- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsअनाधिकृत खोला दोहन

अनाधिकृत खोला दोहन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३० जेठ । लकडाउनको मौकामा स्थानीय जनप्रतिनिधिहरुकै अगुवाई र संरक्षणमा नदी तथा खोलाहरु दोहन भइरहेका छन् ।
दाङका विभिन्न नदी तथा खोलाको नदीजन्य वस्तु उत्खनन्मा यस्तो अवस्था देखिएको हो । तुलसीपुर, दंगीशरणलगायतका क्षेत्रमा रहेका खोला तथा नदीहरुमा अवैधरुपमा उत्खनन् भइरहेको छ । यसमा जनप्रतिनिधिहरुकै मिलेमतो रहेको स्थानीयहरुले आरोपसमेत लगाई रहेका छन् ।
दंगीशरण गाउँपालिका ६ र २ मा पर्ने थपगाउँ क्षेत्रमा रहेको बबई नदीमा अनाधिकृत रुपमा उत्खनन् हुँदा गतवर्ष बनाईएको १० करोडको तटबन्धसमेत संकटमा परेको छ ।
तटबन्ध नजिकैबाट र नदीको बीचबाट अनाधिकृत रुपमा गरिएको उत्खनन्ले सयांै विगाह खेतीयोग्य जमिन र तटबन्ध संकटमा परेको भन्दै स्थानीयहरुले उत्खनन्को विरोध गरेका छन् ।
नदीको खोलाको अनाधिकृत रुपमा जनप्रतिनिधिहरुकै अगुवाई नदी दोहन भइरहेको स्थानीयहरुले आरोप लगाएका छन् । नदी क्षेत्रमा ठूला ठूला उत्खनन् खाडलहरु परेका छन् ।
उत्खनन् नगर भन्दा र उत्खनन् भएपछि विरोध गर्दा तस्करहरुले ज्यान मार्ने धम्कीसमेत दिने गरेको आरोप स्थानीयको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष विरबहादुर वलीले नीति अनुसारनै उत्खनन् भएको बताए ।
उनले गाउँपालिकाले टेण्डर गरेर र अमानत गरेर जिम्मा दिएको बताए । स्थानीयले भने टेण्डर भएको स्थान केही माथि भएको तर उत्खनन् अर्काे ठाउँमा गरिएको बताए ।
‘हामीले पटक–पटक तटबन्ध बचाउन आग्रह गरेका छौं, उनीहरुले सुनेका छैनन्’ स्थानीय दिप योगीले भने, जनप्रतिनिधिको आडमा र संरक्षणमा अनाधिकृत उत्खनन् भइरहेको छ ।
उनले उत्खनन्को जिम्मा लिने पनि वडा अध्यक्षकै छोराहरु रहेको भन्दै अनाधिकृत उत्खनन् नगर भन्दा ज्यान मार्ने धम्की दिने गरेको बताए । स्थानीय सरकारका जनप्रतिनिधिहरुकै संरक्षण र अगुवाईमा उत्खनन् भइरहेको छ उनले आरोप लगाए । त्यो क्षेत्रमा सामुदायिक वन पनि जोखिममा रहेको छ ।
उत्खनन् क्षेत्रमा दैनिक दुईवटा स्काभेटर, ७ वटा टिप्पर र ३ वटा टेक्टर दिनरात उत्खनन् गरिरहेका छन् । त्यो क्षेत्रमा दुई सय विगाह खेतीयोग्य जमिन रहेको छ ।
यहाँबाट दैनिक १ लाख ४० हजारसम्म राजस्व ठेकेदारहरुले संकलन गर्ने गरेको स्थानीय जय बहादुर वलीले बताए । विकास निर्माणमा प्रयोग गर्ने गाउँपालिकाले भने पनि अहिले क्रसर उद्योगमा निकासी हुने गरेको स्थानीयहरुको स्थानीय गोविन्द आचार्यले बताए ।
दंगीशण गाउँपालिकामा मात्रै नभएर तुलसीपुरलगायतका क्षेत्रमा पनि यो अवस्था देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाको ग्वारखोला क्षेत्रमा पनि अनाधिकृत रुपमा उत्खनन् भइरहेको पाइएको छ ।
नियमविपरीत नदीजन्य वस्तुको उत्खनन् गरिएको छ । तुलसीपुरका हरिपौरी, हरिपौरा, रझेनी, गनारी, बाँसबोटलगायतका क्षेत्रमा उत्खनन् बढी देखिएको हो ।
अनाधिकृत उत्खनन्ले सिंचाई कुलोको मुहानमै समस्या परेको स्थानीयहरुले बताएका छन् । यहाँ पनि तुलसीपुर उपमहानगपालिकाका जनप्रतिनिधिहरुकै संरक्षणमा जबरजस्ती उत्खनन् भइरहेको किसानहरुले दाबी गर्दै आएका छन् ।
यही विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तुलसीपुर उपमहानगरपालिकाका छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने बताएका छन् । उनले अनाधिकृत रुपमा कहि कतै नदीजन्य वस्तुको उत्खनन भएमा त्यसलाई रोक्न र गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन पछि नहट्ने बताए ।
जिल्ला समन्वय समितिले पनि खोला दोहनमा चासो दिइरहेको छ । नियमित रुपमा अनुगमन गरे पनि त्यसको उपलब्धि भने देखिएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here