमान्थाङमा कच्ची मोटरमार्ग पुगेको छ । पानी कम परेको बेला पोखरादेखि नै मोटरबाट लोमान्थाङ पुग्न सकिन्छ ।
लोमान्थाङ क्षेत्र मानवबस्तीको ऐतिहासिक स्थल मानिन्छ । अहिलेसम्मको अध्ययनले लोमान्थाङ तीन हजार वर्ष अगाडिदेखि नै तिब्बतसँग ब्यापार गर्ने नाकाको रूपमा विकास भएको क्षेत्र हो । अन्नपूर्ण हिमशृङ्खलाको पछाडी पर्ने हँुदा लोमान्थाङ क्षेत्रमा पानी कम पर्दछ ।
अहिले पनि मुस्ताङ जिल्लाका लोमान्थाङ क्षेत्रका मानिसहरू घोताङ नाका हुँदै तिब्बतसँग आफ्नो ब्यापार गर्दै आएका छन् । मुस्ताङ जिल्लाको तिब्बतसँग सीमामा पर्ने कोरला नाका समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइमा पर्दछ ।
यो स्थल तिब्बती मैदानी पैठारमा अवस्थित छ । कोरला पासदेखि करिब १२ किलोमिटर वर छोन्हुपको नेचुङमा भन्सार कार्यालय छ । त्योभन्दा करिब २५ किलोमीटर टाढा लोमान्थाङमा सीमा प्रशासन र प्रहरी कार्यालय रहेको छ ।
पोखराबाट जोमसोम हुँदै कोरलापाससम्म पुग्ने सडक निर्माणधीन छ । कोरला नाकादेखि तिब्बततर्फ करिब ३० किलोमिटर ढुंगाबासेनसम्म कच्ची सडक पर्दछ । त्यहाँबाट तिब्बतको विकसित शहर सिगात्सेसम्म करिब ६ सय ५० किलोमीटर पक्की पिच सडक छ ।
कोरलादेखि नेपालतर्फ मुस्ताङसम्म करिब एक सय किलोमीटर सडकको ट्र¥याक खुलेको छ । नवलपरासी जिल्लाको गैंडाकोटबाट निर्माणाधिन कालीगण्डकी करिडोर तिब्बतको सीमाना कोरला ४ सय ३५ किलोमीटरको दूरी रहेको छ ।
निर्माणाधिन यो सडकमध्ये कालीगण्डकी करिडोरको काम दक्षिणतर्फबाट भइरहेको छ । नेपाल–चीनको व्यापारिक सम्भावनाको हिसाबले तातोपानी र केरूङ नाकाभन्दा बढी सम्भावना भएको नाकाका रूपमा मुस्ताङको कोरला नाकालाई लिइन्छ ।
विश्वमा १० उत्कृष्ट स्थलहरूमध्ये नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ । लिटिल टिब्बत भनेर विश्वलाई चिनाई राखेको उपल्लो मुस्ताङमा विदेशीहरूलाई सन १९९२ देखिमात्र भ्रमणको लागि नेपाल सरकारले खुल्ला गरेको हो ।
अहिले उपल्लो मुस्ताङमा नेपालीहरूभन्दा पनि विदेशी पर्यटकहरू धेरै जाने गर्दछन् । दैनिक सयौंको संख्यामा पुग्ने विदेशी पर्यटकहरू लोमान्थाङका ऐतिहासिक स्थलहरूमा रमाउने गरेका छन् ।
लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरबार छ । राजा अम पालले सम्वत् १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार पाँचतलाको विशाल ऐतिहासिक भवन मानिन्छ ।
लोमान्थाङको ऐतिहासिक दरबार, गुम्बा, किल्ला र मानवस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै साँस्कृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार ऐतिहासिक रूपले महत्वपूर्ण मानिन्छ ।
