- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsदाङमा रासायनिक मल अभाव

दाङमा रासायनिक मल अभाव

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ३० जेठ । दाङमा रासायिनक मलको अभाव देखिएको छ । धान खेती सुरु हुनै लाग्दा जिल्लामा रासायनिक मलको अभाव देखिएको हो ।
सरकारले आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन नसक्दा अनुदानमा बिक्री गरिने युरिया र डिएपी मलको अभाव भएको निकायहरुले जनाएका छन् ।
खेतीपातीको समय सुरु हँुदा पनि सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध नगराउँदा विगतका वर्षजस्तै यस वर्ष पनि दाङमा रासायनिक मलको मलको अभाव देखिएको हो ।
यो अभाव लामो समयसम्म रहेमा यस वर्ष किसानहरुले खेतमा चाहिने आवश्यक रासायनिक मल पाउने सम्भावना कम देखिने छ ।
सरकारले किसानको मागको आधारमा मल उपलब्ध गराउन नसक्दा मलको अभाव बर्षेनी अभाव हुने गरेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले बताए ।
कृषि केन्द्रले बजार मूल्यभन्दा ७० प्रतिशत सस्तोमा मल बिक्री गर्ने भएकाले मलको माग अत्याधिक हुने गरेको उनले बताए । ‘किसानहरुको माग धेरै छ तर मल आपूर्ति थोरै हुन्छ’
उनले भने– ‘माग र आपूर्ति बीचको खाडल नपुरिदासम्म यो समस्या यस्तै हो ।’ थोरै मल आवश्यक हुँदा पनि कृषकहरु कृषि केन्द्रमा आउने गरेको उनी बताउँछन् । मल अभावको समस्या विगतमा पनि रहेको उनले बताए ।
अहिले केन्द्रमा मल पूर्णरुपमा सकिएको छ । यस वर्षको धान खेतीका लागि कृषि सामग्री केन्द्रले ७ हजार २ सय ८८ मेट्रिक टन युरिया बिक्री गरिसकेको छ ।

खेतीपातीको समय सुरु हुँदा पनि सरकारले पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध नगराउँदा विगतका वर्षजस्तै यस वर्ष पनि दाङमा रासायनिक मलको मलको अभाव देखिएको हो।


यस्तै ६ हजार ८० मेट्रिक टन डिएपी बिक्री गरिसकेको छ । तर दाङमा ४० हजार मेट्रिक टन बर्षेनी आवश्यक हुन्छ ।
सरकारले ७० प्रतिशत अनुदानमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था गरेसँगै कृषि केन्द्रमार्फत पर्याप्त मल वितरण गर्न नसकिएको न्यौपानेले बताए ।
‘अनुदानका लागि आएको मल जति पनि पुग्ने हो’ उनले भने– ‘तर किसानहरुको माग धेरै छ, सबैलाई पु¥याउनुपर्छ यसमै समस्या भएको छ । सबैलाई पु¥याउन समस्या भईरहेको छ ।’
नेपाल अधिराज्यभरका किसानहरुका लागि साढे सात लाख मेट्रिक टन मल आवश्यक पर्ने सरकारको तथ्यांक भएपनि विनियोजित रकमले तीन लाखसम्म मात्रै खरिद गर्न पुग्ने उनले जानकारी दिए ।
तथ्यांकको आधारमा विनियोजित रकमले आधा मात्रै मल खरिद हुने भएकाले मलको अभाव देखिएको उनले बताए ।
ग्लोवल टेण्डरमार्फत एक पटकमा २ हजार ५ सय मेट्रिक टन मात्र मल ल्याउन मिल्ने भएकाले एकैपटक सबै ठाउँमा मल पु¥याउन नसकिएको उनले बताए ।
तर साउनको अन्तिम सातासम्म मल आउन सक्ने उनको अनुमान छ । तर कति परिमाणमा मल आउँछ भन्नेबारे आफूलाई थाहा नभएको उनले बताए ।
‘अहिलेको समयका लागि आवश्यक पर्ने मल किसानहरुलाई उपलव्ध गराईसकेका छौँ’ उनले भने– ‘केही समयपछि डिएपी मल आउँछ भन्ने मेरो अनुमान छ ।’ करिब ४ सय मेट्रिक टन डिएपी मल भए किसानहरुलाई मल उपलब्ध गराउन सकिने छ ।
साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड घोराहीका प्रमुख आनन्द कुमार न्यौपानेले असारको दोस्रो सातासम्म करिव २ हजार ५ सय मेट्रिक टन युरिया दाङमा आउने बताए ।
‘अहिले किसानहरुलाई चाहिने जति मल बिक्री गरिसकेका छौँ’ उनले भने– तत्कालका लागि मल पर्याप्त हो, सरकारले पुनः अर्को चरणमा मल पठायो भने समस्या हुँदैन, नपठाएपछि त हामीले पनि के गर्ने ?’
प्रारम्भिक चरणमा डिएपी मल आवश्यक हुने र त्यसपछि युरिया चाहिने भएकाले अहिलेको समयमा मलको अभाव नदेखिएको उनको भनाई छ । किसानहरुले भने प्राप्त मल नहुँदा खेतीमा समस्या भएको बताएका छन् ।
मनसुन सुरु भइसकेको छ, तर किसानलाई आवश्यक मल, बीउ छैन, कसरी खेती गर्ने ? तुलसीपुरका किसान यम चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here