- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविद्यार्थीमा परीक्षाको त्रास विकल्प के ?

विद्यार्थीमा परीक्षाको त्रास विकल्प के ?

- Advertisement -spot_img

मानव सभ्यताको विकाससँगै शिक्षा दिने र लिने परम्पराको थालनी भएको मान्न सकिन्छ । नेपालमा परापूर्वकालमा शिक्षाको विकास धर्म, सामाजिक परम्परामा आधारित पारिवारीक शिक्षादिक्षा एक पिढीबाट अर्को पिढीमा हस्तान्तरण हँुदै प्राचिनकालमा वैदिक वा संस्कृत शिक्षा गुरूकुल, क्रृषिकुल,
देवकुल तथा पितृकुल प्रणालीबाट शिक्षाको थालनी भएको पाइन्छ । त्यसैगरी बौद्व शिक्षामा आधारित गुम्बामा हुने पठनपाठन गेलुङ र संगापा गुरूबाट हुने गर्दथ्यो ।
त्यस समयमा विद्यार्थीहरूले अध्ययन सकेपछि आफूले सिकेको ज्ञान छलफल, बहस तथा तर्क, सामूहिक परीक्षा र शास्त्रार्थका आधारमा परीक्षा लिएर योग्यता जाँच लिइन्थो । परीक्षार्थीले विद्वान मण्डलीलाई चित्त बुझ्दो प्रमाण र बहसबाट आफ्नो विद्घता देखाएमा अष्टकलशले स्नान गराई स्नातकोपाधि प्रचलन गर्ने चलन थियो ।
वि.सं. १९१० असोज २७ गते जंगबहादुर राणाले आफ्नो सम्बन्ध अंग्रेजसँग निकट बनाई राख्न र आफ्ना सन्तानलाई अंग्रेजी भाषामा लेखपढी गर्न समर्थवान बनाउन थापाथलीको दाखचोक अगाडीको भुईतलामा दरबार स्कुलको स्थापना गरेका थिए ।
दरबार स्कुलमा वार्षिक परीक्षा प्रणलीअन्तर्गत वर्षको दुईपटक अर्धवार्षिक र वार्षिक परीक्षा लिइन्थो । वार्षिक परीक्षामा पास हुने विद्यार्थीलाई प्रअले कक्षामा गएर नतिजा सुनाई तरक्की (प्रमोसन) दिइन्थो । दुई विषयमा फेल भएपछि जाँच लिएर प्रमोसन दिइन्थो भने कक्षा चारसम्म मौखिक र पाँच कक्षाभन्दा माथि लिखित परीक्षा हुन्थ्यो ।
वर्तमान समयमा आएर नेपालमा परीक्षाका प्रणालीका नाममा तीनघण्टे परीक्षाले के विद्यार्थीहरूको साँचिक्कै अन्तरनिहीत प्रतिभाको प्रस्फुटन भएको छ वा छैन बहसको हुन जरूरी छ ।
विद्यालयमा विद्यार्थीले वर्षभरी सिकेका वा सिकाईएका पक्षले बालकको सम्पूर्ण प्रतिभाको पूर्ण मूल्याङ्कन पक्कै पनि गर्न सकिदैन ।
यदि कुनै विद्यार्थी परीक्षाको समयमा शारीरिक अस्वस्थता, बाह्य वातावरणमा समयोजन हुन नसक्नुजस्ता पक्षले उसले कक्षाकोठामा सिकाइएका वा सिकेका कुरा कापीमा उतार्न सक्दैन ऊ फेल हुने परीक्षा प्रणाली कदापि राम्रो होइन ।
यसको विकल्पमा परीक्षा बाहेकका साधनहरू मौखिक परीक्षा, परियोजना कार्य, क्षेत्र भ्रमण, रूजुसूचि जस्ता विधि उच्चतम प्रयोग हुन जरूरी छ । विद्यार्थीहरूको क्षमता मापन गर्ने मापो परीक्षामात्र एक साधन कदापि होइन । आर्थिक सर्वेक्षण २०७६/७७ मा शैक्षिक शत्र २०७६ मा प्राथमिकतहको खुद भर्नादर ९७.१ %, आधारभूत तहको ९३.४% र माध्यमिक तहको ४७.६% पुगेको छ ।