लोमान्थाङ दरबार मुस्ताङ्गी राजवंशको प्रथम राजा आमेपालको पालामा पन्ध्रौ शताब्दीतिर निर्माण भएको हो । यो दरबार १ मिटर चौडाई ६ मिटर अग्लो एल आकारको ८५६ मिटर लामो पर्खालभित्रको परिसरमा रहेको छ । यो पर्खाल पूरै काँचो माटोबाट निर्माण गरिएको हो ।
सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको लोमान्थाङ दरबारको पर्खालमा पाँच कुना र बीच–बीचमा नौ मीटरका अग्ला बुर्जाहरू रहेको छ । लोमान्थाङ दरबारको पूर्वतिर एउटा मात्र प्रवेशको लागि गेट राखिएको छ । यसभित्र रहेका १५औं शताब्दीतिर निर्माण भएका मोन्खर दरबार,
थुप्तेन गुम्बा, छयोदेन गुम्वा, झ्याम्पाल गुम्बाहरू नै लोमान्थाङ् दरबारका आकर्षण ऐतिहासिक सम्पदा हो । स्थानीय भाषामा ‘लो’ को अर्थ हृदय वा मन हो । मानको अर्थ कामना र थाङ्को अर्थ मैदान वा फाँट हुन्छ ।
त्यसैले मुस्ताङगी राजाको प्रभाव जहाँसम्म हुन्छ त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्बा निर्माणको क्रममा पटक–पटक भत्किएपछि गुरू पद्यसम्वाको सल्लाहअनुसार पहिला उपल्लो मुस्ताङको चराङ मराङ भन्ने गाउँमा लोध्याकर गुम्वा निर्माण गरिएको इतिहास छ ।
तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौं शताब्दीमा निर्माण गरिएको विश्वमै पुरानो मानिने गुम्बा, मान्हे र आसपासमा रहेका चैते, प्राचीन कालमा ढुङ्गाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्नको लागि हजारौ विदेशी पर्यटकहरू उपल्लो मुस्ताङ जाने गर्दछन् ।

घोराही–हापुर–आँखा अस्पताल, पवनगर–पुरन्धारा सडकलाई नेपाल सरकारले बैकल्पिक सहायक राजमार्गको रूपमा विकास गर्नको लागि रू २० करोड विनियोजन गरेको छ । यो राजमार्गलाई प्रदेश सरकारले पर्यटन मार्गको रूपमा विकास गर्नको लागि यो क्षेत्रमा पर्यटनका ठूला पूर्वाधारका काम गरिरहेको छ । बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क, मल्टिपरपोज वोटानिकल गार्डेन र जलाशययुक्त पोखरी हापुर–विजौरी, शहिदपार्क, छिल्लीकोट पर्यटकीय क्षेत्र, चमेरे गुफा, तुलसीपुर पार्क, पुरन्धारा झरना गुरूयोजना, विभिन्न क्षेत्रमा जलाशययुक्त पोखरी निर्माण हुँदैछन् ।


यो बाहेक उपल्लो मुस्ताङमा तिब्बतको झोङवासेन जिल्लासँग सीमा जोडिएको छोसेर, सुर्खाङ र छोन्हुप गाउँमा ऐतिहासिक गुम्बाहरू पनि रहेका छन् । बौद्धमार्गीहरूको लागि अध्ययन, अनुसन्धान गर्नको लागि उपल्लो मुस्ताङको भ्रमण अति उपयोगी मानिन्छ ।
