- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsप्रजातान्त्रिक उद्योगी, व्यवसायी संघको आपत्ति

प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघको आपत्ति

- Advertisement -spot_img

तुलसीपुर, ३१ जेठ ।
तुलसीपुर उपमहाननगरपालिका उपभोक्ता हित संरक्षण शाखाले शुक्रबार तुलसीपुरका हार्डवयर पसलहरूमा गरेको अनुगमन र अनुगमनका क्रममा भएका व्यवसायीहरूलाई त्रसाउने गतिविधिप्रति प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष जनकप्रसाद खरालले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । ‘जेठ ३० गते तुलसीपुरका हार्डवयर पसलहरूमा गरेको अनुगमनको क्रममा अनुगमन टोलीले व्यवसायीहरूप्रति गरेको व्यवहार र नियतले संघको गम्भीर ध्यानाकर्षण गराएको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका नीति, नियम, कानुन, व्यवसायीहरूले पालन गरिरहेकै अवस्थामा ब्यवसायीलाई त्रसाउने कार्य बन्द गरियोस् ।’

संघले बजार अनुगमनको लागि सहयोग गर्न तयार छ । गरिरहेका पनि छौं । तर गलत नियतबाट गरिने र आउने अनुगमनले व्यवसायीहरूलाई त्रसित बनाइएको छ । यो कार्य कदाचित पनि सैह्य हुँदैन । यस्तो गतिविधि पनि स्वीकार्य छैन । संघको विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ को महामारीले देशभरी सिर्जित भएको विषम परिस्थिति (बन्दाबन्दीको अवस्था) मा व्यापार, व्यवसाय बन्द रहेको र व्यवसायीहरू विभिन्न संकट व्यहोरी रहेको बेला अनुगमनको नाममा व्यवसायीहरूलाई त्रसित बनाउने, बन्द भएका पसलमा जबरजस्ती प्रवेश गरेर खोल्न लगाउने र व्यवसायीहरूको मनोबल घटाउने काम गरेको प्रति हाम्रो घोरआपत्ति रहेको छ ।

आगामी दिनमा यस्तो कार्य नगर्न अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ । गलत नियतको प्रयोग गरी बदनियतपूर्ण तरिकाले उपभोक्ता अधिकारकर्मीको नाममा केशव शर्मा मजगैयाँले संघका महासचिव झलक केसी, सदस्य नविन बुढाथोकीलाई आरोप लगाउने कार्यप्रति कडा विरोध गर्दछौं ।
गलत रूपमा आरोप लगाउनेप्रति छानबिनको समेत माग गर्दछौं । जारी विज्ञप्तिमा भनिएको छ ।

व्यवसायीसँगको व्यक्तिगत रिसइवीका कारण अनुगमनको नाममा त्रसाउने र धम्काउने कार्य तत्काल रोक्न र गलत नियतबाट गरिएको अनुगमनका सदस्यहरूमा छानबिन तथा कारवाही गर्न तुलसीपुर उपमहानगरपालिकासँग माग गर्दछौ ।

आगामी दिनमा व्यवसायी त्रसाउने काम बन्द नगरिए कडाभन्दा कडा कदम चाल्न बाध्य हुनेछौं विज्ञप्तिमा भनिएको छ । संघको शनिबार सरोकारवालाहरूसँग आपत्कालिन बैठकको समेत आयोजना गरेको थियो । संघका अध्यक्ष जनकप्रसाद खरालको अधयक्षतामा बसेको बैठकले
गलत नियतले गरिने अनुगमन र व्यवसायी त्रसाउने कार्यको विरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्का, पूर्वसभापति गेहेन्द्र गिरी, घनश्याम रेग्मी, नेपाली कांग्रेस क्षेत्र नं. ३ निर्वाचत क्षेत्र क्षेत्रीय सभापति (क) घनश्याम ढकाल, (ख) सभापति खिम बहादुर वली, नेता केशव आचार्य, महादेव शाह, गोकर्णप्रसाद गिरी, तरूण दलका अध्यक्ष टिका घर्ती, च्याम्वर अफ कमर्शका ऋषि भण्डारी, संघका कानुनी सल्लाहकार मोहन धिताल लगायत उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो । सहजीकरण संघका महासचिव झलक केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here