परीक्षाबाहेकका साधनमा निरन्तर विद्यार्थी मूल्यांकनलाई भरपर्दो रूपमा लिइयो तर यसको ठीक बिपरीत कुनै विद्यालयका शिक्षकहरूले जब त्रैमासिक परीक्षाको केहीदिन अगाडि हतार–हतारमा विद्यार्थी मूल्यांकनका नाममा रेजा लगाउने वा त्यो पनि नगरी हचुवाका भरमा पास फेल गर्ने अभ्यास गरेको पाईन्छ, यो गलत छ । यस कमजोरीबाट शिक्षकहरूले आफूलाई समयमै सच्याउनुपर्छ । नत्र भने भोलि पुस्ताले हामी दोषी ठह¥याउने छन् ।


यस तथ्यलाई आधारमा के अनुमान गर्न सकिन्छ भने माथिल्लो तहमा भर्ना दर कम देखिएको, बिचैमा विद्यालय छाड्ने दर बढेको र प्राथमिक तहमा भर्ना भएका विद्यार्थीहरू माथिल्लो तहमा कम मात्र पुगेका छन् । यसका पछाडि नेपालमा अवलम्वन गरिएको परीक्षा दोषी छ कि ?
अर्कोतर्फ सरकारले परीक्षा पद्वति सुधारका लागि निरन्तर विद्यार्थी मूंल्याकन अपनाएको छ । निरन्तर विद्यार्थी मूल्यांकन वि.स. २०६३ सालबाट कक्षा १ बाट लागू भई आधारभूत तह ७ सम्म लागू भइरहेको छ ।
तर देशभर लागू भएको १३ बर्ष पुगी सक्दा पनि किन सफल कार्यान्वयन हुन सकेन ? के निरन्तर विद्यार्थी मूल्यांकनलाई १ देखि ३ कक्षासम्म १००% , निरन्तर विद्यार्थी मूल्यांकन, ४ र ५ कक्षामा ५०% निरन्तर विद्यार्थी मूल्यांकन, ५०% आवधिक परीक्षा, कक्षा ६ र ७ मा ४०% निरन्तर विद्यार्थी मूल्यांकन र ६०% आवधिक परीक्षा प्रणालीलाई कर्मकाण्डी बनाइएको हो त ?
के यो प्रणाली अन्य देशहरूबाट लादिएको वा हामी स्वयम्ले देखासिकी वा सिको गरेका हौं ? के शिक्षाविद्हरूले गलत÷समयसापेक्ष सल्लाह, सुझाव दिनमा कन्जुस्याइ गरेका हुन् ?
के शिक्षा मन्त्रालयले हतार–हतारमा पर्याप्त तयारी बिना लागू गर्न चुक्यो वा कार्यान्वयन गर्ने शिक्षकहरूले निरन्तर विद्यार्थी मूल्यांकन प्रक्रिया जानेनन्÷बुझेनन् वा बोझिलो, झन्झटिलो भयो यस पक्षमा बहस हुन जरूरी छ कि छैन ?
परीक्षाबाहेकका साधनमा निरन्तर विद्यार्थी मूल्यांकनलाई भरपर्दो रूपमा लिइयो तर यसको ठीक बिपरीत कुनै विद्यालयका शिक्षकहरूले जब त्रैमासिक परीक्षाको केहीदिन अगाडि हतार–हतारमा विद्यार्थी मूल्यांकनका नाममा रेजा लगाउने वा त्यो पनि नगरी हचुवाका भरमा पास फेल गर्ने अभ्यास गरेको पाईन्छ, यो गलत छ ।
यस कमजोरीबाट शिक्षकहरूले आफूलाई समयमै सच्याउनुपर्छ । नत्र भने भोलि पुस्ताले हामी दोषी ठह¥याउने छन् । निरन्तर विद्यार्थी मूल्यांकनलाई विद्यालयमा देखाउने तर प्रयोगमा कम ल्याउने हात्तीको देखाउने दाँत जस्तो भयो ।