मुस्ताङ जिल्लामा सडक यातायात सञ्चालन भएपछि पर्यटकहरूको संख्या बढ्न थालेको छ । आन्तरिक धार्मिक पर्यटकहरूमा विभिन्न जिल्लाका संघ÷संस्थाका समूहहरू, विद्यालयका विद्यार्थी, धार्मिक आस्था राख्ने ब्यक्तिहरूले मुस्ताङ जिल्ला भ्रमण गर्ने लहर नै चलेको छ ।
विदेशीहरूमा भारतीय पर्यटकहरूको संख्या पनि सालिन्दा बढ्दै गएको छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या भने झनै बृद्धि हुँदै गएको छ ।
पोखरादेखि जोमसोमसम्मको हवाईयात्रा र पोखरा, पर्वत बेनी हुँदै सडक यातायातबाट र कोही विदेशी पर्यटकहरू घोडेपानी, सिख, घार हँुदै पैदल यात्रामा पनि मुस्ताङ जिल्लामा जाने गर्दछन् ।
घिमिबाट मोटरबाटो चराङ ला÷भन्ज्याङ (३८७० मि.) हँुदै चराङतिर जान्छ भने पैदल बाटो धाकमारमा रहेको सानो गाउँ, रातो देखिने बालुवाको पहरो र दृश्यावलोकनका थुप्रै देउराली हँुदै मुई ला (४१७० मि.) तिर सोझिन्छ ।
हजारौँ वर्ष पुरानो यो पदमार्ग त्यस क्षेत्रका गाउँ, गुम्बा हँुदै अग्ला भञ्ज्याङ नाघेर घार गुम्बातिर उकालो चढ्छ । हालै सञ्चालमा आएको मोटरबाटो मुस्ताङकै सबैभन्दा लामो माने पर्खाल भएको गाउँ घिमिबाट पूर्वोत्तर हुँदै चराङतर्फ लम्केको छ ।
हिमाली क्षेत्रको पदयात्राका सबै देउराली र भञ्ज्याङमा माने पर्खाल, चोर्तेन, लुङदार देख्न पाइन्छ । यस क्षेत्रमा भञ्ज्याङलाई ला भनिन्छ । भञ्ज्याङमा रंगीन लुङदार टाँग्ने र यात्राको सफलता एवं परिवारको सम्झनामा ढुंगा चढाउने यहाँको परम्परा नै हो ।
हिमालदेखि दक्षिणमा ठाउँअनुसार देउरालीमा ध्वजा, फूलपाती चढाउने पुरानो परम्परा संस्कृतिकै रूपमा रहेको छ । कतिपय त्यस्ता देउरालीमा फूलपाती र ध्वजा चढाउँदा चढाउँदै मन्दिर वा चोर्तेनको रूप लिएको पाइन्छ ।
त्यसैगरी नेपाल, भारत र भुटानको हिमाली क्षेत्रमा गाउँमा प्रवेश गर्नुभन्दा पहिले गाउँको आकारको आधारमा प्रवेशद्वार वा चोर्तेन बनाउने चलन रहेको छ ।
ठूला गाउँमा भने ठूलो प्रवेशद्वार र त्यसपछि स्तूप, चोर्तेन रहेको पाइन्छ । डोल्पाको पूर्वोत्तर सीमामा रहेको छार्का गाउँ प्रवेश गर्दा छार्का खोला, छार्का गाउँ र उपत्यका देखिने ठाउँमा ढुंगाको सुन्दर स्वागत द्वार बनाइएको छ ।
त्यो प्रवेशद्वारमा छिरेपछि समग्र छार्का गाउँ, नीलो छार्का खोला, चौरी र याक चर्दै गरेको खर्क, उवाबारीमा काम गर्दै गरेका किसान र त्यहाँको भूपरिवेश छर्लंग देखिन्छ ।
