Saturday, April 20, 2024
Homeफिचरविद्यालयमा ‘क्वारेन्टाइन’

विद्यालयमा ‘क्वारेन्टाइन’

- Advertisement -spot_img

प्रचण्ड खत्री
पश्चिम (रूकुम), ३१ जेठ । पश्चिम रूकुमका अधिकांश विद्यालयहरू क्वारेन्टाइनको रूपमा प्रयोग भएका छन् । जिल्लामा रहेका निजी तथा सामुदायिक भवनहरूमा अहिले क्वारेन्टान्इनका रूपमा सञ्चालन गरिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहले सबै क्षेत्रलाई सहज हुने गरी विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्दै आएका हुन् ।
देशका विभिन्न जिल्ला तथा भारतलगायत अन्य मुलुकबाट आएका अधिकांश नागरिकहरू विद्यालयका क्वारेन्टाइनमा राखिएको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरूङले बताए ।
जिल्ला बाहिर एवं अन्यत्र मुलुकबाट आएका नागरिकहरूलाई सुरक्षित एवं व्यवस्थित क्वारेन्टाइनमा राख्नको लागि विद्यालयहरूको प्रयोग गरिएको उनले बताए ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरूको उपचारका लागि आठबिसकोट, मुसिकोट र चौरजहारी नगरपालिकाले आइसुलेसन भवन निर्माण गरेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिकाको १४, आठबिसकोट नगरपालिकाको १४, चौरजहारी नगरपालिकाको १४ वटा निजी तथा सामुदायिक विद्यालयहरू क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ ।
यस्तै बाँफिकोट गाउँपालिकाको १२, त्रिवेणी गाउँपालिकाको १० र सानिभेरी गाउँपालिकाको ११ वटा गरी ७५ वटा विद्यालयहरूमा क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा छिमेकी मुलुक भारतबाट आएका नागरिकहरूको संख्या सबैभन्दा धेरै रहेको छ ।
यस्तै क्वारेन्टाइनमा बस्दै आएका नागरिकहरू क्वारेन्टाइनको समयलाई सदुपयोग गर्दै आएका छन् । खाली समयलाई प्रयोग गर्दै क्वारेन्टाइनको रूपमा प्रयोग भएका भवन एवं विद्यालयको मर्मत, सम्भार गर्ने,
वरपर बार लगाउने, खेल मैदान बनाउनेजस्ता काम गर्दै आएको जनकल्याण मावि बाँफिकोट क्वारेन्टाइनमा बस्दै आएका तिलक खत्रीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here