- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकोषाध्यक्ष आचार्यलाई स्पष्टिकरण

कोषाध्यक्ष आचार्यलाई स्पष्टिकरण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३१ जेठ । तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष सिताराम शर्मा आचार्र्यले संस्थाको निर्णय विपरीत कार्य गरेको भन्दै कार्यसमितिले स्पष्टिकरण सोधेको छ ।
खानेपानीका मुहानहरू राम्री चिसापानी, छरछरे, धैरेनी, बाख्रेबाट आउने पाइप लाइन रहेको पैयाखोर सातबाससम्म बाटो निर्माण गर्दा क्षति पु¥याएको हँुदा पानी व्यवस्थापनमा सात महिनादेखि समस्या हुँदै आएको छ ।
त्यसको मर्मत स्थानीय सरकारले गर्ने निर्णय भएबमोजिम ३१ लाख ५८ हजार ५ सय ९५ रूपैयाँ बराबरको खानेपानीको पूर्वाधारलगायत पाइपहरू क्षति भएको स्टिमेट प्राविधिकहरूले निकालेका थिए । त्यहि स्टिमेट नगरमा पेश गरिएको थियो ।
नगरले पुनः स्टमेट गरेर पूर्वाधारको काम हटाई १८ लाख ८३ हजार ७६८ रूपैयाँको स्टिमेट तयार पारेको थियो । त्यसमा खानेपानी संस्था सहमत भएको थिएन ।
स्पष्टिकरणमा दुईवटै स्टिमेट नगरमा पेश भएको अवस्थामा संस्थाका कोषाध्यक्ष आचार्यले संस्था र पदाधिकारी, कार्यसमितिसँग समन्वय नगरी स्टमेटभन्दा धेरै कम रकममा योजना सम्झौता गरेको बुझिन आएकोले स्टिमेट रकमभन्दा कममा तपाईले कुन अधिकार प्रयोग गरी सम्झौता गर्नुभएको हो ? तपाईलाई अहित हुने गरी कसले त्यो अधिकार दियो ?
त्यसको चित्त बुझ्दो स्पष्टिकरण पेश गर्न भनिएको छ । चित्त बुझ्दो जवाफ नआए कारवाही गरिने जानकारीसहितको स्पष्टिकरण सोधिएको छ ।
जेठ २३ गते बसेको कार्यसमितिको बैठमा उपस्थितपदाधिकारी तथा सदस्यले एकमतले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले संस्थाको नीति र हित विपरीत काम गरेको पाइएकोले स्पष्टिकरण सोधिएको बताए । उनले संस्थालाई कोषाध्यक्षले गरेको पछिल्लो गतिविधिको बारेमा कुनै जानकारी नभएको बताए । 
कोषाध्यक्ष आचार्यले सम्झौतामा संस्थाको अहित हुनै कुनै काम नगरेको र सचिवलगायतका सदस्यहरूसँग सल्लाह गरेर गरिएको बताए ।
स्पष्टिकरणले अहिले कार्य समितिबीचमा विवाद देखिएको छ भने आरोप प्रत्यारोप छताछुल्ल भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here