- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरअसुरक्षित क्वारेन्टाइन

असुरक्षित क्वारेन्टाइन

- Advertisement -spot_img

सपना बोहरा
दाङ, ३१ जेठ । बाँकेका एक युवा बैशाख ३० गते भारतबाट फर्र्किर गाउँकै क्वारेन्टाइनमा बसे । बाँके नरैनापुर गाउँपालिकाका ति युवाको क्वारेन्टाइनमै मृत्यु भयो ।
उनले उपचारसमेत पाएनन् । कोरोना संक्रमण छल्न क्वारेन्टाइनमा बसेका २५ वर्षिय ती युवा उपचार र स्वास्थ्य सेवा नपाएर मुत्युवरण गर्नुप¥यो ।
गुल्मी मदाने गाउँपालिकाका एकयुवाको पनि क्वारेन्टाइनमा मृत्यु भयो । भूमिका स्थान नगरपालिका, अर्घाखाँची जिल्लाका अर्का एक युवाको पनि अवस्था त्यस्तै भयो ।
कतिले क्वारेन्टाइनमै आत्महत्याको प्रयास गरे ? कति क्वारेन्टाइनबाट नै संक्रमित बढिरहेका छन् ? सल्यानको बनगाडमा क्वारेन्टाइनकै लापरवाहीले एकैचोटी संक्रमित ह्वात्तै बढेको छ ।
कोरोना संक्रमण रोकथामका लागि प्रदेश ५ मै तयारी कमजोर देखिएको छ । जसको कारण क्वारेन्टाइनले नै ज्यानमाराको रूपमा लिएको छ । कोरोना संक्रमितको संख्यामा पनि अन्य प्रदेशको तुलनामा प्रदेश ५ मा नै बढी छ ।
भारतबाट घर फर्किएकालाई राख्नको लागि उचि क्वारेन्टाइनको व्यवस्था गरिएको छैन । एउटै क्वारेन्टाइनमा धेरै संख्याका व्यक्तिहरू राखिएको छ ।
प्रत्येक स्थानीय तहले भारतबाट घरमा फर्किएकालाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था गरिएपनि नाम मात्रैको छन् ।
संक्रमित बिरामीहरूको लागि भनेर स्थापना गरिएका आइसोलेसन वेड र क्वारेन्टाइन मापदण्डअनुसार निर्माण गर्न सकिरहेका छैनन् ।
क्वारेन्टाइन तथा आइसोलेसन बेडमा परीक्षण किट पर्याप्त छैनन् । आइसोलेसन बेड थोरै मात्र छन् भने स्वास्थ्य सामग्रीकै अभाव देखिएको छ ।
सबैभन्दा आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितलाई राख्नको लागि पर्याप्त रूपमा भेन्टिलेटर व्यवस्थासमेत गरिएको छैन । संक्रमितको संख्या बढिरहदा भारतबाट आउने क्रममा बृद्धि नै छ ।
विशेषगरी प्रदेश ५ का बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र दाङमा कोभिड–१९ का संक्रमितहरू बढ्दै गएको छ । दिनप्रतिदिन कोभिड–१९ का संक्रमितहरू बढ्दै जाँदा प्रदेश सरकारले अझै व्यवस्थापन गर्न सकिरहेको छैन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशका १२ वटै जिल्ला र स्थानीय तहहरूमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र आइसोलेसन सेन्टरलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकिरहको छैन् ।
बजेट अभावका कारण भारतबाट फर्किर आएकाहरूको लागि उचित व्यवस्थापन गर्न नसकिएको स्थानीय तहहरूले बताउँदै आएका छन् । स्थानीय तहरूले हाल सञ्चालनमा ल्याइएका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरूको व्यवस्थापना गर्न सकिरहेका छैनन्
भने पर्याप्त क्वारेन्टाइन पनि बनाउन सकिरहेका छैनन् । आइसोलेसन सेन्टरका रूपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने भनिए पनि कमजोर देखिएको छ ।
भारतबाट फर्किएका व्यक्तिहरू क्वारेन्टाइनमा आएर बसेपनि कोभिड–१९ संक्रमण हुने होकि भन्ने डरत्रासमा छन् । प्रदेश ५ मै क्वारेन्टाइनमा रहेको अवस्थामा दुईजना व्यक्तिले पीडादायिक अवस्थामा ज्यान गुमाएको घटना सार्वजजिक हुँदा त्रसित छन् ।
‘क्वारेन्टाइनमा बसेको अवस्थामा धेरैजनाले ज्यान गुमाईसके’ क्वारेन्टाइनमा बसेका एकजनाले भने, क्वारेन्टाईनमै बसेको अवस्थामा फोनमा भने ‘एउटा क्वारेन्टाइनमा धेरै संख्यामा छौं, अहिले हामीलाई यहि क्वारेन्टाइन र एकअर्काप्रति डरत्रास भइरहेको छ ।’
क्वारेन्टाइनमा उचित व्यवस्थापन नहुँदा र धेरै संख्यामा राख्दा कोही संक्रमित भएको रहेछ भने त यही नै ज्यान जाने होकि भन्ने चिन्तामा पनि छौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here