- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsसीमा सुरक्षा

सीमा सुरक्षा

- Advertisement -spot_img

तिमीलाई हामीले खुशी दिन सकेनौं
दियौं त केबल आँसु र तिरस्कार
कैयौं हमलाबाट आफूलाई बचाएकी थियौ
आज आफन्तकै बन्दैछौ शिकार ।
अङ्ग–अङ्ग बेचिदैछन् आज तिम्रा
छिद्र–छिद्र भै टुक्री रहेछौं
चटक्क परेको तिम्रो त्यो जीउडाल
जोगिन नपाउँदा आज तिमी रोइरहेछौं ।
गरिब नै भएपनि आमा तिमीले
आफ्नो गरिमालाई उच्च राखेकी थियौ
लडि मरि भएनि शत्रु समक्ष
आफ्नो अस्तित्वलाई जोगाएकी थियौं ।
सायद तिम्रो बाग्डोर सुम्पिदा
मान्छे पर्खन हामीले जानेनौं कि
सायद तिम्रो रक्षक बनेकाहरुलाई
आमाको काखको महत्व बुझाएनौं कि ।
माफ गरिदेऊ पनि कसरी भनौं
सायद माफीको लायक नि छैनौं हामी
आफ्नै आमा बेचिदा पनि टुलु–टुलु हेर्न पर्ने
कस्तो लाचार भयो यो जिन्दगानी ।
तुलसीपुर, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here