- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsएकैदिन ४४८ मा कोरोना

एकैदिन ४४८ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३१ जेठ । नेपालमा दैनिक कोरोना संक्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा शुक्रबार एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ४ सय २४ जना पुरूष र २४ जना महिलामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । नेपालका हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ । देशभरमा शुक्रबारसम्म १ लाख ५८ हजार ५० जना क्वारेन्टाइनमा बसेका छन् भने ४ हजार १ सय ६९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा हालसम्म १६ जनाको मृत्यु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here