- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरजीवन जटिल होइन सरल बनाऔं

जीवन जटिल होइन सरल बनाऔं

- Advertisement -spot_img

जीवनमा कठिनाइ तथा समस्याहरु तब आउने गर्दछन् जब मानिसले दिनचर्या आडम्बरी बनाउने गर्दछन् । जीवनलाई सरलीकरण गर्नु नै सुख हो ।
मानिसको जीवनमा व्यावहारिक सरलता आचरणमा उत्कृष्टता भएमा कठिनाइ समस्या आउँदैनन् । मानवीय जीवनमा जटिलता आउनुको मुख्य तीन कारण १० आम्दानीको तुलनामा खर्च बढी, २० धनको आडम्बर र ३० आपसी असमझदारी हुन् ।
भड्किलो जीवनशैली, उत्सव, विवाह तथा सामाजिक संस्कारहरुमा स्पष्ट जीवन दर्शनका आधारमा जटिलतालाई न्यूनीकरण गर्न सकिन्छ ।
व्यक्तिको आम्दानी र खर्चमा सन्तुलन नहुँदा व्यक्तिगत, पारिवारिक तथा राष्ट्रियरूपमा नकारात्मक प्रभाव आउने गर्दछ । दाम्पत्य जीवनमा असमझदारी, पारिवारिक कलहका कारण मानवीय उच्च लक्ष्य अधुरै रहन्छन् ।
अहंकार भड्किलो जीवनशैली यदि मानिसबाट घटाउँदै गयौं भने मानवीय जीवन सरल मात्र होइन धर्ती मै प्रत्येकले स्वर्गीय आनन्दको अनुभूति गर्ने दिन टाढा रहने छैन ।
ऋषि महर्षी तथा वर्तमान समयका महामानवको सात्विक तथा सरल जीवनशैली उहाँहरुलाई महर्षी महामानवको दर्जा प्रदान गरेको छ । जसरी महर्षी र महामानवले सरल सादगी अहंकाररहित प्रयोगमा आधारित जीवन बिताए स्वयम्का लागि असहज देखिएता पनि हाम्रा लागि अनुकरणीय उदाहरणीय बनेको छ महर्षी जीवन ।
सरल जीवनशैलीले व्यक्तिलाई स्वाभिमान, आत्मनिर्भर, स्वाबलम्बी तथा राष्ट्रभावमा ओतप्रोत नागरिकको हैसियत प्रदान गर्दछ ।
जुन व्यक्तिले हतोत्साहित, उदासीन, परनिर्भर, कायर, लालची र भ्रष्टाचारीको उपमा प्राप्ति गरेको छ बुझ्नुपर्छ कि उनीहरुले भड्किलो जीवनशैली अपनाएका छन् । भौतिक रूपमा सुलभ सरल जीवन निर्माणका लागि आहार–विहार, रहन–सहन, भेषभूषा, मितव्यीताले समेत प्रत्यक्ष प्रभाव पार्दछ ।

व्यक्तिले जटिल जीवनका सहायका रूपमा क्रोध, अपमान, घृणाजस्ता व्यवहारको साटोमा सरल सभ्य र आत्मसम्मानका लागि अरुप्रति स्नेही, प्रेमी,
आत्मीय सहकर्मी, दयालु, करुणारुप तथा उदारताभाव प्रदर्शन गर्नुपर्ने हुन्छ । जसले यी कर्मलाई निरन्तर रूपमा प्रदर्शन गर्दछ उसले हरेक परिस्थितिमा दैवीय शक्ति प्राप्त गरि रहनेछ ।
जटिल अमानवीय जीवनशैलीबाट व्यक्ति हतोत्साहित, उदासीपन, आत्मग्लानीजस्ता अवस्थाबाट गुज्रिएको हुन्छ भने सरल जीवनशैलीबाट उच्च आत्मीक अन्तःकरण तहमा पु¥याउने गर्दछ ।
जीवन मूल्य अनुभूति गर्नबाट बञ्चित गराउने महत्वपूर्ण भूमिका भौतिक वस्तुले खेलेको हुन्छ । भौतिक शरीरमा रहेको पृथ्वी, जल, आकाश, वायु र अग्नी तत्व सुषुप्त अवस्थामा रहेको हुन्छ ।
भौतिक शरीरमा पञ्चतत्वको जागरण क्रियाशीलता तब आउँछ जब हामीले प्राकृतिक जीवनशैली अपनाउने छौँ । वर्तमानमा व्यक्ति, समाज र पूरै विश्व आक्रान्त हुनुको कारण अप्राकृतिक जटिल मानव जीवनशैलीको प्रभाव देखिन्छ ।
मांस, मदिरा, सुरासुन्दरी भोग आदिलाई नियन्त्रण गर्नसके मात्र जटिल देखिने हाम्रो अमानवीय जीवन उच्च मानव जीवनमा सकारात्मक परिवर्तन हुनेछ ।
विनम्रता, धैर्यता र स्वाधीनता देशभक्त शब्दसँग गाँसिएको हुन्छ तर शब्द उच्चारण गर्नु र शब्द आचरणमा लागू गर्नुको परिणाममा जमिन आसमानको फरक हुने गर्दछ ।
जुन व्यक्ति गलत आचरणको दासको रूपमा उचित अनुचित अमानवीय कार्य गर्दै भौतिक उपलब्धिमा सफलता हासिल गरेता पनि उसको जीवन सरल सभ्यरूपमा चल्नुको साटो अनपेक्षित जटिलताको मार्गमा लम्की रहेको हुन्छ ।
विश्वभरमा जे जति आपतकालीन अवस्था दैवीप्रकोप, रोगव्याध, भाइरस आतंक निरन्तर चलिरहेको हुन्छ । ती अवस्थालाई निरन्तरता दिनु, उत्पादन–सिर्जना गर्नु स्वयं कथित शिक्षित बौद्धिक व्यक्तिहरु जिम्मेवार हुन्छन् ।
प्राकृतिक जीवनशैली अपनाउने प्रसंगमा सरकारी स्वामित्वमा रहेका रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोरखापत्रजस्ता सूचना सञ्चार माध्यमबाट अप्राकृतिक भड्किलो विज्ञापन, समाचार प्रसारण प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना भएको देखिन्छ ।
विश्वभर आतंक मच्चाइ राखेको नोबेल कोरोनाभाइरस ९कोभिड–१९० को उत्पत्ति अनुसन्धान–भित्र रहेता पनि जंगली जन्तुबाट आएको राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण प्रकाशन भईरहेको छ ।
जटिल होइन सरल जीवनका लागि खाद्य विशेषज्ञ, अनुसन्धानकर्ता तथा विद्वान् वर्गको लेख रचना, भनाइ सल्लाह सुझाव अध्ययन गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here