- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमनपरी खोला दोहन

मनपरी खोला दोहन

- Advertisement -spot_img

जिल्ला समन्वय समितिको निष्कर्ष …

सपना बोहरा
घोराही, ३१ जेठ । दाङका खोलाहरूमा मनपरी रूपमा नदीजन्य पदार्थको उत्खनन् भएको भेटिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिले खोलाहरूमा गरेको अनुगमनमा मनपरी नदीजन्य पदार्थ उत्खनन् भएको भेटिएको जनाएको हो ।

समितिले जिल्लाका नदीजन्य पदार्थको उत्खनन्को अनुगमन पश्चात् पत्रकार सम्मेलन गरेर खोलाहरूमा मनपरी मेसिनरी औजार (जेसिवी, स्काभेटर) को प्रयोग भएको जानकारी गराएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अनुगमनको क्रममा खोला तथा नदीहरूमा झण्डै २.५ मिटरसम्मका गहिरा खाडलहरू भेटिएको बताए ।

‘अनुगमनको क्रममा नदीजन्य पदार्थमा अवैध उत्खनन््, मापदण्ड विपरीतको उत्खनन्, चोकरी निकासी र दोहन भइरहेको अवस्था छ’ उनले भने ।

उत्खनन् भएको कच्चापदार्थको पातुखोलाका सुकौराघाट, ग्वारखोलाका विभिन्न क्षेत्रहरू, लमही नगरपालिकाको भट्नीया, बुट्कवा, सिमरहवा, बलरामपुर, बबई गाउँपालिकाको कालितारा, दंगीशरणको बबईघाट,

राप्ती र गढवा गाउँपालिकाकाले काम गरेको राप्ती नदीको धेरै घाटहरूको अनगुमन गर्दा मनपरी उत्खनन् गरीरहेको उनले बताए ।

राप्ती नदीमा भईरहेको उत्खनन् रोक्न पटक–पटक पालिकाहरूलाई निर्देशन गरेपनि कार्यान्वयन नभएपछि २०७७ जेठ २९ गते स्थलगत अनुगमन गरी उत्खनन् कार्य बन्द गर्ने काम भएको उनले बताए ।

राष्ट्रिय गौरवका योजनाको लागि भनेर लमही क्षेत्रका ठेक्काबाट उत्खनन् गरिएको नदीजन्य पदार्थ क्रसर नजिक डम्प गरेको राखिएको उनले बताए ।

‘तुलसीपुरको पातुखोला अन्तर्गत सुकौरा घाटबाट सडक योजनाको लागि भनेर उत्खनन् गरिएको नदीजन्य पदार्थ क्रसर उद्योगमा लगिएको छ’ पत्रकार सम्मेलनमा उनले भने

‘घोराही–तुलसीपुरको निर्माणाधिन फोरलेन सडकको लागि अनुमति भएपनि ग्वारखोलाबाट उत्खनन् भएको कच्चापदार्थ सम्बन्धित योजनामा नलगेर क्रसर अनुमति भएपनि उद्योगमा गएको छ ।’

अनुगमन गर्ने क्रममा आईई नगरेको क्षेत्रमा समेत उत्खनन् भएको अवस्थामा पनि पालिकाहरूले ध्यान नदिएको उनले बताए । उनको अनुसार तुलसीपुरको हरिपौरा गनारी कुलोको मुहानमा मनपरी उत्खनन् भएको छ भने मंलवारे कुलोको संरचनासमेत जोखिममा छ ।

जिल्ला समन्वय समितिका प्रमुख नेपालीले पालिकाहरूले अपेक्षाअनुरूप काम नगरेको बताए । ‘नदीजन्य पदार्थ उत्खनन् अनुमति तथा व्यवस्थापनको जिम्मेवारी पालिकाहरूलाई प्रदान गरेका थियौं’ समितिका संयोजक नेपालीले भने ‘अपेक्षा अनुरूप पालिकारूले काम गरेको पाईएन् ।’

‘उत्खनन् क्षेत्रमा पालिकाहरूले चार किला गाडेर क्षेत्र तोकिदिनु पथ्र्यो, त्यहाँ देखिएन’ उनले थपे । नदीजन्य पदार्थको चोरी निकासीलाई रोक्न पालिकाहरूले अपेक्षाअनुरूप काम गर्न नसकेको अनुगमनमा फेला परेको समितिले जनाएको छ ।

२०७६ पुस २० गते जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले नदीजन्य पदार्थ उत्खनन् अनुमति तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकाहरूलाई दिइएको नेपालीले जानकारी गराए ।

‘एउटा नदीमा ६६ हजार घनमीटर उत्खनन्को लागि अनुमति दिएको छ, तर ९० हजार ४ सय ३२ घनमीटर उत्खनन् भएको छ’ समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलले भने ‘यसरी खोलाहरूमा मनपरी दोहन भइरहेको छ ।’

सबैभन्दा लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका खोलामा मनपरी उत्खनन् भइरहेको उनले बताए ।

विकास निर्माणको कामको लागि भनेर जथाभावी तरिकाले मेसिनरी र अन्य सवारी साधन प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् र दोहन भईराखेकाले यसलाई समयमा नियमन गर्न नसकेमा पानी, भू–क्षय बाढीको संकट देखापर्ने भएकाले यसतर्फ सबै पक्षलाई जिम्मेवार बनाएर लैजान आवश्यक रहेको उनले बताए ।

नदीजन्य पदार्थमा भईरहेको अवैध उत्खनन् मापदण्ड विपरीतको उत्खनन्, चोरी निकासी र दोहन रोक्नको लागि नियमनकारी भूमिकालाई प्रभावकारी बनाएर जान आवश्यक देखिएको उनले बताए ।

समन्वय समितिले अपेक्षा अनुसार जिल्लामा विकास निर्माणको काम हुन नसकेको जनाएको छ । विकास निर्माण सुरू हुने समयमा देखापरेको कोरोनाको कारण यस वर्ष पुँजीगत शीर्षकको रकम ६० प्रतिशतको हाराहारीमा खर्च हुने सम्भावना भएको जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत तीन निर्वाचन क्षेत्रमा गरेर चालु आर्थिक आर्थिक वर्षको लागि ८५ योजनाहरूको काम पूरा भएको जानकारी गराएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण प्रमुखको सचिवालयका कर्मचारी ईन्द्र डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here