सुन्दर प्रवेशद्वार निर्माण गर्ने चलन मुस्ताङमा पनि प्राचीन कालदेखि पाइन्छ । हिमाली क्षेत्रका भञ्ज्याङहरूको धार्मिक महत्व आफ्नो ठाउँमा हुँदाहुँदै पर्यटकहरूका लागि भने ती भञ्ज्याङ त्यस क्षेत्रको टाढा–टाढासम्मको मनोरम दृश्य हेर्नका लागि महत्वपूर्ण हुन्छन् ।
विहंगम दृश्य हेर्दा आँखाको पेट भरिएता पनि मनको पेट भने कहिल्यै अघाउँदैन । त्यस्तो अभूतपूर्व दृश्य हेर्दा आँखा, मन र हृदयलाई औधी सन्तोष मिल्छ ।
निरन्तर हुई–हुई हुइकिइरहने चिसो सिरटो, सेता हिमाल, हिम चट्टान, हिमनदी, फुस्रा पिरामिड आकारका बलौटे थुम्का, कतै कोप्रिएका त कतै चुच्चो परेका बलौटे चट्टान, फराकिला उपत्यका, गहिरा खोँच, लुङदार फहराई रहने समथर छानो भएका घर,
घरको मान थाम्ने दाउराको राङ, घर वरपर पर्खालभित्र देखिने अनौठो हरियाली, चौरीको चरन र उवाको बारी मुस्ताङका प्रमुख विशेषता हुन् । चाहे पैदल यात्रा गर्दा होस् वा मोटरमा चढेर यात्रा गर्दा किन नहोस् त्यो दृश्यले मानिसको मन अपत्यारिलो गरी आकर्षित गर्छ ।
विदेशी पर्यटकले यसको स्वाद सय वर्ष पहिलेदेखि लिन थालेका थिए भने नेपाली पर्यटकले विगत दुई÷तीन वर्षदेखि लिन थालेका छन् । घमीबाट पूर्वतर्फ लम्केर मोटरबाटो उत्तर चराङ गाउँतिर उकालो लाग्छ ।
धेरै ठाउँमा पैदल हिँडने गोरेटोमाथि नै डोजर चलाएर मासे पनि घिमीबाट धाकमार हुँदै घार गुम्बा उक्लने गोरेटो भने मासिएको छैन । धाकमार मुस्ताङको सानो गाउँ हो । यहाँका गेरूभन्दा राता देखिने पहाड ल्होसारमा लिपपोत गरी चिटिक्क पारेका जस्तै देखिन्छन् ।
त्यति मात्र कहाँ हो र पैदल यात्रा गर्दा धाकमारले लोभ्याउने यहाँका रंगीन पहाड, जौ र उवा बारीका फराकिला पाटा, फुस्रा बलौटे पहाडको टुप्पामा थुप्रिएको चमकदार सेतो हिराजस्तो देखिने हिउँको थुप्रो,
हजारौँ वर्षदेखि यो भूभागलाई संरक्षण गरी उभिएका कलात्मक चोर्तेन हुन् । एकान्तभित्र प्रकृतिले यहाँका बासिन्दासँग मितेरी गाँसेर कलाकारिता गरिरहेजस्तो लाग्छ ढिस्काको टुप्पोमा उभिएर चारैतिर हेर्दा ।
कागबेनीबाट ल्होमान्थाङ पदयात्रा गर्दा पार गर्नुपर्ने दोस्रो अग्लो भञ्ज्याङ मुई ला हो जुन समुद्र सतहदेखि ४१७० मिटरको उचाइमा रहेको छ । सबैभन्दा अग्लो भञ्ज्याङ चराङखोला तरेर उकालो लागेपछि पुगिने गेकार र मराङभन्दा माथि रहेको मराङ भञ्ज्याङ हो जुन ४ हजार २ सय ३० मिटरको उचाइमा रहेको छ
भञ्ज्याङमा उभिएर पसिना पुछ्दै यहाँको विहंगम दृश्य क्यामरामा मात्र होइन, हृदयमा छुट्टै बाकस बनाएर राख्न सकिएन भने यात्रापछि पश्चातापबाहेक केही रहने छैन । मुई लाबाट मुस्ताङको मात्र होइन डोल्पा र मनाङका पहाड, उपत्यका एवं खोंचको दृश्य मन फुकाएर हेर्न सकिन्छ ।
