- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयमल आपूर्ति सहज गर

मल आपूर्ति सहज गर

- Advertisement -spot_img

सम्पादकीय
हरेका वर्ष सधै चर्चामा आउने विषय हो रासायनिक मल । सधै अभाव सधै किसानलाई सास्ती । कृषि कर्ममा रहेकाहरूलाई मल आपूर्तिको विषयले सताई रहन्छ । खेतीपातीको समयमा हरेक वर्ष जस्तो जिल्लामा मलको समस्या आउने गरेको छ ।
खेतीको समयमा आउने एउटा ठूलो समस्या रासायनिक मलको अभाव नै हो । त्यो लामो समयदेखि यथावत नै छ । यो समस्याले यो वर्ष पनि सताउने देखिएको छ । बर्षे खेतीको लागि आवश्यक पर्ने रासायनिक मल दाङमा शुन्य प्रायः भएको छ ।
मल अभावले किसानहरूलाई सताई रहेको छ । किसानहरू धान, मकै तथा अन्य बालीको लागि आवश्यक पर्ने रासायनिक मलको प्रयोगमा अभाव देखिएको छ ।
अर्काेतिर मलको अनुदान दिइरहेका कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशनको गोदाममा मल छैन र मलको गोदाम अहिले रित्तो छ । किसानलाई सहजरूपमा आपूर्तिका लागि व्यवस्थापनको जिम्मा सहकारीलाई दिइएको छ ।
जिल्लामै मलको अभाव भएपछि किसानसम्म रासायनिक मल पुग्न सकेको छैन । त्यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् ।
यो समय मुठी छरेर मुरी उत्पादन गर्ने समय हो । अहिले अधिकांश किसानहरू बर्षे खेतीको तयारीमा छन् । धानको ब्याड राखेर धेरै किसानहरू रोपाईको तयारीमा छन् । कति किसानहरूले मकैसमेत रोप्न पाएका छैनन् ।
जेठमा आएको झरीले किसानलाई केही राहत दिएपनि कृषिका लागि आवश्यक मल नहुँदा किसान खेतीपातीमा जम्न सकेका छैनन् ।
खेतको सुरूवातीमा मल प्रयोग गरेर खेती गरे राम्रो उत्पादन हुने विश्वास रहन्छ । तर किसानहरूले त्यो वातावरण पाउन सकेका छैनन् ।
खेती सपार्नको लागि युरिया मलको अहिले आवश्यक छ । तर किसानले त्यहि मल पाउन सकेका छैनन् । स्थानीयस्तरबाट त्यसको पहलकदमीसमेत हुन सकेको देखिदैन ।
दाङमा १४ हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । तुलसीपुर र देउखुरी क्षेत्रमा बढी मल खपत हुने तथा अभाव पनि बढी यही क्षेत्रका किसानले भोग्ने गरेका छन् ।
नेपाल कृषि प्रधान देश हो । सरकारले पनि कृषिलाई केही प्राथमिकतामा राखेको नारामा देखिन्छ । तर व्यवहारमा कमै मात्र पूरा भएका छन् ।
मल आपूर्तिको विषयमा पनि तीनवटै तहको सरकार गम्भीर हुनुपर्छ । देशका नागरिक कृषि पेशामा निर्भर देखिन्छन् ।
दाङ पनि कृषि उत्पादनको हिसावले महत्वपूर्ण जिल्ला हो । तर पनि कृषिका लागि आवश्यक सामग्री र वस्तु राज्यले उपलब्ध गराउन सकेको छैन ।
न त सामान्य तयारीमै उपलब्ध गराउन सक्ने रासायनिक मल र बीउनै सहजरूपमा उपलब्ध गराइएको छ । यो अवस्थामा कृषकका लागि आवश्यक मलको व्यवस्था गर्नुपर्छ । मल अभाव हुन दिनुहुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here