- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरदुव्र्यवहारको भत्र्सना्

दुव्र्यवहारको भत्र्सना्

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ जेठ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि भएको दुव्र्यवहारप्रति जिल्लाका विभिन्न सञ्चार संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । संगठनहरूले प्रियासनमाथि भएको दुव्र्यवहार घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
जेठ २९ गते घोराही उपमहानगरपालिका १४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार भएको भन्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले अध्यक्षमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ ।
महासंघले विभिन्न बहानामा पत्रकारहरूमा दुव्र्यवहार नगर्न चेतावनीसमेत दिएको छ । दुव्र्यवहार गर्ने घोराहीका साजन भण्डारी लगायतलाई कारवाहीको समेत माग गरेको छ ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर लगायतका सञ्चार संस्थाहरूले घटनाको सत्यतथ्य छानबिनको आग्रह गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । महासंघका अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहारले सिंगो दाङको पत्रकारितामाथि आक्रमण भएको जनाएका छन् ।
स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए ।
अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा भण्डारी लगायतका युवाले अध्यक्ष प्रियासनको मोटरसाईकलको चाबी खोसेर हातपात गरेका थिए ।
भण्डारीसहितको युवा समूहले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गर्नुका साथै बिहीबार राति सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सञ्चार जगत्को चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै दोषीलाई काुननी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ ।
‘आफ्नो संस्थागत जिम्मेवारी अनुसार काममा खटिएका अध्यक्षमाथि केही अराजक युवाहरूको तर्फबाट भएको यस किसिमको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गर्दछौं’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
साथै विज्ञप्तिमा छिटोेभन्दा छिटो दोषीलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here