त्यसका साथै दक्षिणतर्फ देखिने नेपालका आठ हजार मीटरभन्दा अग्ला अन्नपूर्ण र धवलागिरी हिमाल र त्यस वरपर रहेका दजनौँ हिमशृङ्खलाहरू बालुवामाथि सेतो हिराको ताज पहिरेर बसेको जस्ता देखिन्छन् । त्यसैगरी दुई अग्ला हिमालको बीचमा शानका साथ उभिएका नीलगिरीका चुचुराहरूले पनि सुन्दरतामा झनै लाली थपेको त्यहाँबाट देखिन्छ ।
मलेसियाका गगनचुम्बी भवन र मध्ययुगिन युरोपका दरबारजस्ता देखिने बालुवाका पहाडहरू आफ्नै पहिचान बोकेर यात्रुलाई स्वागत गर्न लुङदार फहराउँदै उभिएका हुन्छन् । ती पहाड पश्चिम तिब्बतको गुगेमा रहेको माटोको जंगल ९भ्बचतज ँयचभकत० का कलात्मक पहाडहरूभन्दा सुन्दर र आकर्षक छन् ।
मराङ र लो गेकारभन्दा पश्चिममा मुस्ताङको सबैभन्दा पुरानो घार गुम्बा रहेको छ । पद्मसम्भवसँग सम्बन्धित पुस्तक, आकर्षक भित्तेचित्र र उनको मूर्ति रहेको निङमापा सम्प्रदायको घार गुम्बाले बुद्ध धर्मको तान्त्रिक धारलाई प्रतिनिधित्व गरेको छ ।
बौद्धधर्मका ज्ञाता भारतीय गुरू पद्मसम्भवले तिब्बतमा आठौँ शताब्दीमा तन्त्रमा विश्वास गर्ने पौराणिक कालमा हिन्दूधर्मबाट बोन सम्प्रदायलाई आकर्षित गरी बौद्ध तान्त्रिक दर्शनबाट प्रभावित गरेका थिए । तिब्बतमा बौद्धधर्मको प्रवेश सातौँ शताब्दीमा स्रङचङ गम्पोले गरेका हुन् ।
उनले नेपाली चेली भृकुटीसँग विवाह गरेका थिए । प्राचीनकालमा पद्मसम्भव गुरूरिम्पो भारतबाट नेपाल वर्तमान नेपाल प्रवेश गरी कालीगण्डकीको बाटो हुँदै मुस्ताङ भएर छिरेको हुनुपर्छ भन्ने कुरा मुस्ताङका गुम्बामा देखिने उनका मूर्ति र भित्तेचित्रबाट प्रष्ट हुन्छ । मुस्ताङमा रहेका घार गुम्बा र लुरी गुम्बा उनीसँग सम्बन्धित छन् ।
समुद्र सतहदेखि ३ हजार ९ सय ५० मीटरको उचाइमा रहेको यो गुम्बा दुई हजार वर्ष पुरानो भएको स्थानीय विश्वास गर्दछन् ।
गुसेफ टुचीले पनि यसलाई पुरानो र महत्वपूर्ण गुम्बा भनी उल्लेख गरेका छन् । पद्मसम्भवको कालभन्दा पहिले नै स्थापना भएको सो गुम्बापछि उनको प्रभावले तन्त्रसँग नजिक भएको हुनपर्छ ।
तन्त्रविद्यासँग सम्बन्धित भएकाले तन्त्र ज्ञानमा दख्खल लामाले मात्र यहाँ पूजा र बत्ती बाल्ने गर्छन् । माटो, ढलोट र सुनको जलप लगाइएका धेरै मूर्तिहरू खम्पा विद्रोहको समयमा चोरी भए भने बाँकी रहेका मूर्ति सुरक्षित रहेकोे यात्रा क्रममा भेट भएका ल्होमान्थाङमा बस्ने लामाले जानकारी दिएका थिए ।
घार गुम्बाको सम्बन्ध यारादेखि पूर्व दामोदरकुण्ड जाँदा बाटोमा पर्ने लुरी गुम्बा र भुटानमा रहेको एक गुम्बासँग छ ।
