- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरके हो माया ?

के हो माया ?

- Advertisement -spot_img

– रातभर फोनमा कुरा गर्नु ?
– कसैलाई देख्ने बित्तिकै माया गर्छु भन्नु ?
– तिमीबिना म बाँच्न सक्दिन भन्नु ?
– तिमी मेरोबाहेक कसैको हैनौं भन्नु ?
– कसैको यादमा हात वा नसा काट्नु ?
– तिमीसँग बोल्ने केटा वा केटी अरूसँग बोलेमा रिस मान्ने ?
– बोलाएको ठाउँमा नआए वा भनेको कुरा नमाने तिमी मलाई माया नै गर्दैनौ भन्नु ?
– शारीरिक सम्बन्ध राख्नु ?
– ऊ मेरो वा मेरी भएन भनेर आत्महत्या गर्नु ?
– उसको लागि घरपरिवार त्याग्नु ?
– कसैलाई देख्नेबित्तिकै दिलमा घन्टी बज्यो भन्नु ?
– तिम्रो लागि म जे पनि गर्न सक्छु भन्नु ?
यो माथिको कुनै पनि भनाई माया गर्छु भन्नुको सहि तरिका होइन । किनभने मायामा तिमी र म भन्ने भनाई हुँदैन । हुन्छ त केवल हामी भन्ने भावना मात्र हुन्छ ।
तपाईंहरूले देख्नुभएको होला । पछिल्लो समय विशेषगरी कक्षा ९, १० र +२ पढ्ने विद्यार्थीहरूले आइ लभ यु अथवा मेरो त माया बस्यो भन्ने गरेको पाईन्छ । वास्तवमा त्यो माया होइन । त्यसलाई Temporary Feeling jf Relationship भन्न सकिन्छ ।
त्यो उमेर अनुसार मानिसमा हुने हर्मोनको परिवर्तनको कारणले दिमागमा Chemical Realize भएको हो । यदि एकचोटी वा पहिलो भेटमा देख्नेबित्तिकै साँचो प्रेम हुने भए,
त्यो केटी वा केटा देख्नेबित्तिकै सुन्दर र राम्रो लाग्ने र केही दिनपछि त्यही केटा वा केटीलाई गाली वा बिना मेकअपमा देख्यो भने उसलाई राम्रो लाग्दैन किन ?

किनभने त्यो माया नै होइन । माया त्यस्तो चिज हो, जहाँ कुनै सम्झौता हुँदैन ? जहाँ कुनै शङ्का हँुदैन ? जहाँ कुनै झगडाको कारण हुँदैन ? हुन्छ त केवल अन्तत र अजम्बरी माया जुनीभरीलाइ Real Love मा माया गर्नुपर्ने जरूरी नै हुँदैन । माया त केवल आफै हुन्छ ।
अब तपाईहरूलाई लाग्न सक्छ, यो के अच्चमको कुरा हो । माया गर्नु पर्दैन आफै हुन्छ रे ! कसरी भन्ने कुरा मनमा विचार आएको छ भने चिन्ता नगर्नुहोस् म बताउँछु ।
जस्तै एउटा आमाले बच्चा जन्माएपछि उसले माया गर्नुपर्छ कि आफै आमाको बच्चाप्रति माया पलाउँछ । पकै पनि मनदेखि माया पलाउँछ होला ।
हो त्यहाँ कसरी आमाको बच्चाप्रति माया पलायो भने, त्यो बच्चा आमाको शरीरबाट जन्मिएको कारणले त्यो आमाले सोच्यो कि म नै बच्चा हुँ र बच्चा नै म हुँ ।
हामी दुईमा कुनै फरक छैन भन्ने भावना उसको मनमा आइसक्यो भने, अब त्यो आमाले बच्चाको खुशी नै आफ्नो खुशी मान्छ ।
त्यही भएर एउटा आमाले आफ्नो बच्चाको लागि ठूलो त्याग र तपस्या गर्न सक्छ । किन थाहन छ ? किनकी आमाको खुसी नै बच्चाको खुशी हो ।
जहाँ कहिल्यै पनि मायाको कमी हुने कारण नै हुँदैन । त्यसकारण हामीले सबैभन्दा पहिले आफूलाई माया गर्न सिकौं । किनभने यो दुनियामा ‘आई लभ यु’ हँुदैन । हुन्छ त केवल ‘आई लभ’ जब ‘आई लव’ हुन्छ तब मात्र ‘रियल लव’ हुन्छ ।
जब त्यो ‘यु’ भित्र आउँछ नि तब तिमी र म भन्ने भावना हराउँछ र चारैतिर स्वयम् म आफूलाई देख्न थाल्छु । अनि त चारैतिर माया नै माया हुन्छ, घृणाको लागि त ठाउँ नै हुँदैन ।
त्यसपछि कसले कसलाई गाली ग¥यो । कसले कसको खिल्ली उडायो, कसले कसले कसलाई घृणा ग¥यो भन्ने नै हँुदैन । किनभने यो सबै मानव जातिमा हामीलाई नै देख्छु ।
अब तपाईको मनमा एउटा प्रश्न उठेको होला । हामीले सबैलाई माया गर्ने हो भने सम्बन्ध एउटासँग मात्र किन ? यो प्रश्नको उत्तर सजिलो छ । मानौ हरेक ठाउँमा म नै छु भने मेरो अनुहार हेर्नको लागि मलाई कतिवटा ऐना चाहिन्छ । एउटा कि हजारौंवटा ऐना चाहिन्छ ।

पक्कै पनि एउटा ऐना चाहिन्छ । यदि मलाई मेरो नै अनुहार गर्नु छ भने त एउटा ऐना नै काफी छ है न त । त्यसैले सम्बन्ध पनि एउटासँग मात्र राखिन्छ ।
सोच्नुहोस् यदि तपाई हरेक बिहान उठेर आफ्नो मुहारलाई जति माया गर्नुहुन्छ, त्यति नै माया आफ्नो जीवन साथीलाई पनि गर्नुहुन्छ । त्यसैले यहाँ मायाको कमि कहिल्यै हुँदैन ।
यदि सबैको मनमा म र त भन्ने भावना हराएर हामी भन्ने भावना आउने हो भने, यो दुनिया कति सुन्दर हुन्थ्यो होला ।
तपाईलाई सुनेर अचम्म लाग्न सक्छ । Breakup र Divorce पनि Real Love नै हो । किनभने भने उसको खुशी नै मेरो खुशी हो, ऊ र म एउटै हो भने Breakup र Divorce पनि Divorce हो । Real Love हुन्छ , अनि शंका, घृणा, रिस रागको लागि कुनै ठाउँ नै हुँदैन ।
यो Real Love को परिभाषा जुन दिन, यो दुनियाको हरेक नागरिकले बुझ्छ नि, त्यो दिन फेरि एकचोटी मानवताको जित हुन्छ ।
किनभने महिला–पुरूष, जात–भात, धनी–गरिब, त्यो धर्म यो धर्म, कालो गोरो, सानो–ठूलो, उचनिच भन्ने केही रहुँदैन र यो दुनियाको हरेक नागरिकले सबैमा आफूलाई देख्छ, त्यो दिन माया Love असली महत्व थाहा हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here