स्वयम् शिक्षक, प्रअ, विद्यालय व्यवस्थापन समिति र सबै सरोकारवालाहरूले अनुगमन र निरीक्षण गरी राम्रो गर्ने विद्यालय र शिक्षकलाई पूरस्कृत गर्ने, नगर्नेलाई दण्ड सजाय हुन आवश्यक छ ।
मन्त्रालय, विभाग, स्थानीयतह वा सरोकारवालाले आफ्नो अधिकार प्रयोग गर्दा अनुगमन र निरीक्षण कमै गएको पाइन्छ । के अधिकार प्राप्त पक्षले सफल र उदाहरणीय विद्यालय रूपमा कार्यान्वयन गर्न नचाहेको हो र ? परीक्षाको समयमा अनुगमन, निरीक्षण हुनु आफैमा राम्रो पक्ष हो । त
र बर्षभरी सुतेर वा ध्यान साधनालिन भएर अन्तिम समयमा निगरानी गर्नु मात्रै परीक्षाको विश्वासनीयता हो ? ज्ञात रहोस् शैक्षिक शत्रको शुरूवातदेखि अन्त्यसम्म विद्यालयमा अनुगमन, निरीक्षण गर्नु, सुझाव, सल्लाह दिनु आवश्यक छ ।
अन्त्यमा, शिक्षा मन्त्रालयको तथ्यांकमा शतप्रतिशत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू तालिमप्राप्त छन् । के ति तालिम पाएका जनशक्तिले व्यवहारमा लागू गरेनन् वा गर्न दिइएन, यसबारे सबैको ध्यान जान जरूरी छ ।
विद्यार्थीहरूको हाल झेल्दै आएका परीक्षा पद्वतिको विकल्पमा महाविर पुनको परिकल्पनामा देश विकासको लागि वैज्ञानिक र सूचना प्रविधिमा दख्खल राख्ने दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय आविस्कार केन्द्रजस्ता, गरी खाने शिक्षाको विद्यालयको लागि मदन राईले खोटाङको दिक्तेलमा सञ्चालन गरेको सुभद्रामदन जस्तै,
भारतको लदाखमा रहेको सोनमवाङचुकको क्भ्ऋःइी ुक्तगमभलतकु भ्मगअबतष्यलब िबलम ऋगतिगचब िःयखझभलत या ीबमबपजु जस्तो हिमाली भेगमा आयुर्वेदिक तथा जडिबुटी विद्यालय, खेल र शारीरिक विकासको लागि खेलकुद विद्यालय, समाजमा रितीरिवाज,
संस्कृतिको जर्गेना गर्न साँस्कृतिक विद्यालय, काष्ठकला, मूर्तिकला, धातुकला, पस्तरकला संरक्षणको लागि फरक विद्यालय, पर्यावरण र पर्यटन विकासका लागि पर्यापर्यटन विद्यालय,
साक्षरताका लागि साधारण विद्यालय । यस्ता विद्यालयमा पास वा फेल नभनी आफ्नो सिप र कौशल प्रकट हुन्छ । त्यसैले तीनघण्टे परीक्षाको उत्तम विकल्पमा वैकल्पिक र
प्राविधिक साधारण विद्यालय स्थापना गरी उत्कृष्ट शैक्षिक गन्तब्य र उम्दा बनाई राख्नका लागि शिक्षक, शिक्षाविद्, पाठ्यक्रमविद, अभिभावक र आमनागरिकको सहयोग सहभागिता आजको आवश्कता हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here