मुस्ताङ हिमाल (६ हजार १ सय ८७ मि.) नजिकको हिमनदीबाट आएको घुङ खोला घारगुम्बा नजिकबाट मराङ हुँदै चराङतिर झरेको छ । चराङमा यसलाई चराङखोला भनिन्छ । चराङ खोला दामोदर कुण्डतिरबाट आएको देच्याङ खोलाको दोभान नजिक ल्होमान्थाङ हँुदै आएको काली गण्डकीमा मिसिएर कागबेनीतिर सोझिएको छ ।
घिमी (घेमी) बाट मोटरबाटो भएर चराङ जाँदा चराङ (चोया) भञ्ज्याङ (३ हजार ८ सय ७० मि.) पार गरेर जान पर्छ भने घारगुम्बाबाट मराङ हँुदै पनि चराङ पुगिन्छ ।
चराङबाट पूर्वी मुस्ताङमा रहेका सुर्खाङ, यारा, तासी, घार गाउँ हँुदै लुरी गुम्बा र दामोदर कुण्ड जाने पुरानो पैदल बाटो रहेको छ । वर्षाको समयमा गाउँका बासिन्दाले यही बाटो प्रयोग गरी याक, चौरी, र भेडाबाख्रा चराउन दामोदर कुण्डसम्म पुग्ने गर्छन् ।
मोटरबाटोले गर्दा मुस्ताङ हेर्न रहर गर्ने नेपाली र विदेशीलाई साह्रै सजिलो भएको छ, यातायातको कठीनाई भएता पनि । विदेशीले १० दिनको पाँच सय डलर प्रवेश शुल्क तिर्नुपर्छ । हामीलाई चराङ चोया ला (३ हजार ८ सय ७० मि.) मा फरफराई रहेको रंगीन लुङदारले त्यहाँबाट देखिने दृश्य हेर्न पे्ररित गरेको थियो ।
करिब १० मिनेट जिप रोकेर हामीले पनि त्यहाँबाट दामोदर कुण्ड र मुक्तिनाथ तर्फका हजारौँ बलौटे थुम्का र उपत्यका, पर्खालभित्र देखिने गाउँ र हरियाली हे¥यौँ ।
सानो स्योदा खोलाको गहिरो र अप्ठेरो खोंचमा झरेर उकालो चढेपछि चराङको ठूलो कानी चोर्तेन (च्छोर्तेन) प्रवेशद्वारले हामीलाई स्वागत गर्दै ठूलो उपत्यकामा प्रवेश गरायो । उत्तरतिरबाट एउटा पहराको जब्रोमाथि उभिएको देखिने चराङ दक्षिणबाट प्रवेश गर्दा भने उपत्यकामा थपक्क बसेजस्तो देखिन्छ ।
डोल्पा दुनैको धूपी चौरमा रहेको कानी चोर्तेनले डोल्पाको प्रतिनिधित्व गरेझै यहाँको कानी चोर्तेनले चराङको साँस्कृतिक गहिराई र पौराणिकताको झलक मात्र नदिई मुस्ताङको शाख बढाएको मैले अनुभव गरँे ।
चराङमा पनि एउटा लामो माने पर्खाल रहेको छ । दन्त्य कथाअनुुसार एक राक्षसनीको मृत्युपछि त्यसको आन्द्रा झिकेर सोको लम्बाई बराबर पर्खाल बनाई त्यसमाथि ढुंगामा मन्त्र कुँदेर राखिएको थियो । राक्षसनीको मृत्युपछि चराङमा भूतप्रेतले दुःख नदिएको, खेतीपाती सप्रेको विश्वास स्थानीयको रहेको छ । चराङको पुरानो नाम चाप्तुन च्छेराङ हो ।
यसको अर्थ पहाडको शिखर भन्ने हुन्छ । आजकल भने चराङ नै भनिन्छ । ल्होमान्थाङपछि मुस्ताङको सबैभन्दा ऐतिहासिक एवं साँस्कृतिक महत्व भएको र ठूलो गाउँ चराङ समुद्र सतहदेखि ३ हजार ५ सय ६० मीटरको उचाइमा रहेको छ ।
