- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरत्रिशुल प्रहार गरी हत्या

त्रिशुल प्रहार गरी हत्या

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ जेठ । दाङमा शुक्रबार त्रिशुल प्रहारबाट एकजनाको हत्या भएको छ । बबई गाउँपालिका–३ धनबास गुन्द्री निवासी नारायण डाँगीलाई स्थानीय युवा बालाराम ओलीले त्रिशुल प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।
त्रिशुल प्रहारबाट गम्भीर घाइते डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सिंहले जानकारी दिए ।
ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीमाथि प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here