- Advertisement -spot_img
Tuesday, June 15, 2021

आमा

- Advertisement -spot_img

संसारभरीका आमाहरुका पीडा
म मेरी आमामा आएर
एकाकार भएको देख्छु
विशाल संसारलाई सिर्जना गरेर
सजाउने आमा आज एक्लै–एक्लै
छटपटिएको देख्छु ।
मैले मेरी आमाबाट संसारलाई
बुझ्ने भाव सिकेकी छु
आज सन्तान वियोगको
पीडा खेपेर पनि
मुस्कुराउने आमा भेटेकी छु ।
आमाले कहिलै दुःखमा
देख्नै सकिनन् सन्तानलाई
सन्तानले दिए त केवल
दुःखमात्र आमालाई ।
आमाले भोक प्यास दुःख पीडा
नभनी हुर्काईन सन्तानलाई
आज आफै हुर्कि बढेको हुँ भनी
घुर्कि लाउँदै छन ्सन्तान आमालाई ।
कहिले बुझ्ने सन्तानले
आमाको पीडालाई
श्रष्टाकी देवी हुन्
आमा सिंगार्ने यो धर्तीलाई ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here