यहाँ मुस्ताङका राजाको गृष्मकालीन दरबार, पुरानो किल्ला, लामो माने पर्खाल, आकर्षक चोर्तेन, ठूलो गुम्बा र पुस्तकालय रहेको छ । किल्ला, दरबार र गुम्बा पहाडको धारमाथि बनेका छन् । यहाँ रहेको पुस्तकालय मुस्ताङकै ठूलो हो ।
यस गुम्बामा पहिले बौद्ध धर्म र दर्शनबारे अध्ययन हुन्थ्यो जुन अहिले बन्द भएको छ । हिमाली क्षेत्रमा पारिवारिक परम्परा अनुसार जेठो छोराले बाबुको सम्पत्ति र घरको उपभोग गर्ने,
माइलाले गुम्बामा अध्ययन गरी ज्ञान प्राप्त गरी सो ज्ञान मानव सेवामा अर्पण गर्ने र कान्छो वा अन्यले व्यापार गर्ने र घरमा फर्केर आउँदा जेठो दाजु र भाउजूसँग बस्ने रहेको छ । प्राचीनकालमा ल्होमान्थाङ, नामग्याल, चराङ र घिमिमा रहेका ठूला गुम्बामा सयौं विद्यार्थीले अध्ययन गर्ने गर्दथे ।
चराङ गुम्बा मुस्ताङको ठूलो गुम्बाअन्तर्गत पर्दछ । यसका धेरै खण्डहरू रहेका छन् । शाक्य सम्प्रदायको यो गुम्बा १६आँै शताब्दीमा बनेको हो । गुम्बाको पर्खालमा रहेका भित्तेचित्र अति प्राचीन, महत्वपूर्ण र ऐतिहासिक महत्व बोकेका छन् ।
त्यसमध्ये भद्रकल्पका हजार बुद्धको भित्तेचित्रले प्रमुख स्थान ओगटेको छ । समयको अन्तरालमा ती ऐतिहासिक भित्ते चित्र लोप हुँदैछन् ।
नेपाल र तिब्बतका बुद्धधर्मसम्बन्धी ज्ञाता इटालीका जोसेफ टुची सन १९५२ मा मुस्ताङ पुगेका थिए । उनले जर्नी टु मुस्ताङ भन्ने पुस्तकमा चराङ गुम्बामा रहेको भित्तेचित्र र पुराना थाङ्का देखेको कुरा उल्लेख गरेका छन् ।
बौद्धधर्मावलम्बीको विश्वास अनुसार पुराना थाङ्कालाई छुन र फाल्न हुँदैन । झुत्रिन थालेपछि ती थाङ्कालाई विधिपूर्वक कुनै चोर्तेनमा लगेर पुर्नुपर्दछ ।
टुचीले त्यहाँ रहेको मैत्रेय बुद्धको सुन्दर मूर्तिको बारेका पनि उल्लेख गरेका छन् जसलाई भविष्यका बुद्ध भनिन्छ र हाल उनी स्वर्गमा ध्यानमग्न छन् । बौद्धनाथमा पश्चिम–दक्षिण कुनामा रहेको मैत्रेय गुम्बाभित्र मैत्रेय बुद्धको ठूलो मूर्ति रहेको छ ।
चराङको गुम्बामा मुस्ताङकै ठूलामध्येका तीनवटा ठूला हल, गोदाम र एउटा ठूलो भान्साघर रहेको छ । त्यहाँ करिब एक हजार विद्यार्थीलाई खाना पकाएर खुवाउन सकिने ठूलठूला तामाका भाँडाहरू रहेका छन् ।
आजकल भने तीनको खासै लेखाजोखा छैन । गुम्बामा रहेका धेरै पुरातात्विक महत्वका मूर्ति, थाङ्का र सुनका अक्षरले लेखिएका धार्मिक ग्रन्थ खप्पा विद्रोही मुस्ताङका विभिन्न ठाउँमा बसेको बेला चोरी गरेर लगेका थिए ।
मुख्य गुम्बाको पछाडि आनी लखाङ गुम्बा र किल्ला रहेको छ । त्यसमा पनि बुद्ध, पद्मसम्भव, भद्रकल्पका हजार बुद्धका सुन्दर भित्तेचित्र रहेका छन् ।
‘मुस्ताङ अ लस्ट तिब्बतेन किङडम’ का फ्रेन्च लेखक मिचेल पिसेलले सन १९६४ माथिल्लो मुस्ताङको भ्रमण र अध्ययन गरेका थिए । उनका अनुसार चराङको दरबार (किल्ला) सुन्दर र ठूलो थियो । यसमा धेरै कोठाहरू थिए भने कुनै–कुनै कोठामा शौचालयको पनि सुविधा थियो ।
एउटा कोठामा हतियार भएको कुरा उनले उल्लेख गरेका छन् र खम्पा विद्रोहको समयमा ती हतियार पनि लुटिएका थिए । उनले त्यसबेला त्यो किल्लामा एउटा काटिएको दाहिने हात देखेका थिए ।
त्यसबेला उनलाई स्थानीय लामाले भने अनुसार मुस्ताङमा कुनै व्यक्तिले पहिलो चोरी गरेको थाहा भएमा त्यसलाई माफ गर्ने र असल मानिस बन्न अवसर दिने गरिन्छ । तर, त्यस्तै गल्ती दोस्रोपटक पनि गरेमा चोरी गर्ने चोरको दाहिने हात काट्ने चलन थियो । उनले देखेको त्यो हात चोरको काटिएको हात थियो ।
चराङको समथर उपत्यकामा सिंचाईको व्यवस्था गरिएको छ । यहाँ उवा, फापर खेती गरिन्छ । पशुपालन, कृषि र व्यापार नै यहाँका बासिन्दाको मुख्य पेसा हो ।
हिमालका अन्य क्षेत्रमा भैmँ यहाँ पनि बसन्तमा खेतीपाती लगाउने, वर्षामा अग्ला पाटन र चरनमा पशु चराउन जाने र पालमा बस्ने हिउँदमा सबै क्षेत्र हिउँले पुरिएको बेला परिवारका सबै सदस्य तीर्थ र व्यापार गर्न पोखरा, काठमाडौं र भारतसम्म जाने गर्छन् ।
चराङमा बनेका घरहरू ल्होमान्थाङ, नामग्याल, सुर्खाङ, मराङमा जस्तै काँचो माटोको ठूलो इँटाले बनाइएका छन् र घरहरू किल्ला र गुम्बाको वरपर नै छन् । यहाँ रहेका ऐतिहासिक महत्वका माने ढुंगा र माने पर्खाल,
चराङ गुम्बा, आनी लखाङ गुम्बा, दरवार र ती पुराना पवित्र भवनभित्र रहेका प्राचीन मूर्ति, सुनका अक्षरले लेखिएका धार्मिक पुस्तक, भित्तेचित्र र थाङ्काको संरक्षण एवं पुनर्निर्माण हुनसकेमा इतिहास र सभ्यता जोगिने थियो ।
घोराही–हापुर आँखा अस्पताल पवनगर–पुरन्धारा सडकलाई नेपाल सरकारले बैकल्पिक सहायक राजमार्गको रूपमा विकास गर्नको लागि रू २० करोड विनियोजन गरेको छ ।
यो राजमार्गलाई प्रदेश सरकारले पर्यटन मार्गको रूपमा विकास गर्नको लागि यो क्षेत्रमा पर्यटनका ठूला पूर्वाधारका काम गरिरहेको छ ।
बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क, मल्टिपरपोज वोटानिकल गार्डेन र जलाशययुक्त पोखरी हापुर–विजौरी, शहिदपार्क, छिल्लीकोट पर्यटकीय क्षेत्र, चमेरे गुफा, तुलसीपुर पार्क, पुरन्धारा झरना गुरूयोजना, विभिन्न क्षेत्रमा जलाशययुक्त पोखरी निर्माण हुँदैछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here